English

विवेक र मोनिका मोडल हन्ट नेपाल



नुवाकोटकी १९ वर्षीया मोनिका अधिकारी र काठमाडौंका २० बर्षीय विवेक खड्गीले ‘जोय मोडल हन्ट नेपाल २०२२’ को शीर्ष उपाधि चुमेका छन् । २६ प्रतियोगितालाई पछि पार्दै अधिकारी महिला र २४ प्रतियोगीलाईपछि पार्दै खड्गी पुरुष तर्फको विजेता बनेका हुन् ।

सिल्भर ओएक गैरिधारमा अबेर साँझ आयोजित प्रतिस्पर्धामा शिर्ष विजेता बनेका दुबैले उपाधिका साथमा नगद ५ लाख बराबराको उपहारसहित आगामि १ देखि १५ सेप्टेम्बरसम्म थाइल्याण्डमा आयोजना हुने अन्तर्राष्ट्रिय मोडलिङ प्रतियोगिता ‘सुपर मोडल इन्टरनेशनलमा’ र ‘मिस्टर अटुरिजम वल्र्ड’ मा क्रमस महिला र पुरुषले नेपालको प्रतिनिधित्व गर्नेछन् ।

मोडल हन्ट नेपालको यो सातौं संस्करण हो । प्रतियोगितामा सम्राट सिंह र मल्लिका फैजु फस्टरनर अप स्मृति श्रेष्ठ र सुरज गोयन्का सेकेन्ड रनर अप चुनिए । प्रतियोगितामा कृपा श्रेष्ठ र आदर्श श्रेष्ठ मोष्टइस्टाइलिस, विवेक खड्गी र साइच्छा थापा वेष्टपर्सनालिटी, सारा राई र कर्मा तोपग्ये वेष्टवाक, एन्जल राई र उगल लिम्बु मिष्टर एण्ड मिस मल्टिमिडिया, रुविन श्रेष्ठ र पल्पसा श्रेष्ठ पब्लिक च्वाइस, स्मृति श्रेष्ठ र सम्राट प्रताप सिंह मोष्ट फोटोजेनिक, मल्लिका फैजु र मौसम देवन राई बेष्ट फिजिक र फिगर, सरन एरिक विलियम्स र मोनिका अधिकारी कर्मसियल मोडल, सुर्य महर्जन र स्तुति श्रेष्ठ मष्ट पपुलर विजेता बने ।

प्रतियोगीताको निर्णायकमा नुतन श्रेष्ठ (मिष्टर नेपाल २०२२), नम्रता श्रेष्ठ (पूर्वमिस नेपाल २०२०), प्रशान्त ताम्राकार (फष्ट म्यानहन्ट इन्टरनेशनल १९९५), अभिमन्यु सिंह तमोर (अन्तर्राष्ट्रिय कोरियोग्राफर), राजभाई सुवाल (फोटोग्राफर) मदन रौनियार (जोय कस्मेटिक नेपालकमा चियरम्यान) रहेका थिए ।

यो पनि…
‘फेसियल हाउस’ को १४औं वार्षिकोत्सवमा पूजा र भवानीले काटे केक

सृष्टि र मन्दिप ‘मिस्टर एण्ड मिस नेपाल टिन’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

इटहरी/ कोशी प्रदेशका विवाहित महिलाहरूको सहभागिता रहने प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस पूर्वेली आइकन’ तेस्रो संस्करणको ताज इटहरीकी सृजना राउतले जितेकी

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

इटहरी/ एसइई परीक्षा दिएर बसेका किशोरीहरूको प्रतिभा, सौन्दर्य र आत्मविश्वासको रुपमा स्थापित ‘मिस एसइई २०२६ इटहरी’को ग्रान्ड फिनाले सम्पन्न भएको

इटहरी/ विद्यालय जीवनको एउटा महत्वपूर्ण खुड्किलो ‘एसईई’ यतिबेला सञ्चालनमा छ । केहीदिनको परीक्षा सकेर नतिजाको पर्खाइमा बसेका छात्राहरूको फुर्सदिलो समयलाई

Latest










Popular
Suggested