संक्रमणको चौथो लहरको संकेत

पछिल्लो समय कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाएकामध्ये ८० प्रतिशतले खोप नलगाएको पाइएको छ


छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमण बढेसँगै नेपालमा पनि यसको प्रभाव देखिन थालेको छ ।

नेपालमा चार जनामा घटेको संक्रमण अहिले दैनिक करिब एक हजारको नजिक देखिन थालेको छ । पछिल्लो हप्ता नेपालमा दैनिक संक्रमण बढ्दै गएको पुष्टि हुन्छ ।

खुला सीमाका कारण भारतबाट सजिलै नेपाल आउने भएपछि संक्रमण बढ्न थालेको बताइएको छ ।

नेपालमा पनि ओमिक्रोनको ‘विएफाइभ’ प्रजाति देखिएको र उक्त प्रजातिको संक्रमणको सर्ने दर उच्च रहेकाले पनि अहिले नेपालमा संक्रमण बढिरहेको छ । पहिले यहाँ संक्रमणदर ०.५ प्रतिशतसम्म झरेकामा अहिले १५ प्रतिशतभन्दा माथि पुगेको छ । साउन १८ गते नौ सय १५ संक्रमित, साउन १७ गते आठ सय १४, साउन १६ गते आठ सय ९५ संक्रमित र एक जनाको निधन भएको छ ।

यस्तै साउन १५ गते छ सय २०, साउन १४ गते चार सय ३८ र दुई जनाको मृत्यु, साउन १३ गते पाँच सय ७७ जना र दुई जनाको मृत्यु, साउन १२ गते सात सय १० र दुई जनाको मृत्यु, साउन ११ गते पाँच सय ६४ र एक जनाको मृत्यु, साउन १० गते छ सय ३८ र दुई जनाको मृत्यु भएको छ । यसरी संक्रमण दैनिक बढेर हजारको नजिक पुग्न थालेको छ ।

हामीले पहिले पनि ग्राफ बढे पनि संक्रमणको लहर भनेको थिएनाैँ । अहिले पनि हामी भन्दैनौँ, तर अहिले संक्रमणको ग्राफले आफैँ अर्को लहर देखाएको छ ।

दैनिक संक्रमण बढिरहेकाले नेपालमा कतै संक्रमणको चौथो लहर आएको त होइन ? स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले संक्रमणको लहर ग्राफले देखाउने गरेको र अहिले देखिएको संक्रमणको ग्राफले अर्को लहरको संकेत गरेको बताउँछन् ।

सरकारले आधिकारिकरूपमा संक्रमणको चौथो लहर भन्ने नगरेको र संक्रमणको ग्राफले नै लहर बताउने गरेको उनको भनाइ छ । ‘हामीले पहिले पनि ग्राफ बढे पनि संक्रमणको लहर भनेको थिएनाैँ । अहिले पनि हामी भन्दैनौँ,’ उनले भने, ‘तर अहिले संक्रमणको ग्राफले आफैँ अर्को लहर देखाएको छ ।’

स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका वरिष्ठ स्वास्थ्य प्रशासक डा खगेश्वर गेलालले अहिले दैनिक बढिरहेको संक्रमणले चौथो लहरको संकेत गरेको बताउँछन् ।

सरकारले आधिकारिकरूपमा चौथो लहर भन्ने गरेको छैन । तर अहिले दैनिक हजारको संख्याले संक्रमणको चौथो लहरको संकेत गरेको छ, यदि यसैगरी संक्रमण बढ्न थाल्यो भने चौथो लहर नआउला भन्न सकिन्न ।

‘सरकारले आधिकारिकरूपमा चौथो लहर भन्ने गरेको छैन । तर अहिले दैनिक हजारको संख्याले संक्रमणको चौथो लहरको संकेत गरेको छ’, उनले भने, ‘यदि यसैगरी संक्रमण बढ्न थाल्यो भने चौथो लहर नआउला भन्न सकिन्न ।’

उनले संक्रमण साउन र भदौमा धेरै माथि (पिक)मा पुग्ने र त्यसपछि घट्ने बताउँछन् । खुला सीमा भएकाले दैनिक सीमानाकाबाट आउने मानिसमा संक्रमण देखिने गरेको छ । ती मानिसहरूले नै संक्रमण सारिरहेका छन् ।

संक्रमणको पाँच प्रतिशतभन्दा माथि भयो भने अर्को लहर आएको भन्ने हुन्छ, नेपालमा अहिले बढेको संक्रमणको अवस्था हेर्दा १५ प्रतिशत हाराहारीमा रहेको छ ।

जनस्वास्थ्यविद् डा सागरराज भण्डारीले साउनदेखि नै कोरोना भाइरस संक्रमणको चौथो लहर सुरु भएको बताउँछन् । ‘संक्रमणको पाँच प्रतिशतभन्दा माथि भयो भने अर्को लहर आएको भन्ने हुन्छ’, उनले भने, ‘नेपालमा अहिले बढेको संक्रमणको अवस्था हेर्दा १५ प्रतिशत हाराहारीमा रहेको छ ।’

