English

युवाको साथ लिएर बुढानिलकण्ठ अघि बढ्दै



युवा वर्गको साथ,सहयोग र सपनाको साथ लिएर बुढानिलकण्ठ नगरपालिकाले आफ्नो नगर कस्तो बनाउने भन्ने बहसको थालनी गरेको छ ।

बुढानिलकण्ठ नगरपालिकाले गठन गरेको नगर युवा परिषदको अगुवाई काठमाडौंमा आज यस्तै कार्यक्रम आयोजना भएको छ ।

युवा वर्गले विभिन्न शिक्षा,स्वास्थ्य,कला–साहित्य,संस्कृर्ति,पर्यटन लगायत १२ वटा बिषयमा आजको कार्यक्रममा आ–आफ्नो ‘भिजन पेपर’ प्रस्तुत गरेका छन् ।

बुढानिलकण्ठ नगरपालिकाकी उपप्रमुख अनिता लामा प्रमुख अतिथी रहेको आजको कार्यक्रमको प्रमुख विशेषता भनेको नगरपालिकाले उपलब्ध गराएको ‘प्लेटफर्म’ मार्फत युवाले देखेको यस नगरको सपनालाई नजिकबाट बुझ्ने अवसर रहेको कार्यक्रमकी प्रमुख अतिथी तथा यस नगरपालिकाकी उपप्रमुख लामाले मेरोलाइफस्टाइललाई बताइन । लामाले भनिन,‘ हामीलाई नीति तथा कार्यक्रम तर्जुमा गर्नका लागि पनि आजको अन्र्तक्रिया कार्यक्रम निकै फलदायी रहयो ।’

उपप्रमुख लामाका अनुसार,बुढानिलकण्ठ नगरपालिकाले आगामी चार महिनाभित्र युवाहरुलाई भिजन पेपरसहित भेला गरेर उनीहरुसंग फेरि पनि अन्र्तक्रिया गरिनेछ ।

किन ?

उपप्रमुख लामाले भनिन,‘यस नगर क्षेत्रको समग्र विकासमा युवाहरुको सोचलाई नै हाम्रो नगरपालिकाले कार्यान्वयन गर्ने हो,उनीहरुबाट आएको नयाँ नयाँ आइडिया हाम्रा लागि आगामी कदम चाल्नका लागि उपयोगी हुने देखिएको छ ।’

उपप्रमुख लामाले फेरि भनिन,‘युवा भनेका परिवर्तनका संवाहक हुन,उनीहरुसंग हातेमालो गरेर नै हामी अघि बढ्न चाहन्छौं ।’
यस नगर युवा परिषदको अध्यक्ष बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी रहेका छन् ।

स्मरण रहोस,आज १९ औं अन्तर्राष्ट्रिय युवा दिवस हो । युवा दिवसकै छेकोमा बुढानिलकण्ठ नगरपालिकाले युवाको साथ लिएर यस नगरको विकासमा अघि बढ्न खोजेको बुझ्न कठिन छैन ।

हरेक वर्षको अगष्ट १२ मा यो दिवस मनाईंदै आइएको छ । यसवर्षको नारा ‘युवाका लागि सुरक्षित वातावरण’ भन्ने रहेको छ । राष्ट्रिय युवा परिषद्ले आज देखि साउन ३० गतेसम्म विभिन्न कार्यक्रमको आयोजना गरी ‘अन्तर्राष्ट्रिय युवा दिवस’–२०७५ मनाउदै छ छ ।

संयुक्त राष्ट्र सङ्घले सन् १९९९ देखि हरेक वर्षको अगष्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवस मनाउने निर्णय गरेको थियो । सोही अनुसार विश्वमा सन् २००० बाट विभिन्न देशले अन्तर्राष्ट्रिय युवा दिवस मनाउँदै आएका छन् । नेपालमा भने यो दिवस सन् २००४ बाट मनाउन शुरु गरिएको हो ।

यस वर्ष अन्तर्राष्ट्रिय युवा दिवसको नारा ‘युवाका लागि सुरक्षित वातावरण’ तय गरिएको छ । नेपालमा कूल जनसङ्ख्याको ४० दशमलव ३५ प्रतिशत अर्थात एक करोड १४ लाख ४४ हजार ४०० युवा रहेका छन् । ती मध्ये झण्डै ६० लाख युवा वैदेशिक रोजगारमा छन् ।

