English

नेपालका लागि लण्डनमा ‘हाइक फर नेपाल’



सामाजिक क्षेत्रमा सक्रिय संस्था वि विल राइज फाउण्डेसन(हामी उठ्ने छौँ) र पोखरेली मञ्च युकेको सक्रियतामा नेपालको पर्यटन प्रवर्धनका लागि आयोजना गरेको ‘हाईक फर नेपाल’ अर्थात् नेपालका लागि पदयात्राको तीन दिने कार्यक्रम आज सम्पन्न भएको छ ।

फाउण्डेसनका प्रमुख सल्लाहकार खुसीमान गुरुङले मेरोलाइफस्टाइललाई बताए अनुसार अगष्ट ५, ६ र ७ मा ‘चौँथो हाईक फर नेपाल’ कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रमको कार्यतालिका अनुसार,५ अगष्टमा क्याम्पमा भेला हुने र सांस्कृर्तिक कार्यक्रम आयोजना, ६ अगष्टमा पदयात्रा गरी क्याम्पमा फर्किने र ७ अगष्टका दिन आ–आफ्नो घर फर्कने कार्यक्रम रहेको थियो ।

शनिबार ६ अगष्टमा बेलायतको ब्रेकन वेल्सस्थित पेन–वाइ–फेन डाँडामा आठ किलोमिटर पदयात्रा सम्पन्न भएको हो ।

नेपालको पर्यटन प्रवर्धनका लागि वी विल राइज फाउन्डेसनको परिकल्पना र पोखरेली मंच युकेको आयोजनामा उक्त कार्यक्रम हुँदै आएको छ ।

गुरुङका अनुसार मातृभूमि सम्झिनुका साथै पवित्र उदेश्य राखेर प्रारम्भ गरिएको यस पदयात्रा अभियानमा यसपटक प्रारम्भमा १६० जना सहभागी भए पनि पदयात्राको क्रममा झण्डै साढे तीन सय जना उक्त कार्यक्रममा जोडिएका थिए । उक्त पदयात्रामा सहभागी हुनका लागि प्रतिव्यक्ति ३० पाउण्ड प्रवेश शुल्क तोकिएको थियो । उक्त प्रवेश शुल्कवापत बीमा सुविधा, निःशुल्क कार पार्किङ्ग र क्याम्पिङ गर्ने सुविधा थियो ।

कार्यक्रमको प्रमुख अतिथिका रुपमा ब्रेकन टाउनका मेयर डेविड मेरिडिक्सको उपस्थिती रहेको थियो । कार्यक्रममा ब्रेकन टाउनका काउन्सिलरहरु पनि सहभागी थिए । ६/७ बर्षका बालबालिकादेखि ६५/७० बर्षसम्मका नेपाली तथा बेलायती नागरिक पनि उक्त कार्यक्रममा सहभागी थिए ।

यस पदयात्रा अभियानलाई सफल बनाउनका लागि यसको प्रारम्भदेखि नै ‘वि विल राइज फाउन्डेसन नेपाल’ ले हातेमालो गर्दै आएको छ । पहिलो वर्ष उक्त फाउण्डेसनका संस्थापक अध्यक्ष तुलसी गुरुङ हङकङबाट सहभागी भएका थिए ।

हाइक फर नेपाल कार्यक्रमबारे स्थानीय बेलायती जनता समेत जानकार भइसकेकाले यो कार्यक्रमले बेलायती जनतालाई नेपाल चिनाउन महत्वपूर्ण भूमिका खेल्नेछ ।

शुरुको वर्षमा स्थानीय ब्रेकन नेपाली समाज वेल्सले संयोजन गरेको थियो । तर, यसवर्ष भने मञ्च आफैँले संयोजन गरेको मञ्चका निवर्तमान अध्यक्ष एवं वि विल राइज फाउण्डेसन युकेका संयोजक मानप्रसाद गुरुङले जानकारी दिए । उनले भने, ‘हाइक फर नेपाल कार्यक्रमबारे स्थानीय बेलायती जनता समेत जानकार भइसकेकाले यो कार्यक्रमले बेलायती जनतालाई नेपाल चिनाउन महत्वपूर्ण भूमिका खेल्नेछ ।’

