English

‘शिक्षा क्षेत्रमा सुधारले मात्रै पुग्दैन क्रान्ति नै गर्नुपर्छ’



कालीकोट रास्कोट नगरपालिका प्रमुख धर्मराज शाही (पोषण) गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रबाट विजयी भएका हुन् । ३७ वर्षीय शाही सानै उमेरदेखि माओवादी सशस्त्र द्वन्द्वमा सामेल भएका थिए । समाज परिवर्तनका लागि सशस्त्र द्वन्द्वमा होमिएका शाही अहिले आफै परिवर्तन अनुभुत गराउने ठाउँमा छन् । उनले सर्वसाधारणलाई कसरी परिवर्तनको अनुभुति दिइरहेका छन् ? रमेश रावलले प्रश्न गरेका छन् ।

निर्वाचित भएपछि पहिलो गाउँसभा सकिसक्नु भएको छ । रास्कोटलाई समृद्ध बनाउन के–के योजना प्रस्ताव गर्नुभयो त ?

नगरपालिकामा पहिलो पटक केही नयाँ काम गर्न खोजिरहेको छौँ । सोहीअनुसार नीति तथा कार्यक्रम र बजेटमा कार्यक्रम समावेश गरेका छौँ । नगरबस सन्चालन, सामाजिक सुरक्षा भत्ता घरदैलोमै पुर्याउने लगायत योजना बनाएका छौँ । साथै, नागरिकको स्वास्थ्यलाई ध्यान दिएर ‘हेलो मेयर, हेल्थ केयर’ कार्यक्रम सन्चालन, अस्वस्थ, असाह्य, वृद्धवृद्धा, असक्त, सुत्केरी महिला, पालिकास्तर, स्थानीय स्तरमा उपचार पाउन नसकेका नागरिकलाई लक्षित गरेर कार्यक्रम ल्याएका छौँ ।

नागरिकको घरदैलोमै पुगेर स्वास्थ्य परीक्षण, घटना दर्ता लगायतका सेवाका लागि शिविर सन्चालन, रास्कोट क्याम्पसका लागि आवश्यक संरचना निर्माणलाई पनि प्रथमिकता दिएका छौँ ।

यी योजना मात्रैले नगरपालिका आत्मनिर्भर र नगरवासी रोजगार बन्लान र ?

यसको जवाफ निकै जटिल छ । आत्मनिर्भर नभए रोजगारी सिर्जना हुँदैन, रोजगारीविना आत्मनिर्भर हुन सकिँदैन । नगरपालिकामा बेरोजगारी समस्या विकराल जस्तै छ । विशेषतः युवाहरू जो अर्थतन्त्रको मेरुदण्ड समेत हुन् उनीहरूलाई रोजगार बनाउन नसकिए देश बलियो हुँदैन । सोही अनुसार सरकारले लिएको तीन खम्बे अर्थनीति (सरकारी, नीजि र सहकारी) अनुसार हामी पनि काम गरिरहेका छौँ ।

साना उद्योग सन्चालन, उत्पादित वस्तुको बजारीकरणलाई जोड दिएका छौँ । स्थानीयस्तरमा उत्पादन हुने आलु, स्याउ, ओखर, सिस्नु, फापर, मकै, कोदोलगायत अन्नबालीका सम्भावित परिस्कृत रुप के हुन सक्छ ? त्यसको अध्ययन गरेर युवालाई सन्चालन गर्न प्रोहोत्साहित गर्ने लक्ष्य राखेका छौँ ।

उपभोक्ताहरू कालो बजारी र मुल्यवृद्धिबाट आजित छन् । यसलाई कसरी समायोजन गर्ने योजना छ त ?

मैले अघि पनि भने यहाँ उत्पादन भएका वस्तुको बजारीकरण गर्न, दैनिक उपभोग्य वस्तुहरूको बिक्री वितरण गर्न सुपथ मूल्य पसल सन्चालन गर्ने योजना छ । स्थानीय तहका उत्पादनलाई विषेश ध्यान दिएर यी पसल सन्चालनमा ल्याउने सोचेको छौँ । महंङ्गी र कालोबजारी अन्त्य गर्नका लागि सुपथ मूल्य पसलले सहयोग गर्नेछन् । यसका लागि स्थानीय सरकारले स्थानीय, सहकारी वा समूहसँग सल्लाह गरेर काम अगाडि बढाउनेछ ।

कालीकोट रास्कोट नगरपालिका तीन तहको भू–भागमा पर्छ । यी भू–भागलाई कसरी सदुपयोग गर्नुहुन्छ ?

नगरपालिकाको तल्लो भागमा सुन्तला, केरा र आँप उत्पादन हुन्छन् । माथिल्लो भागमा स्याउ र ओखर उत्पादन हुन्छन् । बीचको भागमा अन्य नगदे खाद्यबाली र फलफूल उत्पादन हुन्छन् । प्राकृतिक हिसाबले रास्कोट नगरपालिका बरदानका रुपमा रहेको छ । अब माटो परीक्षण गरेर कुन क्षेत्र, कुन ठाउँमा कुन बाली फल्छ भनेर योजना अघि बढाउने छौँ । व्यवस्थित रुपमा अन्नबाली, नगदेबाली र फलफूल उत्पादनमा जोड दिने लक्ष्य छ ।

शिक्षा क्षेत्रको विकासका लागि के गर्नुभएको छ ?

तुलनात्मक रुपमा यस नगरपालिकामा रहेका विद्यायलको शैक्षिक अवस्था राम्रै छ । तर, भनेअनुसार विकास हुन सकेको छैन । शिक्षामा सुधार होइन अब क्रान्ति गर्नुपर्छ भनिरहेको छु । पराम्परागत शिक्षा प्रणालीमा व्यापक परिवर्तनको आवश्यकता छ ।

स्वास्थ्यमा पनि एमडीस्तरका चिकित्सकले सेवा दिइरहेका छन् । अब एमडिजीपी डाक्टर ल्याउने तयारीमा छौँ । सडक पनि कालोपत्रे हुँदैछ । खानेपानी, नगरभित्रको रिङ रोड बनेको छ । खानेपानी प्रायः सबै घरधुरीमा पुगेको छ ।

यो पनि…
‘पोखरा हामी सबैको हो सबै मिलेर बनाऔँ’

‘हरेक मतको मूल्य तिर्नेगरी मेलम्चीको विकास गर्नेछु’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती

उत्तरमा चुरेपहाड, दक्षिणमा तराईको समथर फाँट । पूर्वमा बबई नदी पश्चिममा बग्ने सङ्लो कर्णालीको चिसो पानी । र बीचमा हरियाली