‘अब धनगढीले कसैको कार्यकर्ता पाल्नुपर्दैन, न्यायपूर्ण विकास हुन्छ’
धनगढीमा एउटा परिचित नाम छ । त्यो हो ‘गोपी दाई’ । अब गोपी दाई धनगढीमामात्र होइन, देशभर परिचित भइसकेका छन् । ठूलो साहसलाई सफलतामा परिणत गरेका गोपाल हमाल उर्फ ‘गोपी दाई’ धनगढी उप–महानगरपालिकाको प्रमुख पदमा विजयी भएसँगै उनलाई बधाई तथा शुभकामनाको ओइरो लागेको छ ।
नलागोस् पनि किन ? स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हमालले मुलधारका राजनीतिकका उम्मेदवारलाई पराजयको बाटोमा पुर्याए ।
आँप चुनाव चिन्ह पाएका उनले कुल खसेको ६३ हजार ७ सय १५ मतमध्ये २६ हजार ८ सय ६५ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी निर्वतमान मेयर नेपाली कांग्रेसका नृपबहादुर ओड १४ हजार ८ सय १७ मतमै सिमित भए ।
गठबन्धनको समेत साथ पाएका ओडका अघि यसपाली हमालले कमाल गरेकै हुन् । किनभने २०७४ सालमा भएको स्थानीय निर्वाचनमा कांग्रेसका ओडसँग उनी २ हजार ७ सय ९८ मतान्तरले पराजित बनेका थिए । यद्यपि, हमालले त्यतिबेलाको बदला अहिले लिएका छन् ।
नगरप्रमुखमा विजेता बनेसँगै हमालले ‘हाम्रो धनगढी हामी बनाउँछौं’ अभियानलाई मुर्त रुप दिने बताए । साथै, निर्वाचन अघि प्रतिवद्धता गरेका सबै कुराहरुलाई पूर्ण कार्यान्वयन गर्नेमा उनी प्रतिवद्ध छन् ।
धनगढी बासीले मलाई मेयर बनाउनुभयो अब ५ वर्ष धनगढीको विकासमा केन्द्रीत हुनेछु,’ उनले भने, ‘अब धनगढीले कसैको कार्यकर्ता पाल्नुपर्दैन, न्यायपूर्ण विकास हुन्छ ।
धनगढीलाई भ्रष्टाचारमुक्त बनाउने, बेरुजू शून्यमा झार्ने, विकास बजेटको खर्च नहुने परिपाटीको अन्त्य गर्ने, घरघरमै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने, फोहोरमैला व्यवस्थापनको वैज्ञानिक विधि अपनाउने उनको योजना छ । त्यसैगरी, धनगढीलाई सुन्दर र हराभरा बनाउने, पार्किङ र खेल मैदानको व्यवस्था गर्ने, साइकल लेनको निर्माण गर्ने उनले बताए । ‘धनगढी बासीले मलाई मेयर बनाउनुभयो अब ५ वर्ष धनगढीको विकासमा केन्द्रीत हुनेछु,’ उनले भने, ‘अब धनगढीले कसैको कार्यकर्ता पाल्नुपर्दैन, न्यायपूर्ण विकास हुन्छ ।’
यसैगरी उनले आगामी ५ वर्षसम्म उपमहानगरपालिकाबाट कुनै पनि सेवा सुविधा नलिने घोषणासमेत गरेका छन् ।
को हुन् हमाल ?
हक्की स्वभाव, स्पष्ट वक्ताको छबी बनाएका हमाल एक सामाजिक अभियन्ता हुन् । २०६४ सालमा कैलाली उद्योग वाणिज्य संघको अध्यक्ष बनेका हमालको सामाजिक प्रतिष्ठा त्यतिबेलैबाट चुलिएको हो । त्यतिबेला संघको अध्यक्षको हैसियतमा उनले चलाएको ‘सुन्दर सुदुरपश्चिम’ अभियानले उनलाई एकाएक चर्चामा ल्यायो ।
यसैगरी, धनगढी विमानस्थलका लागि ‘एक पैसा अभियान’ चलाएका हमालले विभिन्न संघसंस्थामा आवद्ध भएर काम गर्नेक्रममा हमालमा राजनीतिक चेत पलायो ।

२०७४ को स्थानीय निर्वाचनमा पनि धनगढी उपमहागरको प्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिए । त्यतिबेला पराजित भएपनि जनताको सेवामा निरन्तर लागिपरे । यहीक्रममा उनी विवेकशील साझा पार्टीमा आवद्ध भए । २०७४ साउन २८ गते विवेकशील साझाले उनलाई सुदूरपश्चिम संयोजक बनायो । यद्यपि, उनले गत फागुनमा पार्टीबाट राजीनामा दिएका थिए ।
तैपनि उनी जनताको सेवा र सामाजिक हितमा भने लागिरहेका नै थिए । त्यसैको आशिर्वादस्वरुप जनताले उनलाई धनगढी उपमहानगरपालिकाको प्रमुख बनाए । त्यसो त अबका दिनमा जनताको सेवा गर्न र मन जित्न पार्टीको झण्डा बोक्नैपर्छ भन्ने सिद्धान्तले काम नगर्ने हमालको विजयले छर्लङ्ग पार्छ ।
यो पनि…
‘पाँच वर्षमा खाँदबारीलाई नमुना नगरपालिकाको रुपमा देशभर चिनाउँछु’
‘जनताको पसिना र सिपलाई विकाससँग जोड्नेछु’
Elvis full movie
In case you have some leisure time in your lifetime, video could possibly be what you must fill it. There are various youtube trailer to choose from, so you are certain to find one which meets your needs. Remember the ideas with this article so you make the most of your movie review.