यसपटकको कार्यक्रममा बेलायतका विभिन्न स्थानबाट आएका सहभागीहरुलाई नेपाली खाना र नाचगानको ब्यवस्था गरिनुकासाथै नेपाली झण्डा वरपर दिप प्रज्वलनको विशेष व्यवस्था गरिएको थियो ।

पोखरेली मञ्च युकेले स्वास्थ्यका लागि दौड, पीपल नेपाल कप क्रिकेट प्रतियोगितालगायतका रचनात्मक कार्यक्रमहरुको आयोजना गर्दै आएको छ ।

मञ्चले सन् २०१७ देखि प्रत्येक वर्ष आयोजना हुदैं आएको पदयात्रा कोभिड–१९ का कारण गत दुई वर्ष रोकिएको भएता पनि यस वर्षदेखि पुनः प्रारम्भ गरिएको हो ।

शहरको कोलाहलमय वातावरणबाट टाढा प्रकृतिको काखमा रमाउनेहरुको लागि यो ठाउँ र समय महत्वपूर्ण रहने आयोजकले बताएका छन् ।

सन् २०१५ मा नेपालमा गएको महाभूकम्पले ठूलो जनधनको क्षति गर्यो । मातृभूमिका लागि विदेशमा रहेका नेपालीले पनि केही गर्नुपर्दछ भन्ने लागेर नेपालको पर्यटन प्रर्वद्धनका लागि पदयात्रा शुरु गरिएको पोखरेली मञ्च युकेका निवर्तमान अध्यक्ष मानप्रसाद गुरुङले स्मरण गरे ।

यो कार्यक्रम अब प्रत्येक बर्ष अझै भब्यताका साथ आयोजना हुनेछ, यस पैदलयात्रा हुने क्षेत्र बेलायतमा रहेका नेपालीहरुको एउटा समूहले नेपाली भिलेज इन वेल्स कार्यक्रममार्फत विकास गर्दै गरेको क्षेत्र पनि हो ।

विगतमा नेपाली राजदुताबास लण्डन,नेपाली समुदायका अगुवाहरु,एनआरएन युके, तमुधि युके, मगर संघ युके लगायत, समाजसेवीहरु तथा स्थानिय सासंद, मेयर, काउन्सिलरहरु सहभागी रहने गरेको सो कार्यक्रम यस वर्ष पनि भब्यताका साथ सम्पन्न भएको गुरुङले बताए । उनले भने, ‘यो कार्यक्रम अब प्रत्येक बर्ष अझै भब्यताका साथ आयोजना हुनेछ, यस पैदलयात्रा हुने क्षेत्र बेलायतमा रहेका नेपालीहरुको एउटा समूहले नेपाली भिलेज इन वेल्स कार्यक्रममार्फत विकास गर्दै गरेको क्षेत्र पनि हो ।’

पदयात्रा थलो वेल्स जर्ज एभरेष्टको जन्मभूमि पनि हो । सन् १८५७ मा यिनैको टोलीको सगरमाथाको सर्वेक्षण गरेको थियो । पछि सगरमाथाको नाम नै एभरेष्ट नामाकरण गरियो ।

फाउण्डेसनकै पहलमा २६ जुलाई सन् २०१६मा भूकम्पपछि थलिएको नेपालको पर्यटन प्रवर्धनका लागि हङकङमा लामो दुरीको पैदल यात्रा–हाइकिङ आयोजना सम्पन्न भएको थियो ।

यो पनि…
वि विल राइजको बेलायत संयोजकमा मानप्रसाद र प्रमुख सल्लाहकारमा खुशीमान गुरुङ नियुक्त
साल्मेले देखाएको पर्यटकीय सम्भावना



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

इटहरी/ कोशी प्रदेशका विवाहित महिलाहरूको सहभागिता रहने प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस पूर्वेली आइकन’ तेस्रो संस्करणको ताज इटहरीकी सृजना राउतले जितेकी

काठमाडौं : नेपालमा टिभिएस मोटरको आधिकारिक वितरक तथा शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले दुबई, यूएईस्थित ताज रिसोर्ट, पाम जुमेराहमा सम्पन्न टिभिएस

काठमाडौँ — नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायिका सुस्मिता स्याङतान (Susmita Syangtan) ले नयाँ मौलिक सांगीतिक प्रस्तुति ‘थकालीको खाना (Thakaliko Khana)’

Latest










Popular
Suggested