English

थप ३२४ जनामा कोरोना संक्रमण



नेपालमा पछिल्लो २४ घण्टामा थप ३२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्‍यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५१५ जनाको परीक्षणमा ३२४ जनामा संक्रमण पुष्टि भएको हो ।

१ हजार ६७३ जनाको पीसीआर परीक्षण गर्दा १६३ जना र १ हजार ८४२ जनाको एन्टिजेन परीक्षण गर्दा १६१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३ हजार ९४३ पुगेको छ । पछिल्लो २४ घण्टामा ४१८ जना संक्रमणमुक्त भएका छन् । जसमध्‍ये ३ हजार ७६६ जना होम आइसोलेसनमा रहेका छन् भने १७७ जना संस्थागत आइसोलेसन र ५० जना आईसीयूमा छन् ।

यस्तै १ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ । शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ४६ हजार ८९२पुगेको छ ।

यो पनि…
संक्रमणको चौथो लहरको संकेत
यी १७ स्थानमा कोरोनाको उपचार निःशुल्क



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

चैत १८, काठमाडौं। नेपालकै प्रतिष्ठित औद्योगिक तथा व्यावसायिक घराना गोल्छा ग्रुपले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ(किओच) लाई पाँच करोड आर्थिक

दसैंको विषेश परिकार हो– मासु । दसैंमा मानिसहरुले मासुलाई नै बढी महत्व दिने गर्छन् । वर्षमा एकपटक आउने चाड हो

लुम्बिनी लायन्सले नेपाली क्रिकेट प्रशासनमा लामो अनुभव हासिल गरेकी भावना घिमिरेलाई प्रमुख कार्यकारी अधिकृत (सिइओ) को रूपमा नियुक्त गरेको छ

छालामा देखिने धेरै किसिमका समस्याहरूलाई हामी नजरअन्दाज गर्दै आएका छौँ । तर मौसममा परिवर्तन आउने बित्तिकै शरीरमा पर्ने पहिलो प्रभाव

Latest










Popular
Suggested