English

फ्रोजन मिटमा भाइरस एक महिनासम्म बाँच्न सक्छ



हालै गरिएको एक अध्ययन अनुसार सार्क–कोभ–२ भाइरस फ्रोजन माछा र सुँगुरको मासुमा ३० दिनसम्म बाँच्न सक्छन् । प्याकेज गरिएको मासु भाइरसको स्रोत भएको आशंकामा फ्रोजन गरिएका कुखुरा, गाईको मासु, सुँगुर र साल्मनमा अनुसन्धान गरिएको थियो ।

अनुसन्धानको नतिजा ११ जुनमा अमेरिकन सोसाइटी फर माइक्रोबायोलोजी जर्नल एप्लाइड एण्ड इन्भाइरोमेन्टल माइक्रोबायोलोजीमा सार्वजनिक गरिएको थियो ।

अन्वेषकहरूले मासु र माछाका उत्पादनहरूलाई फ्रिज (४ डिग्री सेल्सियस) र फ्रिजरको तापक्रम (माइनस २० डिग्री सेल्सियस)मा भण्डारण गरेका थिए ।

अमेरिकाको क्याम्पबेल युनिभर्सिटीका सहायक प्राध्यापक एमिली एस बेलीले भने, ‘तपाईंले फ्रिजमा मासुलाई ३० दिनसम्म सुरक्षित राख्न सक्नुहुन्न, तर तपाईंले यसलाई लामो समयसम्म फ्रिजरमा राख्न सक्नुहुन्छ ।’ बेलीले एक विज्ञप्तिमा भने, ‘हामीले यो पनि पत्ता लगायौं कि भाइरसहरू लामो समयसम्म कल्चर्ड हुन सक्छ ।’

कोभिड–१९ महामारी समुदायमा फैलनुअघि दक्षिणपूर्वी एसियामा देखिएको पत्ता लगाएपछि अनुसन्धानकर्ताहरूले अध्ययन गर्ने निर्णय गरेका थिए । बेलीका अनुसार यो अध्ययन महत्वपूर्ण छ किनभने सार्स–कोभ–२ श्वासप्रश्वासमा मात्र नभएर पेटमा पनि बढ्न सक्छ ।

यो पनि…
कोभिडको चौथो डोज आवश्यक पर्न सक्छः एन्टोनी फाउची
यी १७ स्थानमा कोरोनाको उपचार निःशुल्क



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

चैत १८, काठमाडौं। नेपालकै प्रतिष्ठित औद्योगिक तथा व्यावसायिक घराना गोल्छा ग्रुपले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ(किओच) लाई पाँच करोड आर्थिक

दसैंको विषेश परिकार हो– मासु । दसैंमा मानिसहरुले मासुलाई नै बढी महत्व दिने गर्छन् । वर्षमा एकपटक आउने चाड हो

लुम्बिनी लायन्सले नेपाली क्रिकेट प्रशासनमा लामो अनुभव हासिल गरेकी भावना घिमिरेलाई प्रमुख कार्यकारी अधिकृत (सिइओ) को रूपमा नियुक्त गरेको छ

छालामा देखिने धेरै किसिमका समस्याहरूलाई हामी नजरअन्दाज गर्दै आएका छौँ । तर मौसममा परिवर्तन आउने बित्तिकै शरीरमा पर्ने पहिलो प्रभाव

Latest










Popular
Suggested