English

प्रदीप गिरिको अन्तिम बिदाइ गर्दै नेताहरु (फोटो फिचर)



कांग्रेसका दिवगंत नेता प्रदीप गिरिको पार्थीव शरीर श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको छ । शनिबार राति निधन भएका गिरिप्रति श्रद्धाञ्जली व्यक्त गर्न पार्टी कार्यालयमा उनको पार्थीव शरीर राखिएको हो ।

आइतबार दिउँसो २ बजेसम्म पार्टी कार्यालयमा पार्थीव शरीर राखिने र त्यसपछि पशुपतिआर्यघाटका लागि शवयात्रा सुरु गरिने कांग्रेसले जनाएको छ ।

सानेपामा पुगेर कांग्रेससहित सबै राजनीतिक दलका शीर्षनेता सानेपा पुगेर गिरिप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । यसअघि मेडिसिटी अस्पातल पुगेर पनि नेताहरुले गिरिप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाल समाजवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पार्थीव शरीरमा पुष्पगुच्छा चढाएर श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

साथै नेताहरु रामचन्द्र पौडेल, पूर्णबहादुर खड्का, सीतादेवी यादव, वामदेव गौतम, डा प्रकाशशरण महत, देव गुरुङले पनि पुष्पगुच्छा चढाएर श्रद्धाञ्जली दिएका छन् ।

अन्तिम श्रद्धाञ्जलीका लागि अहिले गिरिको पार्थीव शरीर सानेपामै राखिएको छ र नेता तथा शुभचिन्तकहरु जाने क्रम चलिरहेको छ ।

यो पनि…
वरिष्ठ कलाकार लामाको निधनबारे अनुसन्धान भइरहेको छ : प्रहरी
जापानका पूर्व प्रधानमन्त्री अवेको निधन



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested