English

‘हरेक मतको मूल्य तिर्नेगरी मेलम्चीको विकास गर्नेछु’



मेलम्ची नगरपालिकाका नवनिर्वाचित प्रमुख हुन्– आइतमान तामाङ । नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका तामाङले ११ हजार २ सय ५८ मतदाताको मन जिते । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका बालकृष्ण देउजाले ११ हजार १ सय ६५ मत पाए ।

२०७४ को स्थानीय निर्वाचनमा एमालेले विजय प्राप्त गरेको यस नगरपालिकाको नतिजा उल्टाउन कांग्रेसलाई सहज भने थिएन । किनकी, उक्त निर्वाचनमा कांग्रेसको तर्फबाट उम्मेदवार बनेका तामाङ नै एमालेका डम्बरबहादुर अर्यालसँग १ हजार ६ सय ४५ मतान्तरले पराजित भएका थिए । तर, ५ वर्षमा त्यो मतान्तर घटाएर जित निकाल्नु चानचुने कुरा भने होइन ।

आखिर कसरी सफल भए आइतमान ?

यसका पछाडि केही कारण छन् । त्यसमध्ये राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँगको गठबन्धन पनि एक हो । आइतमानले निर्वाचनका दौरानमा लिएको त्यो बुद्धिमता निर्णयले उनलाई मेलम्ची प्रमुखमा पुर्याउन ठूलो सहयोग गर्यो ।

हामीले उठाएका एजेण्डा र समृद्ध मेलम्ची बनाउने संकल्पलाई नगरबासीले विश्वास गर्नुभयो भन्ने लाग्छ । त्यसैले अब नगरबासीको हितमा काम गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।

साथै, गत निर्वाचनमा पराजय भोगेपनि उनी सधैं मेलम्चीबासीको सुख दुःखका साक्षी बनिरहे । यसैगरी, निर्वाचनका दौरानमा समृद्ध मेलम्चीका विविध संकल्प बोकेर उनी मतदाताका घरदैलोमा पुगे । तिनै योजना र संकल्पमाथि विश्वास गरेर नै जनताले आफूलाई नगर प्रमुखको रुपमा छानेको तामाङ बताउँछन् । ‘विगतको स्थानीय सरकारले सोचेअनुसार जनताको काम गर्न सकेन भन्ने गुनासो नगरबासीको थियो,’ उनले भने, ‘हामीले उठाएका एजेण्डा र समृद्ध मेलम्ची बनाउने संकल्पलाई नगरबासीले विश्वास गर्नुभयो भन्ने लाग्छ । त्यसैले अब नगरबासीको हितमा काम गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।’

केही दिन अघिमात्र नगर प्रमुखका रुपमा पदभार ग्रहण गरेका तामाङले नगरभित्रका ५ जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई डिप्लोमासम्म निःशुल्क इन्जिनियरिङ अध्ययन गराउने निर्णय गरेका छन् । ‘हामीले ५ जना इन्जिनियरिङ, २ जनालाई कृषि प्राविधिक विषयमा निःशुल्क अध्ययन गराउनेछौं,’ उनले भने, ‘पाँच वर्षभित्र विभिन्न क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने हाम्रो लक्ष्य हो ।’

मेलम्ची नगरभित्रका गर्भवती महिलालाई जिल्ला भित्रका स्वास्थ्य संस्थामा आवतजावतका लागि निःशुल्क एम्बुलेन्सको सुविधा उपलब्ध गराउनेछु, काठमाडौं लैजानुपर्ने अवस्थामा एकतर्फी भाडा नगरपालिकाले नै व्यहोर्ने छ ।

