English

कोरा भक्तपुर साइकलिङ च्यालेन्ज



कोरा भक्तपुर साइकलिङ च्यालेन्ज शनिबार बिहानदेखि भक्तपुरमा सुरु भएको छ । भक्तपुरको दरवार क्षेत्रमा साइकलयात्रीहरु जम्मा भई च्यालेन्ज सुरु भएको हो ।

च्यालेन्ज दरवार क्षेत्रबाट सुरु भएर सिद्धपोखरी, निकोसेरा, बहाखा बजार, बोडे, निलबाराही, बेँसीगाउँ, दुवाकोट, चाँगुनारायण, त्रिशुलडाँडा, तेलकोट, नगरकोट पुगेको थियो । नगरकोटमा खाना खाएपछि थाकलमाथ, खावा, नाला गुम्बा, भंगाल, लटरम्बेश्वर, साँगा, खाल्चोक, आशापुरी, रानीकोट, गुण्डु, गाम्चा, बालकोट, लोकन्थली, कौशलटार, सानोथिमि हुँदै पुनः भक्तपुर दरबार क्षेत्रमा समापन हुने कार्यक्रम छ ।

सहभागीहरूमध्ये नगरकोटसम्म सबै गएका थिए । त्यहाँंबाट तीन छुट्टाछुट्टै रुट पक्रिएका छन् । नगरकोटबाट ५०, ७५ र १०० किलोमिटरका तीन वटा रूट तयार गरिएको छ । सोहीअनुसार उनीहरु छुट्टिएका हुन् ।

भक्तपुरलाई साइकलिङ गन्तव्य बनाउने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको हो । साथै कोभिडको कारण ज्यान गुमाएका साइकलिष्ट यमलाल रसाइलीको परिवारलाई सहयोग संकलन गरी कोष स्थापना गर्न कार्यक्रम गरेको आयोजकको भनाइ छ । कार्यक्रमबाट ६ लाख रुपैयाँं सहयोग संकलन गर्ने लक्ष्य छ ।

यो पनि…
नेदरल्याण्ड्स जहाँ साइकल नै देशप्रेमको प्रतिक (भिडियोसहित)
अन्तिम खेलमा एनआरटीको जित

अर्जेन्टिनी डिफेन्डर भित्र्याउन म्यानचेष्टर युनाइटेडको दौड



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपाल क्रिकेट संघले युएईमा हुने यु-१९ एसिया कपमा सहभागी हुने टोलीलाई बिदाइ गरेको छ । नेपालले पहिलो खेल पाकिस्तानसँग मंसिर

एसीसी यू–१९ प्रिमियर कपको पहिलो खेलमा नेपालले इरानविरुद्ध २७४ रनको फराकिलो जित निकालेको छ । बिहीबार मलेसियामा भएको खेलमा नेपालले

नेपाली राष्ट्रिय क्रिकेट टिम यतिबेला भारतको नागपुरस्थित राजस्थान रोयल्सको एकेडेमीमा हाई परफरमेन्स प्रशिक्षण गरिरहेको छ । टी२० विश्वकपको एशिया क्षेत्र

नेपाल क्रिकेट संघ (क्यान) ले दुई वर्षका लागि आईएमई पेसँग टिकटिङ पार्टनरको सम्झौता गरेको छ । क्यानका सचिव पारस खड्का