English

गायिका दुलाल सिन्धुपाल्चोक सेवा समाज युएईद्वारा सम्मानित



लोकगायिका सुनिता दुलाल दुबईमा सम्मानित भएकी छन् । ड्रिमहाइ नेपालले आयोजना गरेको ‘नेपाल इभ टुरिज्म टुर दुबई’ का लागि त्यहाँ पुगेकी गायिका दुलाललाई ‘सिन्धुपाल्चोक सेवा समाज युएई’ले सम्मान गरेको हो ।

समाजका सल्लाहकार जे. सागर, अध्यक्ष मनोज नेपाल, उपाध्यक्ष दीपक राउतलगायत दुबईमा रहेका सिन्धुवासीको उपस्थितिमा दुलाललाई आइतबार पुष्पगुच्छा, खाँडा र सम्मान पत्रद्वारा सम्मान गरिएको हो ।

उक्त कार्यक्रममा समाजका अध्यक्ष मनोज नेपाल, र सल्लाहकार जे. सागरले सिन्धुपाल्चोकको माटोमा जन्मिएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चर्चा पाउन सफल भएकोमा गायिका दुलाललाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा बोल्दै गायिका दुलालले सांगीतिक यात्राको क्रममा आफू धेरै देशहरूमा घुमीसके पनि आफ्नो जिल्लाको तर्फबाट पहिलोपटक यसरी सम्मानित हुन पाउँदा खुसी व्यक्त गरिन् । साथै उनले दुबईमा रहेका सर्जकहरूलाई सांगीतिक यात्राका दौंरान कुनै सहयोग परे आफुले सक्दो प्रयास गर्ने प्रतिबद्धता समेत व्यक्त गरिन् ।

यो पनि…
पर्यटन प्रर्वद्धनका लागि दुबईमा सांस्कृतिक कार्यक्रम
सुनिता दुलालको तीज गीत ‘स्वामीकी प्यारी’ सार्वजनिक



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर

जेभियर एकेडेमी स्टुडेन्ट काउन्सिलद्वारा आयोजित ‘ब्याटल अफ द ब्यान्ड्स’ मा अघोर ब्यान्ड बिजेता बनेको छ । निर्णायक र दर्शक दुवैलाई

Latest










Popular
Suggested