English

बलिउडका यी कलाकार खानेकुराको सौखिन



आफ्नो मनपर्ने कलाकारको जीवनका बारेमा जान्न जोकोही फ्यान उत्सुक हुन्छन् । फ्यानहरुलाई कलाकारहरूले कुन खानेकुराको सौखिन छन् भन्ने कुरामा झन चासो राख्छन् । यहाँ बलिउडका लोकप्रिय कलाकारको मनपर्ने खानेकुराको बारेमा उल्लेख गरिएको छ ।

अमिताभ बच्चन

अमिताभ बच्चन उमेरले ७९ वर्ष पुगिसके, तर उनी फिल्ममा निरन्तर सक्रिय छन् । यो उमेरमा पनि उनी फिट छन् । विलासी जीवन बिताए पनि खानेकुराको मामलामा उनी साधारण जीवन अपनाउँछन् । उनी भिण्डी अत्याधिक मनपराउँछन् ।

ऋतिक रोशन

खाजामा समोसा सबैको प्रिय हो । तर, केही मानिसहरू मोटो भएकै कारण समोसा खान डराउँछन् । तर, अभिनेता ऋतिक रोशन समोसाको सौखिन हुन् ।

कटरिना कैफ

हरेक युवती कटरिना कैफ जस्तो फिट रहने चाहना राख्छन् । तर, कमैलाई थाहा होला, उनी खानको सौखिन हुन् भन्ने । उनलाई पेन केक निकै मनपर्छ । उनी प्रायः पेन केक आफ्नो स्टोरीमा राखिरहेका हुन्छिन् ।

दीपिका पादुकोण

अभिनेत्री दीपिकाले कैयौं प्लेटफर्ममा आफू खानेकुराको सौखिन रहेको स्वीकारेकी छन् । तर, उनको फिटनेस हेर्दा उनी खानको सौखिन छिन् भन्ने कुरा पत्याउन मुस्किल पर्छ । दीपिकालाई रसम राइस निकै मनपर्छ । साउथको यो लोकप्रिय खानेकुरालाई उनी बिना हिच्किचाहट खान्छिन् ।

शाहरुख खान

शाहरुखको विलासी जीवनबारे जोकोही जानकार छन् । तर, एक समय उनी खानका निकै सौखिन थिए । अहिले खाने र पिउने मामलामा उनी कम सक्रिय रहे पनि कुनै बेला उनको लोकप्रिय खानेकुरा चिकन तन्दुरी थियो ।

सलमान खान

सलमान बिरयानीको सौखिन हुन् । उनले जब समय पाउँछन्, बिरयानी खाइहाल्छन् । ईदको मौकामा उनले मिडियालाई पनि बिरायनी खुवाउन भुल्दैनन् ।

यो पनि…
‘पुष्पा २’लाई ठूलो स्केलमा बनाइँदै
गोविन्दालाई एकसाथ ७५ फिल्मको अफर !



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

अहिले होली पर्वलाई भाङ खाने, मदिरापान गर्ने, होहल्ला गर्ने गरेर मनाउन थालिएको छ । यसले यो पर्वको महत्वलाई भुलाउदै नराम्रो

सहरका स्थानीय रैथाने चिनियाँ नयाँ वर्षको उमंगमा उर्लिरहेका बेला गत आइतबार हङकङेली नेपालीहरूको लामै लर्को भने युङ लङ थिएटरतर्फ सोझिएको

नेवार समुदायले मनाउने यःमरि पुन्हि अर्थात योमरी पूर्णिमा र ज्यापु दिवस आज मुलुकभर उल्लासका साथ मनाईदैछ । हरेक वर्ष धान्य