English

प्रचण्डको रोजाइमा शर्मा, पुन वा अरु कोही ?



पदाधिकारी चयनको बिषय नेकपा माओवादी केन्द्रमा सकस पुर्ण भएको छ ।

विशेषगरी महासचिवमा कसलाई ल्याउने भन्ने बिषयमा निर्णय गर्न नसक्दा पदाधिकारी चयन चुनौतीपूर्ण बनेको हो ।

महासचिवमा बर्षमान पुन र जनार्दन शर्मा दुवैले दावेदारी गरेपछि माओवादी केन्द्रमा पदाधिकारी चयनको बिषय पेचिलो बनेको हो । परिणाम, गत पुसमा महाधिवेसन सम्पन्न गरेको माओवादीले ६ महिना नाघिसक्दा पनि पदाधिकारी टुंगो लगाउन सकेको छैन ।

सहमतिका आधारमा महासचिवलगायत अन्य बिषय टुंगो लगाउने प्रयास गरे पनि पुन र शर्मा दुवैले दावेदारी कायम राखे पछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ थप दबाबमा परेका छन ।

अलिकति गृहकार्य पुगेको छैन । सबैको अनुहार उज्यालो बनाउन २–४ दिनको समय दिनुस् ।

बिहीबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पदाधिकारी चयन गर्न गृहकार्य पुगेको भन्दै केन्द्रीय सदस्यहरुसँग समय माग गरे । प्रज्ञा प्रतिष्ठान, कमलादीमा केन्द्रीय समितिको बिहीबारको बैठकमा प्रचण्डले भने, ‘अलिकति गृहकार्य पुगेको छैन । सबैको अनुहार उज्यालो बनाउन २–४ दिनको समय दिनुस् ।’

केन्द्रीय समिति, पोलिटब्यूरो र स्थायी कमिटी टुंगो लगाएको भन्दै उनले पदाधिकारीमा पनि ठूलो समस्या नरहेको बताएका थिए ।

केन्द्रीय समिति बैठकले माओवादी केन्द्रको १५६ सदस्यीय पोलिट्ब्यूरो र ४१ सदस्यीय स्थायी समिति टुंगो लगाइसकेको छ ।

महासचिवमा महासंग्राम

नेतृत्वमा आफूबाहेक अरु कोही स्थापित भएको हेर्नै नसक्ने प्रचण्डले माओवादी केन्द्रमा प्रभावशाली मानिइने महासचिव मनोनयनमा किन अलमल गरिरहेका छन् ?

प्रचण्डका सारथी भनिएका शर्मा र पुन माओवादी युद्धमार्फत आफूलाई स्थापित गरेका नेता हुन् । महासचिव पदका आकाक्षीं यी दुवैबीचको सम्बन्ध पनि सुमधुर छैन । यही कडीलाई प्रचण्डले समातेका छन् । प्रचण्डले दुवैलाई पटक पटक सत्ताको स्वाद चखाएका छन् । तर दुबैलाई समदुरीमा राख्दै ‘उपयोगवादी राजनीति’ पनि गरिरहेका छन् । फुटबल खेलाए जसरी दुवैलाई खेलाएका छन्,प्रचण्डले । कहिले शर्माप्रति लगाव अलिक बेसी देखिन्छ प्रचण्डको भने कहिले पुनतिर ।

माओवादी केन्द्रमा अध्यक्षपछि महासचिव शक्तिशाली पद हो । यो पदका लागि शर्मा र पुन नै प्रमुख दावेदार मानिएका छन् । महासचिवको हैसियत प्राप्त गर्न सकेको खण्डमा नेतृत्वको ढोका चाँडो खुल्न सक्छ भन्ने शर्मा र पुनको बुझाइ स्वभाविक पनि हो । यसैले माओवादी केन्द्रभित्र शर्मा र पुनले आ–आफ्ना गुट चलाइरहेका छन् । तर यो बेग्लै कुरा हो कि महासचिव पदका लागि प्रचण्डको गोजीबाट कसको नाम निस्किन्छ,उसैले यो राजनीतिक बाजी जित्ने छ ।

महरा पनि मैदानमा

राजनीतिका चतुर खेलाडी प्रचण्डले जे पनि गर्न सक्छन् । शर्मा र पुनको बढ्दो राजनीतिक महत्वाकांक्षामा ब्रेक लगाउन उनले महासचिवका रुपमा कृष्णबहादुर महरालाई अघि ल्याएमा कुनै आश्चर्य हुने छैन । आफूभन्दा सिनियर महरालाई महासचिव बनाए शर्मा र पुनसँग हिस्स पर्नुबाहेक अर्को विकल्प बाँकी रहन्न ।
आखिर प्रचण्ड न हुन् जसको मन्त्र नै छ, ‘भद्रगोलमै गोल गर्नुपर्छ ।’

यो पनि…
माफ गर्न नसकिने अर्थमन्त्रीको अमर्यादित हर्कत
जघन्य अपराध गर्ने अर्थमन्त्रीको आँट



...
Alison

Xxx warm teensSex stories gladiatorNaked lalita girlsForce blowjob clips trailersMass orgy partiesAsian girls extreme squirting orgasmsSaginaw stripperViolent homosexual activist gropus xnxx Two thumb ringsVintage buses for hireAsian journal physicsYoung porn homeCharmaine star threesome mpegsAdult entertainer fort lauderdaleAmateur boob showLas vegas escort tv ts paulinaSlut guys https://xxxxvideos.cc/ Make my pussy hugeJanace dickenson nudeStriped seed beadsFree naked amateur galleryChipotle corprate offices in virginPreg nude gSexual assault on men xnxx Escort services bergenWith breast impantsEscorts sydney 121Nude shy girlsHuge tit midget intercourseWorlds biggest breast pornBabyface xxxVirgin mobile phones canadaHigh class bondage thumbsNavajo vintage belt bucklesJuri nudePo ish nudes Here is my blog post :: web page

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको आयोजनामा ‘साथी राइड’को शुभारम्भ तथा बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

Latest










Popular
Suggested