English

अब अर्थ सचिवको राजीनामा कहिले ?



अर्थ सचिव मधुकुमार मरासिनी त्यतिबेला बिदामा बसे जतिबेला छापामार शैलीमा काम गरेका कारण बदनाम बनेका अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिने संकेत पाए ।

अर्थमन्त्री शर्मामाथि राजीनामा दिन नागरिक समाज, प्रतिपक्ष र सत्तारुढ दलबाटै तीव्र दबाब परेको आभास हुनासाथ अर्थ सचिव आज (बुधवार)देखि अनिश्चित समयका लागि बिदा बसे ।

अर्थमन्त्री शर्मालाई ‘मन्त्री पदबाट नहटाएसम्म मन्त्रालय नै नआउने’ उनको जिकिर छ । आखिर उनले भनेजस्तै भयो, आज बुधवार अर्थमन्त्री शर्माले राजीनामा दिए ।

गभर्नरसँगको लफडादेखि बजेट निर्माण लगायतका बिषयमा अर्थमन्त्री शर्मा विवादमा पर्दै आए पनि अर्थसचिव मरासिनी चुपचाप देखिएका थिए ।

बजेट घोषणाको अघिल्लो रात अर्थात जेठ १४ मा निश्चित व्यापारीको स्वार्थमा काम गर्ने गरि विचौलियालाई मन्त्रालयमा प्रवेश गराएर करका दर हेरफेर गरेको आरोप अर्थमन्त्रालयमाथि लाग्दै आएको छ । प्रमाणको रुपमा रहेको सीसीटीभी फुटेज पनि लुकाइयो । फुटेज सार्वजनिक गर्ने हिम्मत मन्त्रालयले गर्न सकेन ।

तर, प्रश्न यो केवल अर्थमन्त्रीसँग मात्र जोडिएको बिषय होइन । अर्थमन्त्री शर्माले मन्त्रालयमा रहेर यो एक बर्षमा जुन–जुन शिर्षकका जति अपराधकर्महरु गरे त्यसले उनले राजीनामा दिएरमात्र उम्किन पाउँदैनन् । उनले कठोर दण्ड पाउनै पर्छ ।

तर, के अर्थमन्त्रीले मन्त्रालयसँग जोडिएको जुन–जुन काममा कहिल्यै बिर्सन नसकिने विवादित हर्कतहरु गरे त्यसमा अर्थसचिवका हैसियतले मरासिनी ‘किनाराका साक्षी’ कहिल्यै रहेनन् ? यदि रहेनन् भने उनले बेलैमा यसबारे किन बोलेनन् ? अर्थमन्त्रीको यावत पापकर्ममा आफ्नो संलग्नता नरहेको भनेर उनले कहिले भने ?

दुई बर्षअघि नै सचिवमा बढुवा भएका मरासिनीको अर्थ मन्त्रालयको बजेट, योजना निर्माण तथा वैदेशिक सहायता समन्वय क्षेत्रमा लामो अनुभव छ । मन्त्रालयको कामकार्वाहीबारे उनी जानकार नहुने कुरै भएन ।

अर्थ मन्त्रालयका तत्कालिन सचिव शिशिरकुमार ढुंगानालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरेसँगै १७ साउन ०७८ मा मरासिनीलाई ल्याइएको हो । मरासिनीलाई अर्थ सचिवमा नियुक्त गर्नुभन्दा १२ दिन अघि शर्मा अर्थमन्त्री नियुक्त भएका थिए । अर्थात् शर्मा र मरासिनीको जोडीले विगत एक बर्षदेखि अर्थ मन्त्रालय सँग–सँगै हाँक्दै आएका थिए ।

यो एक बर्षमा अर्थमन्त्रालयमा धेरै नराम्रा कुरा भए ।

अर्थमन्त्रालयले बजेटमा करका दर परिवर्तन गर्ने क्रममा आयातित तयारी सेनिटरी प्याडमा लाग्ने भन्सार दर ९० प्रतिशत घटाएर स्वदेशी उद्योगले आयात गर्ने कच्चा पदार्थमा ३० प्रतिशत भन्सार शुल्क तोक्यो ।

परिणाम आयातित उत्पादन सस्तो र घरेलु उत्पादन अति महँगो भयो । नेपाली लगानी र रोजगारी भँड्खालोमा गयो । यो ‘पापकर्म’ बाट राजिना दिएरमात्र अर्थमन्त्रीले मुक्ति पाउँदैनन् भने अर्थ सचिवले किन उन्मुक्ती पाउलान् ? मन्त्रीसँगै सचिव पनि यसमा दोषी होइनन् ?

अछामको बान्नीगढी जयगढका पृथ्वीबहादुर शाह र उनको परिवारका नाममा अमेरिकाबाट आएको शंकास्पद ठूलो रकम नेपाल राष्ट्र बैंकले रोक्का गरिदिएपछि छुटाउन अर्थ मन्त्रालयबाट भएका पहल कसैबाट लुकेको छैन । तर, राष्ट्र बैंकले कालो धनलाई छुटाउन ‘हरियो झण्डा’ नदेखाइदिँदा परिणाम के भयो ? सबैका सामु छर्लङ्ग छ ।

मन्त्रालयले गभर्नर महाप्रसाद अधिकारीसँग व्यक्तिगत प्रतिशोध लियो । उनलाई पदबाट हटाइयो । राष्ट्र बैंकको स्वायत्तता माथिको हस्तक्षेप गर्ने यो ‘पापकर्म’ मा अर्थ सचिव मरासिनी किन चुपचाप रहे ? यो बेग्लै कुरा हो कि गभर्नर अधिकारी सर्वोच्च अदालतको अन्तरिम आदेशपछि पुनर्बहाली भए । अर्थ मन्त्रालय हेरेको हेरै भयो ।

‘इन्धन प्रतिस्थापन गर्दै वातावरण प्रदूषण कम गर्ने’ नीति सरकारले नै अघि सारेको छ । तर, अर्थ मन्त्रालय उल्टो बाटो हिड्यो । मन्त्रालयले विद्युतीय सवारीसाधनको दर बढायो बजेटमार्फत । बजेटले १ सय किलोवाटभन्दा बढीका विद्युतीय सवारी साधनलाई निरुत्साहित गर्ने नीति लियो ।

अर्थ मन्त्रालयले फलामे छड, जस्तापाताजस्ता सामग्री उत्पादनका लागि कच्चा पदार्थका रूपमा प्रयोग हुने स्पन्ज आइरन र स्क्रप आयातमा भन्सार शुल्क छुट दियो । यसले सीमित ठूला उद्योगी मालामाल भए । साना उद्योगहरु मारमा परे  । यो सब कसको स्वार्थमा भयो ? के यसबारे अर्थ सचिव जानकार थिएनन् ?

जेठ १४ को मध्यरातमा विचौलियालाई अर्थ मन्त्रालयभित्र हुलेर करका दर नै हेरफेर गरेको बारे के अर्थ सचिवलाई थाहै थिएन ? सीसीटीभी फुटेज नै डिलिट भइसकेको गैरजिम्मेवार जवाफ दिने अर्थ मन्त्रालयको सचिव मरासिनी होइनन् ?

अर्थमन्त्री शर्माले यो हदसम्मको ‘आर्थिक पापकर्म’ गर्दा अर्थ सचिवका हैसियतले कहिले एक शब्द नबोलेका अर्थ सचिव पनि यो आर्थिक अपराधमा अर्थमन्त्री जत्तिकै जिम्मेवार छन् ।

अर्थमन्त्री शर्मामाथिको प्रहार तिब्र बन्न थालेलगत्तै ‘पानीमाथिको ओभानो’ बन्ने ‘मरासिनी मन्त्र’ को अब कुनै अर्थ छैन । अर्थमन्त्रीको राजिनामासंगै अब पालो अर्थसचिवकै हो । मरासिनीलाई फेरि अर्थमन्त्रालयको बागडोर सुम्पनु अर्को बिडम्बना हुनेछ ।

‘दुधको साक्षी बिरालो’ बनेर अर्थमन्त्रीको बदमासीमा रातो मसी धस्काउँदै अर्थ सचिवले अर्थमन्त्रालयमा यो एक बर्षसम्म जति अनर्थ कामहरु गरेका छन् त्यसबाट अर्थमन्त्रीले राजिनामा दिएर प्रारम्भिक दण्ड त भोगे अब अर्थसचिव पनि दण्डित हुनैपर्छ ।

यो पनि…
नत्र यो सरकारलाई ‘नालायक’ भनिनेछ
कलाले सत्ता हल्लाउने सामर्थ्य राख्छ



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,