English

त्यो उम्मेदवार जसले अरूको मत पनि पाएनन्, आफ्नो मत पनि हराए



दलबाट होस्, या स्वतन्त्र उम्मेदवार । चुनावमा उठेपछि सबैको एउटै लक्ष्य हुन्छ, ‘जित’ । भनिन्छ, ‘युद्धपछि मान्छेले जित प्राप्तिका लागि हरेक तिक्डम अपनाउने भनेको चुनावमा नै हो ।’

तर, गोरखामा गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर ३ मा भने यसको ठिक उल्टो भएको छ । वडा अध्यक्ष पदमा स्वतन्त्र उमेदवारी दिएका हिरा बहादुर रेग्मीले जित्नका लागि अनेक तिक्डम अपनाउनु त परको कुरा आफैंले आफैंलाई समेत मतदान गरेनन् ।

रेग्मी नेकपा माओवादी केन्द्रमा क्रियाशील थिए । माओवादी केन्द्रबाट उनी वडाध्यक्ष पदको आकांक्षी थिए । तर, पार्टीले टिकट नदिएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । ‘पुतली’ चुनाव चिह्न लिएर उनी चुनावी मैदानमा होमिएका थिए ।

यस वडामा १९०५ मत खसेको थियो । अन्तिम मतपरिणाम सार्वजनिक हुुँदासम्म पनि रेग्मीले १ मत समेत प्राप्त गरेनन् ।

निर्वाचन अधिकृत कार्यालयका अनुसार उनले मतगणना गर्दा आफू पनि उपस्थित भएनन् र प्रतिनिधि पनि पठाएका थिएनन् ।

यो पनि…
मतदानमा प्रधानमन्त्रीदेखि उम्मेदवारसम्म
कुन नेताले कहाँबाट दिदैछन् मत ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,