English

कहाँ छिन् ‘कन्ट्रोभर्सी क्वीन’ वीना मलिक ?



बिग बोस सिजन ४ मा आफ्नो सुन्दरता रोमान्टिक अन्दाजले दर्शकको मन जितेकी वीना मलिक सायदै सबैले भुलेका होलान् । अश्मित पटेलसँग बीबी हाउसमा उनको रोमान्सले शोको टीआरपी बढेको जगजाहेर नै छ ।

आफ्नो सुन्दरता र बेवाक शैलीका कारण लोकप्रिय बनेकी पाकिस्तानी अभिनेत्री मलिक अहिले कहाँ, के गर्दैछिन् भन्नेमा आमचासो छ ।

वीनाले कैयौं पाकिस्तानी र बलिउड फिल्ममा काम गरेकी छन् । उनले पाकिस्तानी फिल्म ‘तेरे मेरे प्यार मे’बाट अभिनयमा पाइला चालेकी थिइन् । त्यसपछि उनी ‘ये दिल आपका हुआ’, ‘कोई तुझ सा कहाँ’, ‘क्यो तुमसे इतना प्यार है’ जस्ता फिल्ममा देखिइन् ।

बलिउडमा उनले सन् २०१२ मा ‘दाल मे कुछ काला है’मा अभिनय गरिन् । त्यसपछि उनी ‘सुपरमोडल’, ‘जिन्दगी ५०५०’, ‘मुम्बई १२५केएम थ्रीडी’ जस्ता फिल्ममा देखिइन् । भारतमा वीनालाई बिग बोसले चर्चामा ल्यायो । उनले सन् २०१४ मा अन्तिम तेलुगू फिल्म ‘नंग्ना सित्यम’ मा अभिनय गरिन् । अहिले उनले शोबिज उद्योगबाट दूरी बनाएकी छन् ।

वीना अहिले पाकिस्तानमै छिन् । उनलाई त्यहाँ दर्शकले ‘कन्ट्रोभर्सी क्वीन’ नामले चिन्छन् । उनले सन् २०१३ मा व्यापारी असद बशीर खानसँग विवाह गरेकी थिइन् । तर सन् २०१८ मा उनीहरूको डिभोर्स भयो । दुई सन्तान सन्तानसँगै उनी हाल पाकिस्तानमा छिन् ।

याे पनि…
संगीतको त्यो सुमधुर साँझ

‘बन्दिपुरैमा’: अमेरिकामा गीत,नेपालमा संगीत अनि युट्युबमा हिट (भिडियो पनि)\



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

जेभियर एकेडेमी स्टुडेन्ट काउन्सिलद्वारा आयोजित ‘ब्याटल अफ द ब्यान्ड्स’ मा अघोर ब्यान्ड बिजेता बनेको छ । निर्णायक र दर्शक दुवैलाई

काठमाडौं । पत्रकार/गीतकार गीता अधिकारीले आफ्नो जन्मदिनमा गीति एल्बम ‘भावस्पनदन’ श्रोता/दर्शकमाझ ल्याउनुभएको छ । मिलापको आयोजनामा बिहीबार काठमाडौंमा एक विशेष

पोखरा, कार्तिक १५ गते । गीतकार प्रतिष्ठान, नेपालको अध्यक्षमा अनुराग अधिकारी सर्वसम्मत चयन भएका छन्।शनिवार पोखरामा सम्पन्न प्रतिष्ठानको पाँचौँ साधारण

चाडपर्वको अवसरमा नेपालमा मासुको अत्याधिक सेवन बढ्ने देखेर पोषणविद देखि चिकित्सकहरुले खानपिनमा विशेष ध्यान नपुर्‍याए स्वास्थ्यसम्बन्धी जटिलता देखापर्न सक्नेमा सचेत

Latest










Popular
Suggested