English

सिलिचुङको शिखरमा साइकल



मुन्दुम ट्रेल (मुन्दुम मार्ग) को प्रवर्द्धनका लागि साइकल यात्री तेजप्रसाद पराजुली (एभरेष्टबाबु) ले सिलिचुङ टपमा साइकल पुर्‍याएका छन् । गत वैसाखमा मुन्दुम ट्रेल अन्तर्गत भोजपुर, सुन्तले, मैयूँडाँडा, हाँसपोखरी, दलसिंगे हुँदै चखेवाभञ्ज्याङबाट भोजपुर नै फर्किएका साइकल यात्री पराजुली भिर–पहरा छिचोल्दै सिलिचुङको शिखरमा साइकल पुर्‍याउन सफल भएका हुन् ।

साइकल कुदाएर नेपालका ७७ जिल्लाको यात्रा गरिसकेका पराजुलीले महाकुलुङ बुङ, छेस्काम हुँदै गुदेलदेखि ट्रेकिङ र साइकलमार्फत हिलारी नोर्गे ट्रेल हुँदै साल्पा पोखरी दर्शन गरेर सिलिचुङको शिखरमा साइकल पुर्‍याएको मुन्दुम ट्रेलका प्रवर्द्धक मैयूं–टेम्के–साल्पा–सिलिचुङ पर्यटन प्रवर्द्धन केन्द्र (एमटीएसएसटीसीपी)का अध्यक्ष रमेश राईले जानकारी दिए ।

पराजुलीले मुन्दुम ट्रेलको इतिहासमा सिलिचुङको टपमा साइकल पुर्‍याउने पहिलो साइकल यात्रीको इतिहास बनाएका छन् । समुद्री सतहबाट ४१६५ मिटर अग्लो सिलिचुङ भोजपुर, सोलुखुम्बर र संखुवासभाको बीचमा छ । खोटाङ, सोलुखुम्बु, भोजपुर र संखुवासभाको रमणीय स्थलको पर्यटन प्रवर्द्धनका लागि परिकल्पना गरिएको मुन्दुम ट्रेलको प्रचारप्रसारमा झापा चन्द्रगढीका साइकल यात्री पराजुली पनि चासोका साथ लागिपरेका छन् ।

पराजुलीले मुन्दुम ट्रेलको इतिहासमा सिलिचुङको टपमा साइकल पुर्‍याउने पहिलो साइकल यात्रीको इतिहास बनाएका छन् । समुद्री सतहबाट ४१६५ मिटर अग्लो सिलिचुङ भोजपुर, सोलुखुम्बर र संखुवासभाको बीचमा छ ।

मुन्दुम ट्रेलको मूख्य गन्तव्यका रूपमा रहेको साल्पा पोखरी नजिकै ‘साल्पा स्तम्भ’ उद्घाटन गरिएको छ । भोजपुरको साल्पा सिलिछो गाउँपालिकाले तयार पारेको डीपीआरअनुसार सालपा कल्याणकारी कोषको लगानीमा निर्माण गरिएको स्तम्भ पूर्वसांसद एवं सालपा विकास बैंक खोटाङका अध्यक्ष टंक राईले उद्घाटन गरेका हुन् । मुन्दुम ट्रेलका प्रवर्द्धक मैयूं–टेम्के–साल्पा–सिलिचुङ पर्यटन प्रवर्द्धन केन्द्र (एमटीएसएसटीसीपी) का अध्यक्ष राईको संयोजनमा ‘साल्पा स्तम्भ’ निर्माणको सुरूदेखि अन्तिमसम्मको काम सम्पन्न भएको हो । प्राज्ञ नारदमनी हार्तम्छालीले सो स्तम्भको डिजाइन गरेका हुन् ।

खोटाङ, सोलुखुम्बु, भोजपुर र संखुवासभाको रमणीय स्थल चखेवाभञ्ज्याङ, मैयुङडाँडा, हाँसपोखरी, सातदोबाटो, रावाधाप, साल्पा पोखरी, सिलिचुङडाँडा लगायतको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले २०७५ सालमा मुन्धुम ट्रेलको अवधारणा अघि सारिएको हो ।

मुन्दुम ट्रेलमा खोटाङको साकेला गाउँपालिकाको तावाभञ्ज्याङबाट भोजपुरको टेम्केमैयूं गाउँपालिका, खोटाङको केपिलासगढी गाउँपालिका, भोजपुरको साल्पा सिलिचोँ गाउँपालिका, साल्पापोखरी हुँदै साल्पा सिलिछो पिक पुर्‍याउने र ताराखसे पोखरीबाट भोजपुरको षडानन्द नगरपालिका, भोजपुर नगरपालिका हुँदै मध्यपहाडी लोकमार्गको साम्पाङ चोकलाई समेटिएको छ ।

आन्तरिक तथा वाह्य पर्यटकलाई यात्रा गराउँदै पर्यटन प्रवर्द्धन गर्ने र आन्तरिक आयआर्जन वृद्धि गर्ने लक्ष्यका साथ मुन्दुम ट्रेलको परिकल्पना गरिएको मैयूं–टेम्के–साल्पा–सिलिचुङ पर्यटन प्रवर्द्धन केन्द्रले जनाएको छ ।

यो पनि पढ्नुहोस्
कोरोनाले पर्यटन क्षेत्रमा १० अर्बको क्षति, ७ लाख जनशक्ति बेरोजगार
फेवातालमा चल्न थाले डुङ्गा, मजदूरमा उत्साह
सुनसान पोखरामा साइबेरियन बकुल्लाले थपेको रौनकता (फोटो फिचर)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती