English

वरिष्ठ कलाकार लामाको निधनबारे अनुसन्धान भइरहेको छ : प्रहरी



वरिष्ठ कलाकार एंव लोक गायक जयनन्द लामाको निधनबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । लामाको बिहान ज्यान गएको भन्दै प्रहरीलाई आफन्तले खबर गरेका थिए ।

भक्तपुरमा रहेको आफ्नै निवासमा लामाको निधन भएको हो । गएराति ९ बजे मिटिङ भन्दै काठमाडाैं बौद्ध गएका लामा बा.३ च ७७४१ नम्बरको कारमा फर्किएका थिए । तर, खुट्टा कारमा र शरीर घोप्टो परी टाउको भुइँमा जोतिएको अवस्थामा भेटिएको परिवारका सदस्यले बताएका प्रहरीले जनाएको छ ।

उनको टाउकोमा चोट लागेको भनिए पनि निधन हुनुको कारण खुलेको छैन । यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । लामा लामो समयदेखि गीत संगीत क्षेत्रमा सक्रिय थिए । उनले धेरै नेपाली चलचित्र, टेलिश्रृंखला, नाटकमा अभिनयसमेत गरेका छन् ।

यो पनि
कस्ता कलाकार थिए जयनन्द लामा ? (भिडियो पनि)
रहेनन् वरिष्ठ कलाकार जयनन्द लामा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर

जेभियर एकेडेमी स्टुडेन्ट काउन्सिलद्वारा आयोजित ‘ब्याटल अफ द ब्यान्ड्स’ मा अघोर ब्यान्ड बिजेता बनेको छ । निर्णायक र दर्शक दुवैलाई

Latest










Popular
Suggested