उनले अहिलेको संक्रमणको तह माथिल्लो तह (पिक लेभल)मा पुगेपछि पुनः घट्ने बताए । उनले भारतको खुला सिमाना र विदेशबाट आएका संक्रमितले संक्रमण सार्ने गरेको बताए । उनका अनुसार अहिले देखिएको ‘विएफाइव’ भेरियन्टले छिटो मानिसमा सारे पनि संक्रमितलाई भने गम्भीर बनाउँदैन । उनले संक्रमित बढिरहेकाले जनस्वास्थ्यका मापदण्ड लागू गर्न र कोरोना भाइरसको चौथो बुष्टर लगाउन आग्रह गरे ।

नेपालमा पहिलोपटक २०७६ माघ ९ गते संक्रमण पुष्टि भएको थियो । यस्तै दोस्रो संक्रमित चैत १० गते देखिएको थियो । सरकारले दोस्रो संक्रमित देखिएपछि मुलुकभर बन्दाबन्दी (लकडाउन) गरेको थियो ।

नेपालमा पहिलो लहर विसं २०७६ चैतदेखि २०७७ मंसिरसम्म चलेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार संक्रमणको दोस्रो लहर विसं २०७७ वैशाखदेखि भदौसम्म तथा तेस्रो लहर २०७८ पुसदेखि फागुनसम्म देखिएको थियो । मन्त्रालयले सम्भावित संक्रमणको जोखिमलाई ध्यान दिएर सबै अस्पताल, स्वास्थ्य संस्था र प्रदेशमा तोकिएका कोभिड–१९ अस्पताललाई संक्रमित व्यक्तिको व्यवस्थापन गर्नका लागि निर्देशनसमेत दिइसकेको छ ।

यस्तै मन्त्रालयले देशभरिका १७ अस्पताललााई सम्भावित जोखिमलाई ध्यानमा दिएर कोरोना भाइरसका बिरामीको उपचारको व्यवस्था मिलाएको छ । मन्त्रालयले कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि भीडभाड हुने स्थानमा अनिवार्य मास्क र स्यानिटाइजरको प्रयोग गर्न आग्रह गरेको छ ।

सबै सरकारी, गैरसरकारी कार्यालय तथा मानिसको भीडभाड हुने स्थानमा विमानस्थल, हवाईलगायत सार्वजनिक यातायातमा गोष्ठी, सेमिनार, बैठकजस्ता भीडभाड हुने कार्यक्रममा मास्कको प्रयोगलाई अनिवार्य गर्ने र स्यानिटाइजरको व्यवस्था मिलाउन आग्रह गरिएको छ ।

यस्तै कोभिड–१९ विरुद्धको खोप कार्यक्रमलाई प्रभावकारीरूपमा सञ्चालन गर्न निर्देशन दिँदै खोप लगाउन बाँकी रहेका सबैलाई खोप लगाउन आग्रह गरिएको छ ।

कोरोना भाइरसको संक्रमणबाट छ महिनासम्म कसैको पनि निधन भएको थिएन । तर पछिल्लो दिनमा भने दैनिक एक वा दुई जनाको संक्रमणबाट निधन हुने गरेको छ । साउन १ गतेबाट संक्रमणबाट मानिस मर्न थालेका हुन् ।

पछिल्लो समय कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाएकामध्ये ८० प्रतिशतले खोप नलगाएको पाइएको छ । महाशाखाका प्रमुख डा गेलालले संक्रमणबाट निधन भएकामध्ये ८० प्रतिशतले खोप नलगाएको र २० प्रतिशतले पूर्ण मात्राको खोप नलगाएको जानकारी दिए ।

यो पनि…
कोभिडको चौथो डोज आवश्यक पर्न सक्छः एन्टोनी फाउची
यी १७ स्थानमा कोरोनाको उपचार निःशुल्क



Leave a Reply

Your email address will not be published.

सम्बन्धित खबरहरु

काठमाडौँको बल्खु खोलामा मिसिने चन्द्रागिरि नगरपालिकाको मुहान क्षेत्र (नागढुङ्गा) देखि नै खोलामा दैनिक फोहर फालिएको छ । जाने बुझेका नागरिक

धरान घरभई भक्तपुरको सूर्यविनायक नगरपालिका–५ कटुञ्जे बस्ने ३० वर्षीय राजेश गुरागाईँ बिहान ६ बजे फोहर सङ्कलनका लागि निस्कन्छन् । विगत

यही साउन अन्तिम सातादेखि काठमाडौँ उपत्यकाको कुहिने फोहर यहीँ नै व्यवस्थापन सुरु हुने भएको छ । जटिल बनिरहेको उपत्यकाको फोहर

त्यसो त फोहरमैला व्यवस्थापनका लागि विद्यमान कानुनी अड्चन छैन् । फोहरमैला व्यवस्थापनसम्बन्धी ऐन, २०६८ जारी भइसकेको छ । तीन तहका

Suggested