English

बिदेश मन्त्रीसँगको भेटवार्तादेखी सेमिनारको प्रमुख बक्तासम्म



भारत भ्रमणका लागि शुक्रबार दिल्ली पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल शनिबार दिनभर ब्यस्त रहने भएका छन ।

भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जेपी नडडाको निमन्त्रणमा शुक्रबार दिल्ली पुगेका प्रचण्डले बिदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता देखी एक सेमिनारमा प्रमुख बक्ताको रुपमा सम्वोधन गर्नेछन ।

शनिवार सुरुमा भारतीय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटवार्ता गर्ने प्रचण्डले लगत्तै बिदेश मन्त्री एस जयशंकरसँग द्धि–पक्षीय वार्ता गर्नेछन भने सो लगत्तै बिदेश सचिव विनय मोहन क्वात्रासँग भेटघाट गर्नेछन ।

सो भेटवार्ता पछि फाउन्डेसन फर पब्लिक अवरनेस एन्ड पोलिसी नामक संस्थाद्धारा आयोजित सेमिनारमा प्रमुख बक्ताको रुपमा सहभागी हुने कार्यक्रम तय भएको छ, जसमा उनले नेपाल भारत सबन्धका बारेमा आफनो टिप्पणी राख्नेछन ।

साँझ बिदेश मन्त्री जयशंकरले माओवादी अध्यक्ष प्रचण्डको सम्मानमा दिएको रात्री भोजमा सहभागी हुनेछन, जसमा भारत सरकार मन्त्रीहरु पनि सहभागी हुने बताईएको छ ।

यसैगरी, आइतबार भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ भने आइतबार नै प्रचण्डले भाजपा मुख्यालयको भ्रमणमा पुग्नेछन, त्यसक्रममा उनले भाजपा अध्यक्ष जेपी नड्डासँग भेटघाट गर्नेछन । माओवादी अध्यक्ष प्रचण्डको सम्मानमा भाजपा अध्यक्षले दिएको सोही दिन आयोजना गरेको दिवा भोजमा सहभागी हुने कार्यक्रम रहेको छ ।

गत शुक्रबार दिल्ली पुगेका प्रचण्डलाई भाजपा बिदेश बिभाग प्रमुख बिजय चौथाईवालाले स्वागत गरेका थिए । उनी सोमबार नेपाल फर्कनेछन ।

प्रचण्ड र आरजु देउवा बिच भेटघाट

शुक्रबार दिल्ली पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस नेतृ आरजु देउवा बिच भेटघाट भएको छ ।

‘उपचारका लागि’ केही दिन अघि दिल्ली पुगेकी प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नीसमेत रहेकी कांग्रेस नेतृ देउवासँग प्रचण्डको शनिवार बिहान पुनः भेटघाट भएको हो । सो क्रममा भारतका लागि नेपाली राजदुत शंकर शर्मा र प्रचण्ड पुत्री गंगा दाहालको उपस्थीति रहेको थियो । शुक्रवार साँझ दुतावासमा आयोजना भएको रात्री भोजमा पनि प्रचण्ड र देउवा बिच भेटवार्ता भएको थियो ।

प्रचण्डले आजै भारतीय बिदेश मन्त्री एस जयशंकर र भारतीय सुरक्षा सल्लाहकार अजित डोभाललगायतसँग भेटवार्ता गर्दैछन ।

यो पनि…
यस्तो थियो लौहपुरुष गणेशमान सिंहको लाइफस्टाइल
दलहरुले बदल्न सक्लान् त बुटवल ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

प्रतिनिधि सभाको निर्वाचन २०८२ साल फागुन २१ गते हुँदैछ । संविधानअनुसार प्रतिनिधि सभा राज्यको सार्वभौम अधिकार सम्पन्न निकाय हो ।

भ्रष्टाचारको मुहान कहाँबाट बग्छ भन्ने प्रश्नमा धेरैले ठेक्का, कर छली, प्रशासनिक मिलेमतो वा नीतिगत चलखेललाई औँल्याउने गर्छन् । तर राज्य

माघ १३ गते । केके मानन्धर ।आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि भक्तपुरमा तयारी तीव्र भएको छ

सुमन सायमीको पोलिटिकल लिगेसीःकालीमाटी निवासी जीवन मानन्धरका छोरा हुन् सुमन सायमी । जीवन मानन्धरलाई जीवन दाइको नामले काठमाडौंका अधिकांशले चिन्थे