English

कस्तो चामल मन पराउँछन काठमाडौँका किसान ?



नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले धानका नयाँनयाँ जात सिफारिस गरिरहँदा किसानले भने झन्डै चार दशकपहिले सिफारिस धानको बीउ नै बढी रुचाएको पाइएको छ ।

किसानले मसिनो चामलका लागि खुमल ४ र मोटोमा खुमल ११ र चाइनुङ २४२ बढी रुचाएका छन् । काठमाडौँका स्थानीय वासीले खुमल ११ र चाइनुङ २४२ बढी रुचाउने गरेको नार्कको राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्रका प्राविधिक सहायक राजनप्रसाद घिमिरे बताउँछन् । चाइचुङ २४२ पाँच–छ टनसम्म उत्पादन रहेको छ । खुमल ११ र चाइचुङ बढी मात्रामा चिउरामा र कतिपयले स्थानीय जातका जाँडका लागि प्रयोग गर्छन् । उनले भने, ‘टाइचिन खानका लागि आडिलो पनि छ ।’

चाइचुङ २४२ र खुमल ४ झन्डै ३८ वर्षपहिले सिफारिस भएको बीउ भए पनि अहिलेसम्म रुचाएको पाइन्छ । २०६३ मा खुमल ११ सिफारिस भएको थियो र आज पनि किसानमाझ उत्तिकै लोकप्रिय छ । मञ्जुश्री एक वर्षभन्दा बढी समय किसानले नरुचाएको उनले बताए । खुमल ८ पनि किसानले उत्तिकै रुचाएका छन् । उनले भने, ‘रोग लागे पनि हामी लगेर रोप्छौँ भन्ने गरेका छन् ।’

नार्कले केही समयपहिले मात्रै खुमल १२ सिफारिस गरेको थियो भने खुमल १६ सिफारिसको क्रममा छ । खुमल १६ प्राविधिक सिफारिस भइसकेको छ र यसको अनुमोदन मात्रै बाँकी छ । यसलाई खुमल बासमती नामाकरण गरिएको छ ।

पछिल्लो पटक सिफारिस भएको खुमल १२ केही किसानसम्म पु¥याउँदा उनीहरुले रुचाएको पाइएको छ । मसिनो जातको यो धानको बीउबाट उत्पादन प्रतिहेक्टर चारदेखि साढे चार टन छ । बोटको उचाइ एक सय सेन्टिमिटरभन्दा बढी छ ।

नार्कका देशभरका विभिन्न स्थानमा रहेका कार्यालयले त्यहाँका लागि लक्षित गरी कृषि उत्पादनको अध्ययन, अनुसन्धान गर्दै आएका छन् । खुमलटारस्थित केन्द्रले मध्यपहाडी जिल्लाहरुका लागि लक्षित गरी अध्ययन गर्दै आएको छ ।

कार्यालय वा सहकारीले उनीहरुले लगेर मूल बीउ उत्पादन गरेपछि त्यसपछि किसानले पाउँछन् ।

नार्कले स्रोत बीउ उत्पादन गर्छ र स्रोत बीउबाट प्रजनन बीउ उत्पादन हुन्छ । स्रोत बीउबाटै मूल बीउ निस्कन्छ । नार्कले पहिले जिल्ला कृषि विकास कार्यालयलाई स्रोत बीउ दिनेको गरेकामा अहिले कृषि ज्ञान केन्द्र, पालिकाका कृषि महाशाखा वा शाखा वा कृषि सहकारी दिने गरेको प्राविधिक सहायक घिमिरेले बताए । उनले भने, ‘कार्यालय वा सहकारीले उनीहरुले लगेर मूल बीउ उत्पादन गरेपछि त्यसपछि किसानले पाउँछन् ।’

नार्कले अध्ययन, अनुसन्धान गर्दा राम्रो नतिजा दिने बीउ सिफारिस गर्दै आएको छ । यहाँबाट किसानलाई सोझै दिने नभए पनि कतिपय किसान भने नार्कले नै सोझै बीउ दिन्छ भन्ने भ्रममा छन् । उनले भने, ‘हामीले यहीँबाट बीउ पाउनुपर्छ भनेर कतिपय लडाइँ गर्न आउँछन् ।’

मध्यपहाडका लागि केन्द्रसँगै दोलखास्थित कार्यालयले पनि बीउमा अध्ययन र सिफारिस गर्छ । तराईमा धानबालीमा अध्ययन गर्ने नार्कका कार्यालय धेरै छन् । ती सबैले उत्पादन गर्ने भए पनि सोझै बिक्रीवितरण गर्दैनन् ।

मध्यपहाड नौ सयदेखि एक हजार पाँच सय मिटर उचाइसम्म खुमलका सबै जात लाग्ने प्राविधिक सहायक घिमिरेले बताउनुभयो । खुमल २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १२, १३, १४, १५ र १६ नार्कले सिफारिस गरिसकेको छ । तराईमा धानका धेरै जात रहेका छन् । उच्च पहाडका लागि चन्दननाथ, १ र २ रहेका छन् । जुम्ली मार्सी, माछापुच्छ्रे पनि उच्च पहाडमा लाग्ने उनले बताए । कृषि वनस्पति शाखाले बीउको अध्ययन गरेर केही कृषि ज्ञान केन्द्रमा राख्ने गरेको छ ।

यसले हाइब्रिड सरह उत्पादन दिन्छ तर तीन वर्ष पहिलेदेखि समस्या देखिरहेको छ ।

उत्पादन कम भए पनि किसानले खानका लागि खुमल ४ रुचाएको पाइन्छ । खुमल ८ बीउ रोप्दा नलड्ने हुँदा किसानले रुचाइएको प्राविधिक सहायक घिमिरेले बताए । २०६३ मा सिफारिस भएर १२ वर्षसम्म राम्रो उत्पादन दिएको खुमल ८ मा रोगको समस्या भए पनि किसानले रुचाएको पाइन्छ । उनले भने, ‘यसले हाइब्रिड सरह उत्पादन दिन्छ तर तीन वर्ष पहिलेदेखि समस्या देखिरहेको छ ।’

किसानमा भारत र चीनबाट आउने हाइब्रिड बीउप्रतिको रुचि बढी छ । हाइब्रिड कुनै वर्षमा धेरै राम्रो फल्छ भने कुनै वर्षमा बाला नै नलाग्ने समस्या देखिएको छ । गत वर्ष केही स्थानमा हाइब्रिड धान पूरै बिग्रिएको थियो ।

मध्यपाहाडका लागि अहिले भर्खर हाइब्रिड सिफारिस गर्ने नार्कको तयारी रहेको छैन । तराईका लागि नार्कले नै हर्दिनाथ १ र हर्दिनाथ २ सिफारिस गरेको थियो । नार्कले किसानलाई हाइब्रिड नगर्न भन्दै आएको छ र यो वर्ष सरकारले पनि रोक लगाएको छ ।

नार्कले अहिलेसम्म सिफारिस बीउ खुमल १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १२, १३, चाइनुङ २४२, टाइचुन १७६, मञ्जुश्री लगायतका बीउ सिफारिस गरेको छ ।

यो पनि…
असार १५ मा दही चिउरा किन खाइन्छ ?
हराउँदै गयो रोपाइँको मौलिकता



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

Latest










Popular
Suggested