English

कोरोना संक्रमणदर घटेसँगै बढ्यो धार्मिक पर्यटकको चहलपहल



म्याग्दीका धार्मिक पर्यटकीयस्थलमा पर्यटकको चहलपहल बढेको छ । कोभिड संक्रमण घट्दै गएपछि जिल्ला प्रशासन कार्यालयले धार्मिकस्थल फागन १ गतेबाट खुला गरेसँगै धर्मावलम्बीहरूको चहलपहल बढेको हो ।

त्यसैगरी प्राकृतिक चिकित्सालयको नामले चर्चित म्याग्दीको बेनी नगरपालिका-४ सिङगा तातोपानीमा डुबेर उपचार लिनका लागि पनि बिरामी आउन थालेका छन् ।

कोरोना संक्रमण कम भएकाले सबै धार्मिकस्थलमा भक्तजनको लागि पूजा गर्न खुला गरिनुका साथै स्वास्थ्य मापदण्ड पालना गरी धार्मिक, ऐतिहासिक तथा पर्यटकीयस्थलमा आउजाउ गर्न थालेपछि चहलपहल बढेको हो ।

म्याग्दीको गलेश्वर शिवालय धाममा लामो समयको बन्दपछि धार्मिकस्थल खुला गरिएकोले भक्तजनको भीड लागेको गलेश्वर क्षेत्र विकास कोषका कार्यालय सचिव रामबहादुर बानियाँले जानकारी दिए ।

गलेश्वरमा सोमबार र शनिबार करिब दुई सयजना भक्तजन पूजा गर्न मन्दिरमा आएको उनले बताए । भक्तजनको चहलपहल बढेसँगै कोरोना कहरले थलिएको पर्यटन व्यवसायीले राहतको महसुस गरेका छन् ।

प्रसिद्ध धार्मिकस्थल गलेश्वर धाम, महारानी थान, बेनी शिवालय, स्थानीय मठ मन्दिरलगायतका धार्मिक, ऐतिहासिक पर्यटकीयस्थलमा चहलपहल बढेको छ । कोरोना जोखिम कायमै रहेकाले स्वास्थ्य सुरक्षा मापदण्ड भने अनिवार्य पालना गरी मन्दिरमा पूजाको व्यवस्था गरिएको कोषका कार्यालय सचिव बानियाँले बताए ।

फागुनदेखि संक्रमणदर घटेसँगै बेनीमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल सुरु भएको छ । पुनहिल, घोडेपानी, रुप्से झरना, अन्धगल्छी, गलेश्वर, धौलागिरि हिमालजस्ता विश्वप्रशिद्ध पर्यटकीयस्थल रहेको म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजारमा दुई वर्षपछि पुनः चहलपहल बढेको स्थानीय व्यापारीले बताएका छन् ।

त्यसैगरी मालिका धुरी, गाजनेलगायतका ठाउँमा घुम्न आउने धार्मिक पर्यटकको चहलपहल बढेको छ । धार्मिक पर्यटक आउन थालेपछि कोरानाले थलिएको पर्यटन व्यवसायीले राहतको महसुस गरेको होटल व्यवसाय सञ्चालन गरेका डम्मर घर्तीले बताए ।

लामो समयसम्म मन्दिर बन्द रहँदा भक्तजनले पूजापाठ गर्न नपाएकाले संक्रमणबाट बच्न स्वास्थ्य मापदण्ड पालना गर्दै मन्दिरमा दर्शनका साथै पूजापाठ गर्नेगरी मन्दिर खुला गरेपछि भक्तजनको भीड बढेको बगरफाँटस्थित दुर्गा भगवती मन्दिर व्यवस्थापन समितिका सचिव दीपक घिमिरेले बताए ।

मन्दिर बन्द रहेको अवस्थामा पूजारीमार्फत नित्य पूजा हुँदैआएको थियो । ओमिक्रोन संक्रमण बढेपछि जिल्ला प्रशासन कार्यालयले सूचना प्रकाशित गर्दै माघ मसान्तसम्मका लागि जिल्लाका सबै मठ, मन्दिर, चर्च, मस्जिद बन्द गरेको थियो । यसैगरी म्याग्दीका पर्यटकीय तथा ऐतिहासिकस्थलमा पनि फागुनको सुरुवातसँगै आन्तरिक पर्यटकको चहलपहल बढेको छ ।

सदरमुकाम बेनी बजारमा पनि फागुन लागेसँगै व्यापार व्यवसायका साथै चहलपहल बढेको स्थानीय व्यापारीले बताएका छन् । कोभिड-१९ को महामारी अघि यहाँ दैनिक सयौँ आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल हुने गरेकामा २०७६ साल चैत ११ गतेदेखि लकडाउन गरिएपछि यहाँको चहलपहल शून्य भएको थियो ।

तर फागुनदेखि संक्रमणदर घटेसँगै बेनीमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल सुरु भएको छ । पुनहिल, घोडेपानी, रुप्से झरना, अन्धगल्छी, गलेश्वर, धौलागिरि हिमालजस्ता विश्वप्रशिद्ध पर्यटकीयस्थल रहेको म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजारमा दुई वर्षपछि पुनः चहलपहल बढेको स्थानीय व्यापारीले बताएका छन् ।

शहरमै छन् अन्धविश्वासका ‘अस्पताल’ (भिडियो पनि)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,