युवाहरुको ठुलो पंक्तिलाई नगरक्षेत्रको विकासमा हातेमालो गराउने उदेश्यले नै बुढानिलकण्ठ नगरपालिकाले युवाको नवीन सोचलाई आत्मसाथ गर्न खोजेको देखिन्छ । किनकी यो नगरपालिकाभित्र अवसरका प्रसस्त सम्भावना छन् । शिक्षा,संस्कृर्ति,कला साहित्यदेखि सम्पदाको धनी यो क्षेत्रको समग्र विकासमा यस नगरपालिकाले युवाको साथ खोजेको देखिन्छ । आजको कार्यक्रम त्यसैको परिणाम हो ।

बुढानिलकण्ठ नगरपालिका क्षेत्र अपार सम्भावना भएको ठाउँ पनि हो ।

काठमाडौँमा अवस्थित यो नगरपालिका नेपाल सरकार, तत्कालीन सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको २०७१ मंसिर १६ गतेको मन्त्रीस्तरीय निर्णयबाट चपली, भद्रकाली, खड्का भद्रकाली, चुनिखेल, महाङ्काल, विष्णुबूढानीलकण्ठ र कपन गरी ६ वटा गाविसहरू मिलाएर १९ वडामा बिभाजन गरी प्रशासकीय हिसावले समायोजन गरिएको थियो ।

तर नेपाल सरकारको मिति २०७१ फाल्गुन २७ गतेको निर्णयले साविककै १९ वटा वडाहरूलाई १३ वटा वडाहरूमा पुनः समायोजन गरी यसको अन्तिम प्रशासकीय ढाँचा तयार गरिएको हो ।

यो नगरपालिका नेपालकै ऐतिहासिक नगरपालिकामध्येको एक हो । नेपालको राजधानीमा अवस्थित काठमाडौं जिल्लाका ११ वटा स्थानीय सरकारमध्ये (महानगरपालिका बाहेक) जनसंख्याको आधारमा नेपाल भरीको दोश्रो ठूलो यस नगरपालिकाको उत्तरतर्फ नुवाकोट जिल्लासँग जोडिएको तथा शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज, दक्षिणमा काठमाडौँ महानगरपालिकाको वडा नम्बर ३,४,६,७ र टोखा नगरपालिकाको वडा नम्बर ४ धापासी रहेको छ ।

त्यस्तै पश्चिमतर्फ टोखा नगरपालिका पर्दछ भने पूर्वतर्फ गोकर्णेश्वर नगरपालिका र काठमाडौँ महानगरपालिकाको वडा नम्बर ६ सँग जोडिएको छ । काठमाडौँ उपत्यकाका थुप्रै धार्मिक स्थलहरूमध्ये बूढानीलकण्ठ नगरपालिका पनि महत्वपूर्ण मानिन्छ । उत्तरी भागमा शिवपुरीका फेदीमा रहेको यो स्थल शैव, वैष्णव, र बौद्ध धर्मालम्वीको आस्थाको क्षेत्र हो । आवासीय क्षेत्र धेरै रहेको यस नगरपालिकाको उत्तरतर्फ शिवपुरी पर्वत श्रृङ्खला लगायत हरियाली जङ्गल रहेको यस नगरपालिकामा विष्णुमती, रूद्रमती, धोबीखोला, यज्ञमती, च्यानेखोला जस्ता नदीखोलाहरू बगेर गएका छन् ।

यस नगरपालिकाभित्र प्रसिद्ध बूढानीलकण्ठ मन्दिर चण्डेश्वर मन्दिर, रूद्रेश्वर, भद्रकाली, पञ्चकन्या, शिव, कृष्ण, वंगलामुखी जस्ता देवदेवीका मन्दिरहरू रहेका छन् । बौद्धमार्गीहरूका चर्चित सार्वजनिक गुम्बा श्री डाङ्यूर झयाङ्गतेरा दाग्र्यालिङ गुम्बा, आनी गुम्बालगायत बौद्ध मठहरू रहेका छन् ।

प्रकृर्ति र सम्पदाको धनी बुढानिकण्ठमा विकासको योजना बुन्न यस नगरपालिकाले युवाले देखेको सपना साकार पार्ने हेतुले युवासंग साझेदारी गर्न चाहेको देखिन्छ ।

यो पनि
‘चुनौतीको पहाड मेरो अगाडि छ, त्यसलाई पूरा गर्न स्पष्ट योजना बनाएको छु’
कार्यान्वयन होला त घोषणापत्र ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,