English

पर्यटन प्रर्वद्धनका लागि दुबईमा सांस्कृतिक कार्यक्रम



नेपालको पर्यटन प्रर्वद्धन हेतु दुबईमा ‘नेपाल इभ टुरिजम टुर दुबई’ हुने भएको छ । ड्रिमहाइ नेपालको आयोजनामा हुने कार्यक्रममा कलाकारहरु राजेश हमाल, सुनिता दुलाल, केकी अधिकारी, स्वस्तिमा खड्का, अञ्जली अधिकारी, खेम सेन्चुरी,सन्दीप क्षेत्री, स्मिता दाहाल, शिव परियार, तेरिया मगर लगायत एक दर्जन बढीको सहभागिता रहनेछ ।

महानायक राजेश हमाल पत्नी मधुसहित सोमबारै दुबइ पुगेका छन् । गायिका सुनिता दुलाल, सन्दीप क्षेत्री लगायतका कलाकारहरु पनि त्यहाँ पुगिसकेका छन् । अन्य केही आउने क्रम जारी रहेको आयोजक संस्थाले जनाएको छ । दुबईको भव्य ‘वल्र्ड ट्रेड सेन्टर’ मा नेपाली संस्थाको आयोजनामा पहिलोपटक यस्तो कार्यक्रम हुन लागेको हो ।

५ भदौ (२१ अगष्ट) आइतबार दिउँसो २ बजे सुरु हुने उक्त कार्यक्रममा दुबईमा बसेर नेपालको कला, संस्कृतिमा योगदान पु¥याउँदै आएका कलाकारले पनि प्रस्तुति दिने आयोजक संस्थाका प्रमुख कमल जिसीले बताए । नेपालको पर्यटन, कला संस्कृतिको प्रर्वद्धन र सम्र्बद्धनमा सघाउ पुर्याउने उद्देश्य बोकिएको कार्यक्रममा सालैजो, तामाङ सेलो, देउडा नृत्य, पञ्चेबाजा लागयत विभिन्न जातजातिका सांस्कृतिक प्रस्तुति नृत्य तथा लोक तथा आधुनिक गीतसंगीतसहितको प्रस्तुति रहनेछ । यसका साथै नेपाल तथा दुबईको परिवेश झल्किने जनचेतनामूलक सामाग्री पनि प्रस्तुत हुनेछन् ।

नेपाली खानाका परिकारहरुको फुड स्टल समेत रहने कार्यक्रममा नेपाली भेषभूषासहितको फेसन–शो पनि सञ्चालन गरिने जनाइएको छ । कार्यक्रम तालिकामा नेपाल झल्किने पर्यटकीय क्षेत्रहरूको फोटो तथा भिडियो प्रदर्शनी र अवार्ड तथा सम्मान वितरण कार्यक्रम पनि रहने जनाइएको छ । यो कार्यक्रमले दुबई र नेपालको सम्बन्ध अझ प्रगाढ बनाउन मद्दत पु¥याउने कार्यक्रमकी अध्यक्ष पुनम यादवले बताएकी छन् ।

यो पनि...
नेपालका लागि लण्डनमा ‘हाइक फर नेपाल’
सुनिता दुलालको तीज गीत ‘स्वामीकी प्यारी’ सार्वजनिक



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

जेभियर एकेडेमी स्टुडेन्ट काउन्सिलद्वारा आयोजित ‘ब्याटल अफ द ब्यान्ड्स’ मा अघोर ब्यान्ड बिजेता बनेको छ । निर्णायक र दर्शक दुवैलाई

काठमाडौं । पत्रकार/गीतकार गीता अधिकारीले आफ्नो जन्मदिनमा गीति एल्बम ‘भावस्पनदन’ श्रोता/दर्शकमाझ ल्याउनुभएको छ । मिलापको आयोजनामा बिहीबार काठमाडौंमा एक विशेष

पोखरा, कार्तिक १५ गते । गीतकार प्रतिष्ठान, नेपालको अध्यक्षमा अनुराग अधिकारी सर्वसम्मत चयन भएका छन्।शनिवार पोखरामा सम्पन्न प्रतिष्ठानको पाँचौँ साधारण

चाडपर्वको अवसरमा नेपालमा मासुको अत्याधिक सेवन बढ्ने देखेर पोषणविद देखि चिकित्सकहरुले खानपिनमा विशेष ध्यान नपुर्‍याए स्वास्थ्यसम्बन्धी जटिलता देखापर्न सक्नेमा सचेत

Latest










Popular
Suggested