English

नेपाल टेलिकमले सुरु गर्‍यो ‘एनटीटीभी’ एपको परीक्षण



नेपाल टेलिकले २४ सै घण्टा विभिन्न प्रकारका फ्रि टु एयर टेलिभिजन च्यानलहरु निःशुल्क हेर्न सकिने सुविधा भएको ‘एनटीटीभी’ एपको परीक्षण शुरु गरेको छ। सो एप २०७९ जेठ २४ गतेबाट परीक्षणको रुपमा एन्ड्रोइडको प्ले स्टोर तथा एप्प को एप स्टोरमा उपलब्ध रहेको टेलिकमले जनाएको छ।

एपमार्फत एन्ड्रोइड र आइओएसका मोबाइलहरुमा उपलब्ध रहेका सम्पूर्ण नेपाली टेलिभिजन च्यानलहरु लगायत अन्य विभिन्न टेलिभिजन च्यानलहरु प्रत्यक्ष हेर्न सकिने टेलिकमले जनाएको छ।

यसका लागि नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताहरुले गुगल प्ले स्टोर तथा एप्पल एप स्टोरमार्फत ‘एनटीटीभी’ एप डाउनलोड गर्न कम्पनीले जनाएको छ। यस लगत्तै एपमा आफ्नो मोबाइल नम्बर र ओटीपी कोड राखेपछि सो एप प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ।

यसपछि आफूलाई मन परेको च्यानल जुनसुकै डाटा प्याक तथा वाईफाईमार्फत सहजै हेर्न सकिने टेलिकमले जारी गरेको विज्ञप्तीमा उल्लेख छ। एपमा भएका च्यानलहरु हेरेवापत हाल छुट्टै शुल्क नलाग्ने टेलिकमले जनाएको छ।

यो पनि…
युट्युब च्यानलका लागि छुट्टै निर्देशिका बन्दै
युट्युब च्यानल दर्ता गर्न कति लाग्छ ?



सम्बन्धित खबरहरु

अनलाईनका माध्यमहरूमा देखा परेका, प्रलोभनमा पार्ने खालका पोष्टहरूको पछि नलागि,आफुले प्रयोग गर्ने बैङ्क तथा वित्तीय संस्थाहरूको आधिकारीक पेज, वेबसाईटबाट मात्र

नेपाली बजारमा एआई प्लस (Ai+) स्मार्टफोनको आधिकारिक बिक्री–वितरण सुरु भएको छ । रियलमी मोबाइलका पूर्व सिइओ माधव सेठद्वारा स्थापित यो

मिति २०८२।०५।०९ गतेका बेलुकी करिब १७:३० बजेको समयमा जिल्ला ललितपुर ल.पु.म.न.पा. वडा नं. ४ शान्तिकुना मार्ग स्थितमा अनलाइन जुवा (सट्टावाजी

Latest










Popular
Suggested