English

नेपाल टेलिकमको एपमा थपियो नयाँ सुविधाहरू, अब एपबाटै केवाइसी अपडेट गर्न सकिने



नेपाल टेलिकमको एपमा सेवाग्राहीहरूका लागि उपयोगी हुने सुविधाहरू प्रयोग गर्न सकिने गरी अपडेट गरिएको छ । नेपाल टेलिकम एपमार्फत सेवाग्राहीले पहिलेदेखि नै विभिन्न सुविधाहरू प्रयोग गर्दै आएकोमा अब एफटिटिएच सेवाका लागि आवश्यक पोर्टल थप गरिएको छ।

साथै, ‘नमस्ते पे’ मार्फत रिचार्ज समेत गर्न सकिनेछ । त्यसैगरी, आफ्नो जानकारी केवाइसी अपडेट गर्न, अफलाइन मोडमा पनि विभिन्न सुविधा उपयोग गर्न सकिने विशेषता रहेका छन्। यसमार्फत विभिन्न सेवामा रिचार्ज गर्न सकिने छ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

’फाइबर टु द होम’ अर्थात एफटिटिएच प्रयोगकर्ताहरूले एपमार्फत एफटिटिएचको सिपिई रिस्टार्ट गर्न, वाइफाईको एसएसआइडी परिवर्तन गर्न, डेटाको खपत तथा बचत बारेमा जानकारी लिन र महशुल तिर्न सक्नु सक्नेछन् । नमस्ते पे’ सेवा पहिलो पटक एपमा समावेश गरिएको छ । नेपाल टेलिकम एपमा व्यक्तिको जानकारीहरू अपडेट युजर केवाइसीमार्फत नवीकरण गर्न सकिनेछ । त्यसैगरी, डिलरहरूले एमपोस समेत लगइन गर्न सकिनेछ ।

नेपाल टेलिकमले आफ्नो मोबाइल एप ‘नेपाल टेलिकम’लाई समय–समयमा परिमार्जन गरी सेवाग्राहीहरूको लागि उपयोगी विशेषताहरू थप गर्दै नयाँ रूपमा प्रस्तुत गर्ने गरेको छ। एपमार्फत नेपाल टेलिकमका जिएसएम, सिडिएमए, पिएसटिएन, एडिएसएल, एफटिटिएच लगायतका सेवाहरूको बारेमा जानकारी प्राप्त गर्नुको साथै अन्य विभिन्न सुविधाहरु उपभोग गर्न सकिन्छ। त्यसैगरी, नेपाल टेलिकमले उपलब्ध गराएका विभिन्न प्याकेजहरू खरिद गर्न र प्याकेजको अवस्थाबारेमा सहज रूपमा जानकारी प्राप्त गर्न सकिन्छ ।

यसका साथै ब्यालेन्स हेर्न, ब्यालेन्स ट्रान्सफर गर्न, विभिन्न सेवामा रिचार्ज गर्न र आफन्त वा साथीलाई विभिन्न प्याकेजहरू उपहारको रुपमा पठाउन सकिन्छ । त्यसैगरी विभिन्न प्रकारका भ्यालु एडेड सर्भिसको प्रयोग गर्न, नेपाल टेलिकमका विभिन्न सेवाहरूमा समस्या आएमा गुनासा टिपाउन र विभिन्न सेवाहरूको बिल तिर्न पनि सकिन्छ। कम्पनीको फेसबुक लगायतका सामाजिक सञ्जाल समेत यहीबाट प्रयोग गर्न सकिन्छ। उक्त एपमार्फत कम्पनीले उपलब्ध गराउँदै आएका सम्पूर्ण सेवाहरुको महशुल दरबारे जानकारी लिन पनि सकिन्छ ।

यस एपबाट १००, १०१, १०२ जस्ता इमर्जेन्सी नम्बरहरू डायल गरी आवश्यक सेवा लिनुका साथै १९७, १४९८ आदि नम्बरमा डायल गरी कम्पनीका विभिन्न सेवाका बारेमा सोधपुछ गर्न सकिन्छ । यो एपबाट उपलब्ध गराइएका सुविधा उपयोग गर्न सुरूवातमा गुगल प्ले स्टोर तथा एप्पल एप स्टोरबाट ‘नेपाल टेलिकम’ एप डाउनलोड गर्नुपर्ने हुन्छ। नेपाल टेलिकमको मोबाइल नम्बरमार्फत रजिष्टर गरेपछि एप चलाउन सकिन्छ । पहिलो पटक एप डाउनलोड गर्दा ५ सय एमबी डेटा समेत निःशुल्क प्रयोग गर्न सकिने सुविधा कम्पनीले उपलब्ध गराइरहेको छ ।

यो एपमा लगइन गर्ना साथ मोबाइलमा भएको ब्यालेन्स रकम तथा नेपाल टेलिकमको प्याकेज खरिद गरेको भए सोबारे जानकारी प्राप्त गर्न सकिन्छ। पछिल्लो अवस्थामा विभिन्न प्रकारका प्याकेज खरिद गरी सेवा उपभोग गर्ने प्रचलन बढ्दै गएकाले विशेष गरी त्यस्ता प्याकेज खरिद कार्य यो एपबाट सहज भएको छ। हाल नेपाल टेलिकम एप प्रयोग गर्ने सेवाग्राहीहरूको संख्या बढ्दै गइरहेको समेत कम्पनीले बताएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

काठमाडौं। विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आकर्षक डिजाइन, लामो ब्याट्री क्षमता, उन्नत स्वास्थ्य निगरानी तथा खेलकुदसम्बन्धी स्मार्ट सुविधासहितको नयाँ Xiaomi Watch

सुशील सुवेदी१९ साउन , स्याङ्जावालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको

Latest










Popular
Suggested