English

संगीतको त्यो सुमधुर साँझ



ललितपुरस्थित सेन्टमेरिज स्कूलको हलमा शनिबार धेरै पछि दर्शकहरुले ‘लाइभ कन्सर्ट’ को अनुभव लिने मौका पाए । संगीतको यो अभूतपूर्व मौका प्रदान गरेकी थिइन, ‘सिङिङ नन’ अर्थात विश्वविख्यात गायिका आनी छोइङ डोल्मा र अन्य कलाकारहरुले ।

उक्त संगीत सन्ध्यालाई ‘हिल द अर्थ : अ म्युजिकल इभनिङ विथ आनी छोइङ डोल्मा’ नाम दिइएको थियो । कार्यक्रम दुई घण्टा निरन्तर चलेको थियो ।

उक्त सांगीतिक कार्यक्रममा आनीले आफ्नो सुमधुर आवाजले विभिन्न आध्यात्मिक गितहरुको साथसाथै प्रख्यात गायक माइकल ज्याक्सनको वातावरण सम्बन्धि ‘हिल द वल्र्ड’ अंग्रेजी गीत पनि प्रस्तुत गरेर स्रोतालाई मोहित बनाएकी थिइन ।

संगीतको यो माहोल त्यतिबेला अझै मिठासपूर्ण बन्यो जतिबेला पश्चिम बंगाल,कोलकत्ताबाट हालसालै नेपालकी बुहारी बनेकि लाबोनी चक्रवोर्तीले पनि आफ्नो गायनकला प्रस्तुत गरिन ।

आनी र लाबोनीको स्वरलाई बलियो साथदिन बाँसुरीमा थिए,मनोज सिंह नेवा । नेपालबाट अमेरिकाको विख्यात ग्रामी अवार्डमा मनोनित मनोजको बाँसुरीको धुन लाजवाफ सुनिन्थ्यो ।

ड्रममा संजय श्रेष्ठ,गितारमा गोपाल रसाइली र कि–बोर्डमा प्रज्वल लामाले संगीतको यो शनिवारिय साँझलाई अविस्मरणिय बनाइदिएका थिए ।

कार्यक्रमा मदनकृष्ण श्रेष्ठ,उपेन्द्र महतो, धुलिखेलका मेयर असोक ब्यान्जु,तुलसी घिमिरे, कनकमणि दिक्षित,रबिन्द्र पुरी लगायतहरु पनि उपस्थित थिए ।

वातावरणिय सचेतना अभिवृद्धि गर्ने उदेश्य राखेर आयोजना गरिएको यो कार्यक्रमबाट संकलन भएको रकम साँखुस्थित सुषमा कोइराला मेमोरिअल ट्रष्टद्वारा संचालित अस्पतालका बिरामीहरुको उपचारमा खर्च गरिने बताइएको छ ।

शब्द/तस्विर : बिकास रौनियार

यो पनि…
सत्मार्गका लागि सपथ, पारदर्शिताका लागि प्रत्यक्ष प्रसारण (फोटोकथा)
भण्डारखाल बगैंचामा संगीतको स्वाद (फोटो कथा)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

अहिले होली पर्वलाई भाङ खाने, मदिरापान गर्ने, होहल्ला गर्ने गरेर मनाउन थालिएको छ । यसले यो पर्वको महत्वलाई भुलाउदै नराम्रो

सहरका स्थानीय रैथाने चिनियाँ नयाँ वर्षको उमंगमा उर्लिरहेका बेला गत आइतबार हङकङेली नेपालीहरूको लामै लर्को भने युङ लङ थिएटरतर्फ सोझिएको

नेवार समुदायले मनाउने यःमरि पुन्हि अर्थात योमरी पूर्णिमा र ज्यापु दिवस आज मुलुकभर उल्लासका साथ मनाईदैछ । हरेक वर्ष धान्य

गुरुङ जातिको महान चाड तमु ल्होसारको छेकपारि ज्योति गुरुङको शब्दमा आयो तमु ल्होसार सार्वजनिक भएको छ । बेलायतमा बसोबास गर्दै