English

‘अब धरान उच्च आदर्श, निष्ठा र अनुशासनका साथ जनहितमा समर्पित हुनेछ’



न कुनै राजनीतिक दल । न पैसाको चलखेल । न ठूला भाषण । न गठबन्धन । आफ्नै लयले निर्वाचनमा जनतामाझ थिए, हर्कराज राई (साम्पाङ) । उनको चुनाव चिन्ह थियो, लौरो । यही लौरो चिनाउन र समृद्ध धरान बनाउने सपना बाँड्दै जनताको घर–घर पुगे, उनी । जनताले पनि उनको लौरो दरिलो बनाउन अमूल्य मत दिए, अनि हर्कराज धरान उप–महानगरपालिका प्रमुखमा निर्वाचित भए ।

२० हजार ८ सय २१ मत ल्याई विजयी भएका हर्कका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका किशोर राई १६ हजार ५९ मै सिमित भए । यसअघि यहाँ नेकपा एमालेका तारा सुब्बा २० हजार ९ सय ७५ मतसहित प्रमुखमा विजयी भएका थिए । अहिले हर्कले त्यही हाराहारीमा मत ल्याएर नगर प्रमुख जित्नु कुनै चानचुने कुरा होइन ।

आखिर धरानका मतदाताले हर्कलाई किन पत्याए ? सामाजिक अभियन्ताका रुपमा कहलिएका हर्कराजले मूलधारका राजनीतिक दलले देख्न नसकेको/नचाहेको जनताका मसिना समस्यालाई नजिकबाट नियाले । ती समस्यामा आफूलाई साक्षात्कार गरे । समस्यालाई समाधान गर्न लागिपरे । सरोकारवाला नियकामा बसेकाहरुले सुनुन् भन्दै चोक–चोकमा जनताका समस्या चिच्याउँदै हिँडे । उनले बोलेको सम्बन्धित निकायले नसुनेपनि जनताले भने यसपाली सुुने, अनि दुःख सुखका साक्षी हर्कलाई धरानको प्रमुखमा चुने ।

सधैं जनताकै सेवामा लागिरहेँ अब यसलाई जितायो भने हामीसँगै रहन्छ भन्ने जनतालाई विश्वास लागेर नै मलाई चुन्नुभयो होला, अब उप्रान्त धरान उच्च आदर्श, निष्ठा र अनुशासनका साथ जनहितमा समर्पित भई चल्नेछ ।

खोटाङको खार्तम्छामा २०३९ मा जन्मिएका हर्कले जनसरोकार र समसामयिक मुद्धामा निरन्तर खबरदारी गरिरहे । जनतामा खानेपानीको समस्यादेखि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएको वेथिति नै किन नहोस् । अनि सर्दु उत्खनन्मा भएको अनियमिततादेखि उप–महानगरपालिकाको भ्रष्टाचारविरुद्ध खबरदारी गर्दै आए । उनको आवाजमा जनताले होस्टेमा हैसे गरे । हर्कलाई मिलेको जनताको त्यो साथ निर्वाचनसम्म पनि उस्तै रह्यो । ‘सधैं जनताकै सेवामा लागिरहेँ अब यसलाई जितायो भने हामीसँगै रहन्छ भन्ने जनतालाई विश्वास लागेर नै मलाई चुन्नुभयो होला,’ उनी भन्छन्, ‘अब उप्रान्त धरान उच्च आदर्श, निष्ठा र अनुशासनका साथ जनहितमा समर्पित भई चल्नेछ ।’

१० वर्षयता धरानबासीले भोगिरहेको पानीको समस्या समाधान गर्न सकेमात्र आफू सफल हुने हर्क बताउँछन् । ‘म आफूलाई त्यो दिनमात्र सफल भएको ठान्नेछु जुनदिन मैले १० वर्ष पहिलेदेखि उठाएको खानेपानीको मद्धा किनारा लाग्ने गरी जनतालाई पानी खुवाउन सक्छु,’ उनी भन्दै थिए, ‘चुनाव जित्नुमात्र मेरा लागि सफलताको विषय होइन ।’

अब मेरो जिम्मेवारी बढेको छ, हिजोसम्म म एउटा आन्दोलनकारीको रुपमा जनताको आवाजलाई मुखरित गरेर हिँडेको मान्छे हुँ । बल्ल धरानबासीको चाहना र अपेक्षाअनुसार काम गर्ने ठाउँमा आइपुगेको छु ।

उपमहानगर प्रमुखमा निर्वाचित भएसँगै उनले भने, ‘अब मेरो जिम्मेवारी बढेको छ, हिजोसम्म म एउटा आन्दोलनकारीको रुपमा जनताको आवाजलाई मुखरित गरेर हिँडेको मान्छे हुँ । बल्ल धरानबासीको चाहना र अपेक्षाअनुसार काम गर्ने ठाउँमा आइपुगेको छु ।’

साथै, नगरप्रमुख हर्कले व्यक्तिगत स्वार्थ लिएर आफूकहाँ नआउन पनि आग्रह गरेका छन् । ‘सामाजिक स्वार्थ लिएर आउनुहोला,’ उनले भने, ‘समाजको स्वार्थ नै साझा हित हो । सबैलाई निष्पक्ष र न्यायोचित व्यवहार नै मेरो विशेषता हो ।’

जनता हितलाई सर्वोपरी राखी आन्दोलन भने जारी रहने उनी सुनाउँछन् । ‘मेरो भूमिका र शैली परिवर्तन भएको मात्र हो म सदैव जनताकै पक्षमा लडिरहेको हुनेछु,’ हर्कको अठोट छ ।

यो पनि…
‘अब धनगढीले कसैको कार्यकर्ता पाल्नुपर्दैन, न्यायपूर्ण विकास हुन्छ’
‘पाँच वर्षमा खाँदबारीलाई नमुना नगरपालिकाको रुपमा देशभर चिनाउँछु’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती

उत्तरमा चुरेपहाड, दक्षिणमा तराईको समथर फाँट । पूर्वमा बबई नदी पश्चिममा बग्ने सङ्लो कर्णालीको चिसो पानी । र बीचमा हरियाली