३७ दिनभित्र ४ पटक विवाह !



ताइवानमा विवाह र सम्बन्ध बिच्छेदसँग जोडिएको एक घटना सार्वजनिक भएको छ, जसको बारेमा जानेर तपाई हैरान बन्नुहुनेछ । त्यहाँका एक बैंककर्मीले ३७ दिनभित्र एकै महिलासँग ४ पटक विवाह गरेका छन् भने तीन पटक सम्बन्ध बिच्छेद गरेका छन् । यो बारेमा मामिला कोर्टमा पुगेपछि मात्रै सबैले घटना थाहा पाएका थिए ।

प्रतीकात्मक तस्वीर

यो मामिला ताईवानको एक बैंक कर्मचारीको हो । ताइवानको राष्ट्रिय समाचार एजेन्सीका अनुसार यी पुरुष बैंक क्लर्कको रुपमा काम गर्दछन् । उनले विवाहको लागि विदा माग्दा ८ दिनको विदा पाए । उनीहरुको विवाह भयो र केही दिनमा विदा पनि सकियो । तर यी व्यक्तिले विदा बढाउनका लागि अनौठो तरिका निकाले । यसका लागि उनले श्रीमतीसँग सम्बन्ध बिच्छेद गरे र फेरि विवाह गरे ।

प्रतीकात्मक तस्वीर

ताईवानमा विवाहका लागि कानूनअनुसार ८ दिनको विदा दिने गरिन्छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमअनुसार यी व्यक्तिले ३५ दिनमा श्रीमतीलाई तीन पटक सम्बन्ध बिच्छेद गरे र ४ पटक विवाह गरे । बैंकले उक्त मानिस के गरिरहेको छ ? भनेर जान्ने प्रयास गर्यो । त्यसपछि विदा नदिने निर्णय गरेको बैंकविरुद्ध युवकले केस दर्ता गरे । र, बैंकविरुद्ध विदाको नियम तोड्ने आरोप लगाए ।

प्रतीकात्मक तस्वीर

कानूनमा भने यस कुराको व्याख्या गरिएको छ । बैंकलाई अदालतले छुट्टि नदिएकोमा ७०० डलरको जरिबाना गरेको छ ।

प्रतीकात्मक तस्वीर



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

गाउँको नाम सुन्दा चारैतिर फैलिएको हरियालीका तस्बिर आँखाअगाडि आउन थाल्छन् । जसका कारण गाउँहरू निकै उत्साहित हुन्छन् । आज हामी

भारत संसारको सबैभन्दा ठूलो लोकतान्त्रिक देश हो। यहाँ भारतको संविधान प्रत्येक राज्य, सहर, सहर र गाउँमा लागू हुन्छ र प्रत्येक

यो गाउँमा एक जना पनि पुरुष छैन । यहाँ महिला पूर्ण स्वतन्त्रताका साथ बाँचिरहेका छन् । यो गाउँमा महिलालाई बस्न

यस संसारमा यस्ता धेरै रहस्यमय ठाउँ र चीजहरू छन्, जसको बारेमा जान्दा मानिसहरू अचम्ममा पर्छन् । यी मध्ये कतिपय ठाउँ