English

प्रतिकिलो आँपको मूल्य चार लाख



यति बेला आँपको सिजन चलिरहेको छ, हरेक बजारमा होस् वा सडक छेउमा आँप बिक्री भइरहेको देखिन्छ । आँपको सिजनमा यसको मूल्य महँगो पनि हुँदैन । तर आज हामी तपाईलाई एउटा यस्तो आँपको बारेमा बताउन गइरहेका छौँ, जसको मूल्य सुनेर तपाईंले अचम्म मान्नु हुनेछ । यद्यपि यो आँप नेपालमा भने पाइँदैन । यो आँप जापानमा पाइन्छ। जसको मूल्य करिब ४ लाख रुपैयाँ रहेको छ । अहिले यो आँप भारतमा पनि फलाउन थालिएको छ । यो आँप जबलपुरको एउटा बगैँचामा उब्जाउने गरिन्छ ।

यो आँपको नाम ‘ताइयो नो तामागो’ हो, यसको मूल्य प्रतिकिलो ४ लाख रुपैयाँ छ । जापानको मियाजाकी प्रान्तमा उत्पादन हुने यो विशेष प्रजातिको आँपलाई ‘एग अफ द सन’ पनि भनिन्छ। भारतमा, जबलपुर, चारगवान रोडमा रहेको सङ्कल्प परिहार र रानी परिहारको बगैँचामा यसको खेती गरिएको छ। दम्पतीको बगैँचामा १४ थरीका आँप फलाइन्छ । तीमध्ये केही ताइयो नो तामागोका पनि रुख छन् र विगत चार वर्षदेखि फल फलिरहेका छन् ।

यसलाई उब्जाउमा धेरै ध्यान दिइन्छ । जापानी किसानहरूले प्रत्येक आँपलाई एउटा सानो जालले घेरेका छन्, जसले सूर्यको किरणले यसलाई एकसमान, रूबी–रातो रङ्ग दिन्छ र फललाई रूखबाट तल खस्न दिँदैन। आँप पुरै पाकेर तयार भएपछि आफ्नै आँपको जालमा फस्छन्, जसलाई निकालेर महँगोमा बेचिन्छन्। यो आँप खान निकै मिठो हुन्छ ।

यो आँपको खेती अन्य जातजस्तै सोचविचार नगरी हुँदैन तर अर्डर अनुसार मात्र खेती गरिन्छ । यो आँपको विशेषता भनेको आधा रातो र आधा पहेँलो रङ्गको हुन्छ । जापानमा, यो गर्मी र जाडो बीचको मौसममा तयार गरिन्छ ।

यो पनि…
इन्टरनेटमा सर्वाधिक खोजिने गाउँ
एउटा रहस्यमय रुख



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested