English

नेपाल टेलिकमद्वारारा लिज लाइनको महशुल दर पुनरावलोकन



नेपाल टेलिकमले लिज लाईन पुनरावलोकन गरेको छ । टेलिकमले आफुले उपलब्ध गराइरहेको लिज कनेक्टिभिटी को नयाँ महशुल दर कायम गरेको हो । गत असार १ गतेदेखि लागू हुनेगरी इन्टरनेट तथा इन्ट्रानेट दुवै लिज लाइनको महशुल दर ३६ प्रतिशतसम्म कम हुने गरी कायम गरिएको टेलिकमले जनाएको छ ।

यस अन्तर्गत इन्टरनेट लिज लाइन अन्तर्गत १ देखि २० एमबीपीएस ब्यान्डविथको महशुल दर पहिले २५ सय रुपैयाँ रहेकोमा अब १६ सय रुपैंयाँ मात्र हुने छ । त्यसैगरी २१ देखि ५० एमबीपीएसको महशुल दर पनि २३ सय रुपैंयाँबाट घटाएर १६ सय रुपैयाँमा कायम गरिएको छ । ५१ देखि १०० एमबीपीएस र १०० एमबीपीएस ब्यान्डविथ भन्दा बढी क्षमताको महशुल क्रमशः २१ सय र १९ सय रुपैंयाँ रहेकोमा अब दुबैको महशुल दर १५ सय रुपैंयाँ कायम गरिएको छ ।

इन्ट्रानेट लिज लाइन अन्तर्गत १ देखि १० एमबीपीएस ब्यान्डविथको महशुल २७ सय रुपैंयाँ रहेकोमा अब २४ सय रुपैंयाँ र ११ देखि १०० एमबीपीएसको २४ सय रुपैंयाँ रहेकोमा अब २१ सय रुपैंयाँ र १०० एमबीपीएस भन्दा बढीको २१ सय रुपैंयाँ रहेकोमा अब १८ सय रुपैंयाँ मात्र कायम गरिएको टेलिकमले जानकारी दिएको छ ।

नेपाल टेलिकमले विभिन्न सरकारी तथा व्यावसायिक ग्राहकका मागअनुसार उच्च क्षमताको इन्टरनेट तथा इन्ट्रानेट लिज सेवा प्रदान गरिरहेको जनाएको छ । यो सेवामा इन्टरनेटको अपलिंक र डाउनलिंक क्षमता सधैँ बराबर रहन्छ भने यो सेवा २४ सै घण्टा निरन्तर डेडिकेटेड रुपमा उपलब्ध भईरहने जानकारी पनि टेलिकमले दिएको छ ।

यो पनि…
नेपाल टेलिकमले सुरु गर्‍यो ‘एनटीटीभी’ एपको परीक्षण
नेपाल टेलिकमको एपमा थपियो नयाँ सुविधाहरू, अब एपबाटै केवाइसी अपडेट गर्न सकिने



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

Latest










Popular
Suggested