English

कस्तो चामल मन पराउँछन काठमाडौँका किसान ?



नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले धानका नयाँनयाँ जात सिफारिस गरिरहँदा किसानले भने झन्डै चार दशकपहिले सिफारिस धानको बीउ नै बढी रुचाएको पाइएको छ ।

किसानले मसिनो चामलका लागि खुमल ४ र मोटोमा खुमल ११ र चाइनुङ २४२ बढी रुचाएका छन् । काठमाडौँका स्थानीय वासीले खुमल ११ र चाइनुङ २४२ बढी रुचाउने गरेको नार्कको राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्रका प्राविधिक सहायक राजनप्रसाद घिमिरे बताउँछन् । चाइचुङ २४२ पाँच–छ टनसम्म उत्पादन रहेको छ । खुमल ११ र चाइचुङ बढी मात्रामा चिउरामा र कतिपयले स्थानीय जातका जाँडका लागि प्रयोग गर्छन् । उनले भने, ‘टाइचिन खानका लागि आडिलो पनि छ ।’

चाइचुङ २४२ र खुमल ४ झन्डै ३८ वर्षपहिले सिफारिस भएको बीउ भए पनि अहिलेसम्म रुचाएको पाइन्छ । २०६३ मा खुमल ११ सिफारिस भएको थियो र आज पनि किसानमाझ उत्तिकै लोकप्रिय छ । मञ्जुश्री एक वर्षभन्दा बढी समय किसानले नरुचाएको उनले बताए । खुमल ८ पनि किसानले उत्तिकै रुचाएका छन् । उनले भने, ‘रोग लागे पनि हामी लगेर रोप्छौँ भन्ने गरेका छन् ।’

नार्कले केही समयपहिले मात्रै खुमल १२ सिफारिस गरेको थियो भने खुमल १६ सिफारिसको क्रममा छ । खुमल १६ प्राविधिक सिफारिस भइसकेको छ र यसको अनुमोदन मात्रै बाँकी छ । यसलाई खुमल बासमती नामाकरण गरिएको छ ।

पछिल्लो पटक सिफारिस भएको खुमल १२ केही किसानसम्म पु¥याउँदा उनीहरुले रुचाएको पाइएको छ । मसिनो जातको यो धानको बीउबाट उत्पादन प्रतिहेक्टर चारदेखि साढे चार टन छ । बोटको उचाइ एक सय सेन्टिमिटरभन्दा बढी छ ।

नार्कका देशभरका विभिन्न स्थानमा रहेका कार्यालयले त्यहाँका लागि लक्षित गरी कृषि उत्पादनको अध्ययन, अनुसन्धान गर्दै आएका छन् । खुमलटारस्थित केन्द्रले मध्यपहाडी जिल्लाहरुका लागि लक्षित गरी अध्ययन गर्दै आएको छ ।

कार्यालय वा सहकारीले उनीहरुले लगेर मूल बीउ उत्पादन गरेपछि त्यसपछि किसानले पाउँछन् ।

नार्कले स्रोत बीउ उत्पादन गर्छ र स्रोत बीउबाट प्रजनन बीउ उत्पादन हुन्छ । स्रोत बीउबाटै मूल बीउ निस्कन्छ । नार्कले पहिले जिल्ला कृषि विकास कार्यालयलाई स्रोत बीउ दिनेको गरेकामा अहिले कृषि ज्ञान केन्द्र, पालिकाका कृषि महाशाखा वा शाखा वा कृषि सहकारी दिने गरेको प्राविधिक सहायक घिमिरेले बताए । उनले भने, ‘कार्यालय वा सहकारीले उनीहरुले लगेर मूल बीउ उत्पादन गरेपछि त्यसपछि किसानले पाउँछन् ।’

नार्कले अध्ययन, अनुसन्धान गर्दा राम्रो नतिजा दिने बीउ सिफारिस गर्दै आएको छ । यहाँबाट किसानलाई सोझै दिने नभए पनि कतिपय किसान भने नार्कले नै सोझै बीउ दिन्छ भन्ने भ्रममा छन् । उनले भने, ‘हामीले यहीँबाट बीउ पाउनुपर्छ भनेर कतिपय लडाइँ गर्न आउँछन् ।’

मध्यपहाडका लागि केन्द्रसँगै दोलखास्थित कार्यालयले पनि बीउमा अध्ययन र सिफारिस गर्छ । तराईमा धानबालीमा अध्ययन गर्ने नार्कका कार्यालय धेरै छन् । ती सबैले उत्पादन गर्ने भए पनि सोझै बिक्रीवितरण गर्दैनन् ।

मध्यपहाड नौ सयदेखि एक हजार पाँच सय मिटर उचाइसम्म खुमलका सबै जात लाग्ने प्राविधिक सहायक घिमिरेले बताउनुभयो । खुमल २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १२, १३, १४, १५ र १६ नार्कले सिफारिस गरिसकेको छ । तराईमा धानका धेरै जात रहेका छन् । उच्च पहाडका लागि चन्दननाथ, १ र २ रहेका छन् । जुम्ली मार्सी, माछापुच्छ्रे पनि उच्च पहाडमा लाग्ने उनले बताए । कृषि वनस्पति शाखाले बीउको अध्ययन गरेर केही कृषि ज्ञान केन्द्रमा राख्ने गरेको छ ।

यसले हाइब्रिड सरह उत्पादन दिन्छ तर तीन वर्ष पहिलेदेखि समस्या देखिरहेको छ ।

उत्पादन कम भए पनि किसानले खानका लागि खुमल ४ रुचाएको पाइन्छ । खुमल ८ बीउ रोप्दा नलड्ने हुँदा किसानले रुचाइएको प्राविधिक सहायक घिमिरेले बताए । २०६३ मा सिफारिस भएर १२ वर्षसम्म राम्रो उत्पादन दिएको खुमल ८ मा रोगको समस्या भए पनि किसानले रुचाएको पाइन्छ । उनले भने, ‘यसले हाइब्रिड सरह उत्पादन दिन्छ तर तीन वर्ष पहिलेदेखि समस्या देखिरहेको छ ।’

किसानमा भारत र चीनबाट आउने हाइब्रिड बीउप्रतिको रुचि बढी छ । हाइब्रिड कुनै वर्षमा धेरै राम्रो फल्छ भने कुनै वर्षमा बाला नै नलाग्ने समस्या देखिएको छ । गत वर्ष केही स्थानमा हाइब्रिड धान पूरै बिग्रिएको थियो ।

मध्यपाहाडका लागि अहिले भर्खर हाइब्रिड सिफारिस गर्ने नार्कको तयारी रहेको छैन । तराईका लागि नार्कले नै हर्दिनाथ १ र हर्दिनाथ २ सिफारिस गरेको थियो । नार्कले किसानलाई हाइब्रिड नगर्न भन्दै आएको छ र यो वर्ष सरकारले पनि रोक लगाएको छ ।

नार्कले अहिलेसम्म सिफारिस बीउ खुमल १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १२, १३, चाइनुङ २४२, टाइचुन १७६, मञ्जुश्री लगायतका बीउ सिफारिस गरेको छ ।

यो पनि…
असार १५ मा दही चिउरा किन खाइन्छ ?
हराउँदै गयो रोपाइँको मौलिकता



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,