English

मतदानमा प्रधानमन्त्रीदेखि उम्मेदवारसम्म



प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेका छन् । कांग्रेस सभापतिसमेत रहेका देउवाले गन्यापधुरा गाउँपालिकाको रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्र ‘ख’ बाट मतदान गरेका हुन् ।

मतदानका लागि प्रधानमन्त्री देउवा शुक्रबार बिहानै धनगढीबाट डडेल्धुरा पुगेका थिए ।

पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेका छन् । भक्तपुरको सूर्यविनायक–२ स्थित महेन्द्र शान्ति माविबाट मतदान गरेका हुन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चितवनबाट मतदान गरेका छन् ।

प्रचण्डले भरतपुर १४ स्थित नेपाल पुलिस स्कुल शान्तिपुरबाट मतदान गरेका छन् । उनले बुथ नम्बर ञकझ बाट मतदान गरेका हुन् । उनले पहिलो मतदान गरेपछी मतदान कार्य सुरु भएको हो ।

यहाँ २ वटा मतदान केन्द्र छन जसमा जम्मा १६७८ मतदाता रहेका छन ।

नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले मतदान गरेका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले रौतहटको गौर नगरपालिका–१ को मतदान केन्द्रबाट मतदान गरेका हुन् ।उनले गौर १, भन्सार बजार नजिक रहेको कन्या प्राथमिक विद्यालय मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पनि मतदान गरेका छन् । उनले गोरखाको पालुङटार नगरपालिका १ स्थित अन्नपूर्ण माविको मतदान केन्द्रमा गएर मतदान गरेका हुन् ।

स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–४ कुविण्डेस्थित सेतीदेवी पञ्चकन्या माध्यामिक विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गरेको उनका प्रेस संयोजक श्रीधर न्यौपानेले बताए ।

स्थानीय तह निर्वाचनमा मदतान गर्न सभामुख अग्निप्रसाद सापकोटा हिजोनै गृहनगर आइपुगेका थिए । उनी चौतारा साँगाचोकगढी नगरपालिका–५ कुविण्डेका मतदाता हुन् । सभामुख सापकोटाले उक्त केन्द्रबाट पहिलो मत खसालेका छन् ।

सभामुख सापकोटाका भाइ कृष्णप्रसाद सापकोटा चौतारा नगरमा प्रमुखको उम्मेदवार छन् । उनी माओवादी–एकीकृत समाजवादी गठबन्धनको तर्फबाट उम्मेदवार बनेका हुन् ।

गृहमन्त्री बालकृष्ण खाणले मतदान गरेका छन् । उनले रुपन्देहीको तिलोत्तमा नगरपालिका –८ ज्योति मावि ज्योतिनगर मतदान केन्द्रमा मतदान गरेका हुन् ।

उनी मतदानतका लागि बिहीबार नै पुगेका उनको प्रेस सल्लाहकार मधुसुधन भट्टराईले जानकारी दिए ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले मतदान गरेका छन् । झापाको हल्दिबारी गाउँपालिकां–१ को कार्यालय रहेको केन्द्रबाट उनले मतदान गरेका हुन् ।

देशभर शुक्रबार बिहान ७ बाट स्थानीय तह निर्वाचन भइरहेको छ ।

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मतदान गरेका छन् । उनले नेपाल युवक मावि पक्नाजोलमा मतदान गरेका हुन् ।

उनीसँगै उनकी श्रीमती तथा काठमाडौं महानगरपालिकाको मेयरकी उम्मेदवार सिर्जना सिंहले पनि सोही मतदान केन्द्रबाट मतदान गरेकी छिन् ।

एमाले उपाध्यक्ष विष्णु पौडेलले मतदान गरेका हुन् । उनले बुटवलस्थित डिभिजन सडक कार्यालयमा रहेको मतदान केन्द्रमा मतदान गरेका हुन् ।

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मतदान गरेका छन् । उनले गृहजिल्ला झापाबाट मतदान गरेका हुन् ।
महामन्त्री शर्मा मेचीनगरबासी हुन् । उनले मेचीनगर–९ स्थित कविशिरोमणि मावि मतदान केन्द्रबाट मतदान गरे ।

काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार बालेन्द्र शाह (बालेन शाह) ले मतदान गरेका छन् । बिहान ठिक ११ बजे उनले सिनामंगलस्थित अन्नपूर्ण इंग्लिस स्कुलमा पुगेर उनले मतदान गरेका हुन् ।

अन्य उम्मेदवारहरू तथा नेताहरूले बिहानै मतदान गरेपनि शाहले ढिला गरी मतदान गरेका हुन् । काठमाडौं महानगरमा उनका अन्य प्रतिस्पर्धीले यसअघि नै मतदान गरिसकेका छन् । उनले भने बिहान ११ बजेको समयमा मतदान गरेका हुन् । मत हाल्नुअघि मतदान केन्द्रमा रहेका अन्य मतदाताहरूसँग उनले कुराकानीसमेत गरेका थिए ।

एमालेबाट मेयर पदमा उम्मेदवारी दिएका केशव स्थापितले काठमाडौं–२८ बागबजारस्थित मतदानस्थलबाट बिहान ७ बजेपछि मतदान गरेका हुन् । स्थापितले मतदान सुरु भएलगत्तै मत दिएका हुन् ।

भरतपुर महानगरपालिका मेयरका उम्मेदवार रेणु दाहालले मतदान गरेकी छन् । दाहालले भरतपुर–१४ स्थित आधारभुत विद्यालय सुन्दरवस्तीबाट मतदान गरेकि हुन् ।

विवेकशील साझा पार्टीको काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवार समीक्षा बास्कोटाले मतदान गरेकी छिन् । काठमाडौं मध्य बानेश्वरस्थित भ्याली भ्यु स्कुल केन्द्रबाट मतदान गरेकी हुन् ।

काठमाडौं महानगरपालिकामा विवेकशील साझाबाट मेयर र उपमेयरमा महिला उम्मेदवार छन् ।

एमालेबाट हेटौंडा उपमहानगरपालिकाको मेयरको उम्मेदवार अनन्त पौडेलले मतदान गरेका छन् । उनले हेटौंडा–९ स्थित प्रगति माध्यामिक विद्यालयबा मतदान गरेका हुन् । उनी संविधानसभा सदस्य समेत रहेका थिए ।

राप्रपा नेपाल अध्यक्ष कमल थापाले हेटौंडा उपमहानगरपालिका ६ स्थित बंशगोपाल उच्च माविमा रहेको मतदान केन्द्र्रबाट मतदान गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका वरिष्ठ नेता दिपक बोहराले रुपन्देहीको सिद्धाथर्गनगर– ३ बाट मतदान गरेका छन् ।

पूर्वस्वास्थ्य मन्त्री समेत रहेका नेता बोहराले सिद्धार्थनगर ३ स्थित खजहना माविको मतदान केन्द्रबाट मतदान गरेका हुन् । बिहान ७ बजेबाट सुरु भएको मतदान कार्यक्रममा सहभागी हुन नेता बोहरा बिहीबार गृह जिल्ला आएका थिए । ७ बजेर ५ मिनेटमा उनले मतदान गरेका हुन ।

यो पनि…
नेपाल निर्वाचनः मध्यरातदेखि मौन अवधि सुरु– के गर्न पाइन्छ, के गर्न पाइँदैन
मतदाता शिक्षा : लोकदोहोरीदेखि भजनसम्म



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,