English

कपालको सुरक्षा कसरी गर्ने ?



लामो र स्वस्थ कपाल सबैलाई मन पर्छ तर कपाललाई स्वस्थ र लामो कसरी बनाउने भन्ने विषयमा धेरैमा द्विविधा रहेको देखिन्छ । लामो र स्वस्थ कपालका बनाउन यसो गर्नुहोस् ।

– कपाललाई सकेसम्म धुवाँ र धुलो बाट जोगाउने । बाहिर निस्कनु अघि कपाललाई सलले छोपेर निस्कने बानी बसाल्दा कपाललाई राम्रो गर्छ ।

– कपाललाई स्वस्थ बनाउन खानपानमा विशेष ध्यान दिने गर्नुपर्छ । सकभर सादा तथा स्वास्थ्यवर्धक खानाहरू जस्तो – हरियो सागपात र सलाद प्रशस्त मात्रामा खाने गर्नुपर्छ ।

– हरेक पटक नुहाउनु भन्दा २ घण्टा अगाडी नरिवल वा तोरीको तेलले कपाललाई राम्ररी मसाज गर्ने ।

– ओइली कपाल छ भने एक दिन बिराएर र सुख्खा छ भने हप्तामा २ पटक नुहाउनु पर्छ ।

– कपालमा अमलाको धुलो र मेथीलाई एक रात भिजाएर सिलौटा अथवा मिक्सरमा पिसेर पेस्ट बनाएर कपालमा लगाउने । १ घण्टा पछि चिसो पानीले कपाल पखाल्दा कपाल मुलायम हुन्छ ।

– कपालमा समय समयमा ट्रिटमेन्ट क्रिम वा कन्डिसनरको प्रयोग गर्दा कपाललाई स्वस्थ र मुलायम हुन्छ ।

– यदि कपाल फुल्ने समस्या छ भने ध्यूकुमारी ।९एलोभेरा०को पेस्ट कपालको जरासम्म पुग्ने गरेर नियमित केही समय लगाउँदा कपाल फुल्ने तथा टुक्रने समस्या कम हुँदै जान्छ ।

– कपाल भिजेको अवस्थामा कपालमा काइँयो वा ब्रसको प्रयोग गर्नु हुँदैन । यसले कपाल झर्ने समस्या निम्त्याउन सक्छ ।

यो पनि…
यी हुन् पुरुषले फेसनमा ध्यान दिनैपर्ने कुराहरु
तोरीको तेल : जसले पुर्याउँछ शरीरलाई यस्तो फाइदा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

इटहरी/ एसइई परीक्षा दिएर बसेका किशोरीहरूको प्रतिभा, सौन्दर्य र आत्मविश्वासको रुपमा स्थापित ‘मिस एसइई २०२६ इटहरी’को ग्रान्ड फिनाले सम्पन्न भएको

इटहरी/ विद्यालय जीवनको एउटा महत्वपूर्ण खुड्किलो ‘एसईई’ यतिबेला सञ्चालनमा छ । केहीदिनको परीक्षा सकेर नतिजाको पर्खाइमा बसेका छात्राहरूको फुर्सदिलो समयलाई

इटहरी/ इटहरीमा ‘मिसेस पुर्बेली आइकन’ दोस्रो संस्करणका फाइनल प्रतिस्पर्धीहरूको फोटोसुट र भिडियोसुट सम्पन्न गरिएको छ । बुधबार सम्पन्न फोटो तथा

Latest










Popular
Suggested