English

गौरी मल्ल–सरोज खनाल : मित्रताको कसिलो डोरी

अभिनयका अब्बल हस्ती गौरी मल्ल र सरोज खनाल यसरी बने असल साथी


‘एकसाथ रहने वा सँगै उठबस गर्ने व्यक्ति, कुनै कामकुरामा साथ दिने व्यक्ति, परिआएका बेलामा मद्दत गर्ने व्यक्ति, सहायक, सहयोगी, मदतगार, सँगी’ सबै–सबै साथीका अर्थ हुन् । नेपाली शब्दसागरमा भेटिएका साथी शब्दका यी अर्थसँग मेल खाने ‘सँगाती’ भेट्न मुस्किल छ, नेपालमा ।

तर, केहीले भने मित्रताको डोरी यति कसिलो बनाएका छन् कि जो हर कठिन परिस्थितिमा पनि फुस्किँदैन बरु झन् बलियो बनाउन लाग्छन् । तर, कसरी ? उनीहरु हरकुरा साटासाट गर्छन् । जीवनमा आएका उत्तरचढावमा सँगै हुन्छन् । नयाँ कामको थालनी गर्दा दुवै जानकार रहन्छन् । बाटो बिराउँदा एकले अर्कोलाई सही बाटोमा ल्याउँछन् । एकअर्काको सफलतामा खुशी हुन्छन्, असफलतामा ढाडस दिन्छन् । सुखमा सँगै हाँस्छन्, दुःखमा सँगै रुन्छन् । यस्तो मित्रता कस्को होला ?

जवाफ खोज्न धेरै टाढा जानैपर्दैन । एकपटक नेपाली सिने क्षेत्र प्रवेश गरे भेटिन्छन्, ती पात्र । उनीहरु हुन्– अभिनेता सरोज खनाल र अभिनेत्री गौरी मल्ल । नेपाली सिने क्षेत्रमा यी दुईको केमेस्ट्री र मित्रतालाई नेपाली शब्दकोषका अक्षरले पुरा गर्दैनन् ।

त्यसैले सरोज र गौरीको मित्रता र केमेस्ट्रीबारे बुझ्न ४० को दशकतिर फर्कौं । जतिबेला गौरीले सन्तान, कन्यादान लगायतका चलचित्रबाट चर्चा बटुलिसकेकी थिइन्, यता सरोज भने रंगमञ्चमा अभिनय तिखार्दै थिए । अभिनयको भोकले होला त्यतिबेलाका चलचित्र खुब हेर्थे, सरोज । जसमा गौरी अभिनित चलचित्र हत्तपत्त छुटाउँदैन थिए । किनकी उनी गौरीको डाइहार्ट फ्यान थिए । यहिक्रममा उनले पनि ‘विजयपराजय’ चलचित्रमार्फत सिने नगरी फड्को मारे ।

आफूले रोलमोडल मानेको मान्छेसँग स्क्रिन सेयर गर्नुपर्दा साह्रै डर लाग्दो रहेछ, हुन त म उहाँको देवरको भूमिकामा थिएँ, तैपनि धेरैजसो सिन उहाँसँगै पर्थ्यो ।

यसपछि बन्यो चलचित्र, चोट । जसमा गौरी मूख्य भूमिकामा थिइन् । सरोज गौरीको देवरको भूमिकामा थिए । चलचित्रको छायाँकन थियो, पनौतिमा । त्यहीँ उनीहरुको पहिलो भेट भयो । त्यो दिन सरोजमा खुशीका साथै मनमा डर पनि थियो । आफूले रोलमोडल मानेको मान्छेसँग स्क्रिन सेयर गर्न पाएकोमा खुशी थिए तर, कतै गौरीको अगाडि आफ्नो अभिनयले फेल खाने हुने होकि भन्ने डर उनमा थियो ।

‘आफूले रोलमोडल मानेको मान्छेसँग स्क्रिन सेयर गर्नुपर्दा साह्रै डर लाग्दो रहेछ,’ सरोज गौरीसँगको पहिलो साक्षात्कार सम्झिँदै भन्छन्, ‘हुन त म उहाँको देवरको भूमिकामा थिएँ, तैपनि धेरैजसो सिन उहाँसँगै पर्थ्यो । फेरि त्यतिबेलाका मै हुँ भन्ने जोकोही कलाकारलाई उहाँको अघि टिक्न मुस्किल पर्थ्यो तर, मैले धेरै मिहिनेत गरेँ ।’