यसैगरी, नगरपालिकाले नगरभित्रका गर्भवती महिलालाई अस्पताल आउन र जानका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । ‘मेलम्ची नगरभित्रका गर्भवती महिलालाई जिल्ला भित्रका स्वास्थ्य संस्थामा आवतजावतका लागि निःशुल्क एम्बुलेन्सको सुविधा उपलब्ध गराउनेछु,’ नवनिर्वाचित प्रमुख तामाङ भन्छन्, ‘काठमाडौं लैजानुपर्ने अवस्थामा एकतर्फी भाडा नगरपालिकाले नै व्यहोर्ने छ ।’

मेलम्ची एक पर्यटकीय नगरी पनि हो । यद्यपि, गतवर्षको बाढीका कारण अस्तव्यस्त बनेको मेलम्ची बजार अझै उठ्न सकेको छैन । यसलाई पुरानै अवस्थामा फर्काउने योजना अघि बढाउने तामाङ बताउँछन् । ‘मेलम्चीको पुननिर्माणका लागि नगरपालिकाले डिपीआर तयार गरिसकेको छ त्यसमा केही कुरा अझै थप गर्नुपर्नेछ,’ मेलम्चीको मुहार फेर्ने सन्दर्भमा उनले भने, ‘बाढीबाट क्षतिग्रस्त व्यक्तिगत तथा संस्थागत संरचनाको पुनःस्थापन र मेलम्चीलाई समृद्ध बनाउने खाका कोरिसकेको छु ।’

नगरको समृद्धिका लागि हरेक विषयका विज्ञहरुसँग छलफल गरी कार्यक्रम बनाउनेछु, प्रत्येक मतको मूल्य तिर्नेगरी मेलम्ची नगरको विकास गर्नेछु । मतको अवमूल्यन हुन दिन्न ।

यसका साथै, नगरभित्र शिक्षा, स्वास्थ्य, खानेपानी, पर्यटन, सडक स्तरोन्नतीका लागि डटेर काम गर्ने तामाङको प्रतिवद्धता छ । ‘नगरको समृद्धिका लागि हरेक विषयका विज्ञहरुसँग छलफल गरी कार्यक्रम बनाउनेछु,’ उनले भने, ‘प्रत्येक मतको मूल्य तिर्नेगरी मेलम्ची नगरको विकास गर्नेछु । मतको अवमूल्यन हुन दिन्न ।’

आइतमानको राजनीतिक यात्रा

मेलम्ची नगरपालिका वडा नम्बर ९ साबिक ज्यामिरेमा जन्मिएका तामाङको राजनीतिक यात्रा २०४६ बाट सुरु हुन्छ । नेपाल विद्यार्थी संघ (नेविसंघ)बाट विद्यार्थी राजनीति सुरु गरेका तामाङ २०६७ मा नेपाली कांग्रेस सिन्धुपाल्चोकको जिल्ला सदस्य भए । सोही बेला नगरपालिका घोषणा भयो । तामाङले नेपाली कांग्रेस मेलम्ची नगरपालिकाको सभापतिको जिम्मेवारी पाए ।

२०७२ को तेह्रौं महाधिवेशनबाट सिन्धुपाल्चोक क्षेत्र नम्बर ३ को सभापतिमा निर्वाचित भएका तामाङ समायोजनपछि क्षेत्र नम्बर २ को सभापति पनि बने । २०७४ को स्थानीय निर्वाचनमा मेलम्ची नगरपालिका प्रमुखमा पराजित भएका उनी नेपाली कांग्रेसको १४ महाधिवेशनबाट सिन्धुपाल्चोक क्षेत्र नम्बर २ को सभापतिमा निर्वाचित भए । यसरी राजनीतिमै जीवन समर्पित गरेका तामाङलाई यसपाली मेलम्चीबासीले नगर प्रमुख बनाएका छन् ।

यो पनि…
‘अब धरान उच्च आदर्श, निष्ठा र अनुशासनका साथ जनहितमा समर्पित हुनेछ’
‘पाँच वर्षमा खाँदबारीलाई नमुना नगरपालिकाको रुपमा देशभर चिनाउँछु’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,