English

कमला बोहरा खत्रीको जिन्दगीको गोरेटोमा सुनिता र अर्जुनको स्वर (भिडियोसहित)



गायिका सुनिता दुलाल र गायक अर्जुन सुनमको स्वरमा सजिएको ‘जिन्दगीको गोरेटोमा’ बोलको गीत सार्वजनिक भएको छ । आज(बुधबार) राइज मिडिया नेटवर्क युट्युव च्यानलमार्फत उक्त गीतको भिडियो सार्वजनिक गरिएको हो ।

समाजसेवाका साथै नेपाली गीत–संगीत क्षेत्रमा कलम चलाउँदै आएकी गीतकार कमला बोहरा खत्रीले कोरेको शब्दमा गायक तथा संगीतकार सुनमले नै संगीत भरेका छन् । गीतमा प्रसन परियारले संगीत संयोजन गरेका छन् भने मनोज सुनार र नबिन सुनारले मिक्सिङको काम गरेका छन् ।

गीतको भिडियोमा अभिनेता सरोज खनाल र अभिनेत्री गौरी मल्ललाई मूख्य भूमिकामा देख्न सकिन्छ । भिडियोलाई निर्देशक सुव्रतराज आचार्यले निर्देशन गरेका हुन् । जसमा जया शर्माले रचनात्मकता थपेकी छन् ।

कुमार कुटुवालले छायाँकन गरेको भिडियोलाई राजकुमार श्रेष्ठको सम्पादन रहेको छ । त्यसैगरी, सिमोन तामाङले भिडियोलाई कलर गरेका हुन् । राइज मिडिया नेटवर्कले निर्माण गरेको भिडियोमा अशोक गुरुङले संयोजकको भूमिका निर्वाह गरेका छन् ।

याे पनि :
गायिका सुनिता दुलाल र ज्योति गुरुङको तीज गीत ‘परदेशी छोरी’ सार्वजनिक
गौरी मल्ल–सरोज खनाल : मित्रताको कसिलो डोरी

भिडियो:




Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

काठमाडौं । महाकाव्यका गम्भीर भाव, राष्ट्रिय चेतना, मातृभूमिप्रतिको समर्पण र मानवीय संवेदनालाई संगीतको मधुर लयमा बाँध्दै श्रोतामाझ पुर्‍याउने उद्देश्यले तयार

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

Latest










Popular
Suggested