English

‘जनताको पसिना र सिपलाई विकाससँग जोड्नेछु’



बर्दियास्थित बारबर्दिया नगरपालिकाका प्रमुख हुन्– छबिलाल थारू । हालै सम्पन्न स्थानीय तह निर्वाचनबाट निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का पदमप्रसाद ढकाललाई झण्डै ३ सय मतले पछि पार्दै नगर प्रमुखमा निर्वाचित भएका छबिलाल पेसाले अधिवक्तासमेत हुन् ।

छबिलालले १३ हजार ६ जना मतदाताको आशिर्वादबाट नगर प्रमुखमा आफूलाई सुरक्षित राखे भने एमालेका ढकाल १० हजार ३ सय ५१ मतमा सिमित बने ।

२०७४ को स्थानीय निर्वाचनको आँकडाले यसपाली बारबर्दियाका मददाताले मतदानमा विवेक प्रयोग गरेको देखिन्छ । किनकी २०७४ मा भएको निर्वाचनबाट प्रमुख पद जितेको यतिबेला तेस्रो स्थानमा छ । र, ०७४ को निर्वाचनमा तेस्रो स्थानको मत प्राप्त गरेको पार्टी अहिले प्रथम बन्यो । यो नगरपालिकामा २०७४ सालको निर्वाचनमा माओवादी केन्द्रका दुर्गाबहादुर थारु ११ हजार ४२ मतले विजयी भएका थिए । त्यतिबेला नेकपा एमाले दोस्रो र नेपाली कांग्रेसले तेस्रो मत पाएको थियो । यद्यपि, यसवर्षको स्थानीय निर्वाचनमा माओवादी केन्द्रका दशरथ अगलपथ थारुले ९ हजार १ सय ९ मत प्राप्त गर्दै तेस्रो स्थानमा सिमित भए ।

आखिर, तेस्रो स्थानमा रहेको कांग्रेसले कसरी मतदाताको मन जित्यो ? विशेषरी थारुहरुको वस्ती रहेको यो नगरपालिकामा अन्य दलका उम्मेदवारको तुलनामा छबिलालको छबी उच्च हुनु प्रमुख कारण हो । यसका साथै, छबिलालले निर्वाचनका दौरानमा व्यक्त गरेका प्रतिवद्धताले पनि युवा र शिक्षित मतदाताको मत लिन सघायो ।

नगरप्रमुखमा पदभार ग्रहण गरेसँगै छबिलाल आफ्नो प्रतिवद्धता पुरा गर्ने खाका तयार गर्दैछन् । जसमा विकासका लागि सँग–सँगै युवा, एक वार्ड एक उत्पादनदेखि किसनासँग मेयरजस्ता कार्यक्रमलाई प्रभावकारी ढंगले अघि बढाउन प्रतिवद्ध रहेको उनी बताउँछन् ।

पसिना र सिपलाई विकाससँग जोड्ने उद्धेश्यले विकासका लागि सँगसँगै युवा परियोजना लागू गर्नेछु, कृषि क्षेत्रको उत्पादन सम्भाव्यताको आधारमा पकेट एरिया घोषणा गरी एक वार्ड एक उत्पादन कार्यक्रम पनि सञ्चालन गर्नेछु ।

‘पसिना र सिपलाई विकाससँग जोड्ने उद्धेश्यले विकासका लागि सँगसँगै युवा परियोजना लागू गर्नेछु,’ उनी भन्दै थिए, ‘कृषि क्षेत्रको उत्पादन सम्भाव्यताको आधारमा पकेट एरिया घोषणा गरी एक वार्ड एक उत्पादन कार्यक्रम पनि सञ्चालन गर्नेछु ।’

त्यसैगरी, नगरभित्रका श्रीमान नभएका/बेपत्ता पारिएका तर एकल महिलाको कानुनी मान्यता पाउन नसकेका बादी र अन्य समुदायका महिलाहरुको क्षमता अभिवृद्धिका लागि विशेष खालको कार्यक्रम सञ्चालन गर्ने उनको योजना छ ।

थारू समाजमा आफ्नै परम्परागत नेतृत्व पद्धति बडघर प्रथालाई निरन्तरता दिइ यसलाई थप समृद्ध र परिस्कृत गर्दै लैजाने उनी बताउँछन् ।

त्यस्तै, कृषि तथा पशुजन्य उत्पादनको सरकारी दर रेटमा बजारीकरणको ग्यारेन्टी तथा लगानी सरक्षाको पूर्ण प्रत्याभूत हुने गरी किसानसँग मेयर कार्यक्रम सञ्चालन गर्ने नगरप्रमुख थारूको योजना छन् ।

यो पनि…
‘पाँच वर्षमा खाँदबारीलाई नमुना नगरपालिकाको रुपमा देशभर चिनाउँछु’
‘हामीले राजनीतिलाई जनताको सेवामा परिणत गर्यौं, जनताले हामीलाई विश्वास गर्नुभयो’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest










Popular
Suggested