English

२१ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध



हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकामा झण्डै एक महिनादेखि इन्टरनेट सेवा अवरुद्ध छ। जसकारण सेवाग्राहीले सास्ती खेप्नु परेको छ।

छिमेकी जिल्ला मुगुको सोरु गाउँपालिकाको सोरुकोटमा रहेको वर्ल्डलिंकको टावरमा खराबी आउँदा अदानचुलीमा २१ दिन देखि इन्टरनेट सेवाले काम गर्न छोडेको हो। कहिलेकाहीँ बिहानको सयम एक-दुई घण्टा मात्रै काम गर्ने गरे पनि अन्य समय काम गर्न छोडेकाले सेवाग्राहीले समस्या भोगी रहनु परेको छ।

टावरमा खराबी आएर २१ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध हुँदा यस क्षेत्रका बैंक तथा वित्तीय संस्था, स्वास्थ्य संस्था, सामुदायिक विद्यालय, गाउँपालिका र प्रत्येक वडा कार्यालयमा काम गर्न थप समस्या बनाएको छ।

इन्टरनेट नहुँदा बैंकमा दिनहुँ बैंकिङ कारोबार ठप्प हुनुका साथै लाभान्वित सेवाग्राहीलाई भुक्तानी दिन नसकेको ग्लोबल आइएमई बैंकले जनाएको छ। सेवाग्राहीले बैंकमा इन्टरनेट नहुँदा रित्तो हात लिएर फिर्ता हुने गरेको र दैनिक नागरिकले सास्ती खेप्नुपरेको छ।

गाउँपालिकामा सञ्चारको माध्यामका रूपमा रहेको ग्रामीण रेडियो श्रीनगरलाई समेत इन्टरनेट नहुँदा समाचार सम्प्रेषणमा थप समस्या बनाएको रेडियोका स्टेशन म्यानेजर कालीबहादुर थापाले बताए।

आफूले अन्य राष्ट्रिय सञ्चारमाध्यममा काम गर्ने गरेको भए पनि हप्ता दिनदेखि इन्टरनेट सेवा नहुँदा जिल्लामा भएका समाचार सम्प्रेषण गर्न नसकेको उनको भनाइ छ। अवरुद्ध भएको वर्ल्डलिंक मर्मतका लागि कर्मचारी पठाउने तयारी भइरहेको बताइएको छ।



सम्बन्धित खबरहरु

अनलाईनका माध्यमहरूमा देखा परेका, प्रलोभनमा पार्ने खालका पोष्टहरूको पछि नलागि,आफुले प्रयोग गर्ने बैङ्क तथा वित्तीय संस्थाहरूको आधिकारीक पेज, वेबसाईटबाट मात्र

नेपाली बजारमा एआई प्लस (Ai+) स्मार्टफोनको आधिकारिक बिक्री–वितरण सुरु भएको छ । रियलमी मोबाइलका पूर्व सिइओ माधव सेठद्वारा स्थापित यो

मिति २०८२।०५।०९ गतेका बेलुकी करिब १७:३० बजेको समयमा जिल्ला ललितपुर ल.पु.म.न.पा. वडा नं. ४ शान्तिकुना मार्ग स्थितमा अनलाइन जुवा (सट्टावाजी

Latest










Popular
Suggested