English

दयाहाङ र सौगातको ‘२ नम्बरी’ फस्टलुक



रेड बर्ड प्रोडक्सनको प्रस्तुतिमा तयार भएको फिल्म ‘२ नम्बरी’को फस्टलुक सार्वजनिक गरिएको छ । दीपक मनांगे, अमलादेवी राई र जयस श्रेष्ठको लगानीमा बनेको यो फिल्मलाई किरण नेपालीले प्रस्तुत गरेका हुन् ।

फिल्मको फस्टलुकमा मुख्य कलाकारहरू दयाहाङ राई, सौगात मल्ल, उपासनासिंह ठकुरी, उगेन छोदेन र बुद्धि तामाङलाई देख्न सकिन्छ । फिल्ममा दया र सौगातको गेटअप केही फरक छ । दुई साथीको मित्रताको कथामा बनेको यो फिल्मको फस्टलुकले उत्सुकता जगाउने निश्चित छ ।

फिल्ममा दीपेन्द्र लामाको लेखन तथा निर्देशन छ । सरोज नेपाली कार्यकारी निर्माता रहेको फिल्मको सहनिर्मातामा मिठु तामाङ्नी छिन् । फिल्ममा सुशान्त प्रजापतिको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, निमेष श्रेष्ठको सम्पादन, जयन जे वाइवाको संगीत छ । यो फिल्म ४ कात्तिकबाट तिहारको अवसरमा रिलिज हुँदैछ ।

यो पनि…
कमला बोहरा खत्रीको जिन्दगीको गोरेटोमा सुनिता र अर्जुनको स्वर (भिडियोसहित)
गायिका सुनिता दुलाल र ज्योति गुरुङको तीज गीत ‘परदेशी छोरी’ सार्वजनिक



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

अहिले होली पर्वलाई भाङ खाने, मदिरापान गर्ने, होहल्ला गर्ने गरेर मनाउन थालिएको छ । यसले यो पर्वको महत्वलाई भुलाउदै नराम्रो

सहरका स्थानीय रैथाने चिनियाँ नयाँ वर्षको उमंगमा उर्लिरहेका बेला गत आइतबार हङकङेली नेपालीहरूको लामै लर्को भने युङ लङ थिएटरतर्फ सोझिएको

नेवार समुदायले मनाउने यःमरि पुन्हि अर्थात योमरी पूर्णिमा र ज्यापु दिवस आज मुलुकभर उल्लासका साथ मनाईदैछ । हरेक वर्ष धान्य