उहाँले कसरी अभिनय गर्नुहुन्छ, कसरी स्क्रिप्ट पढ्नुहुन्छ अनि क्यारेक्टरमा कसरी डुब्नुहुन्छ भन्ने कुरा हेर्थेँ, त्यसै अनुसार आफूलाई तयारी गरेँ, जसले गर्दा सुटिङमा कहिल्यै डर लागेन । बरु धेरै सिक्ने मौका पाएँ, साथै छिट्टै घुलमिल हुन सकेँ ।

उनी आफ्नो सुटिङ नभएको दिन गौरीको अभिनय हेर्न छायाँकन स्थलमा जान्थे । क्यामेराको पछि बसेर गौरीको अभिनय शैली नियाल्थे । ‘उहाँले कसरी अभिनय गर्नुहुन्छ, कसरी स्क्रिप्ट पढ्नुहुन्छ अनि क्यारेक्टरमा कसरी डुब्नुहुन्छ भन्ने कुरा हेर्थेँ,’ सरोज भन्छन्, ‘त्यसै अनुसार आफूलाई तयारी गरेँ, जसले गर्दा सुटिङमा कहिल्यै डर लागेन । बरु धेरै सिक्ने मौका पाएँ, साथै छिट्टै घुलमिल हुन सकेँ ।’

त्यसपछि उनले हरेक सिनमा गौरीसँग सल्लाह गर्न थाले । गौरीले पनि उनलाई सहयोग गर्न थालिन् । ‘हामी पहिलो फिल्ममा यति घुलमिल भयौं कि जो मैले सोचेकै थिइनँ,’ सरोज भन्दै थिए, ‘भलै चोटमा उहाँ मेरो जोडी हुनुहुन्न थियो तैपनि लभ सिनमा कसरी अभिनय गर्ने, स्क्रिप्ट कसरी पढ्ने, कसरी पात्रमा डुब्ने भन्ने कुरा उहाँले सिकाउनुहुन्थ्यो ।’

तपस्यापछि हामी दुईको केमेस्ट्री मिलेकै हो, जतिबेला आममानिसमा चलचित्रको पहुँच थिएन त्यतिबेला गाउँ–गाउँमा सुटिङका लागि जाँदा हामीलाई श्रीमान–श्रीमती नै भन्थे । यो हाम्रो मिहिनेतले पाएको फल हो ।

…अनि जम्न थाल्यो केमेस्ट्री

‘चोट’ लगत्तै गौरी र सरोजले ‘तपस्या’ चलचित्रमा अभिनय गरे । जसमा उनीहरु श्रीमान–श्रीमतीको भूमिकामा छन् । त्यसपछि यो जोडीलाई आमदर्शकले यति मन पराएकी उनीहरुलाई सार्वजनिक स्थानमा एकै साथ देख्दा वास्तविक श्रीमान–श्रीमती नै भन्थे । त्यसो त तपस्याबाट मिलेको त्यो केमेस्ट्री पछिल्लो चलचित्र ‘सुब्बा साब’ सम्म आइपुग्दा उस्तै देखिन्छ । ‘तपस्यापछि हामी दुईको केमेस्ट्री मिलेकै हो,’ सरोज दाबीका साथ भन्छन्, ‘जतिबेला आममानिसमा चलचित्रको पहुँच थिएन त्यतिबेला गाउँ–गाउँमा सुटिङका लागि जाँदा हामीलाई श्रीमान–श्रीमती नै भन्थे । यो हाम्रो मिहिनेतले पाएको फल हो ।’

हामीले अभिनयमा कहिल्यै हेरचक्राइँ गरेनौं, सरोज खनाल साँच्चै अभिनय गर्नकै लागि जन्मिएको मान्छे हो जस्तो लाग्छ त्यसैले अरुभन्दा उसको अघि अभिनय गर्दा बेग्लै उर्जा प्राप्त हुन्छ । त्यो उर्जा आउनु भनेको नै केमेस्ट्री मिल्नु हो ।

चलचित्रमा होस् या म्युजिक भिडियोमा । उनीहरुमा कसले राम्रो अभिनय गर्ने भन्ने प्रतिस्पर्धा नै चल्छ । सुटिङ सेटमा उभिएपछि एकले अर्कोलाई प्रतिस्पर्धीको नजरले हेर्ने बानी तपस्यादेखि कै हो । जसले गर्दा केमेस्ट्री झन् बलियो बन्दै गएको गौरी सुनाउँछिन् । ‘हामीले अभिनयमा कहिल्यै हेरचक्राइँ गरेनौं,’ गौरी केमेस्ट्री मिल्नुको राज खोल्दै थिइन्, ‘सरोज खनाल साँच्चै अभिनय गर्नकै लागि जन्मिएको मान्छे हो जस्तो लाग्छ त्यसैले अरुभन्दा उसको अघि अभिनय गर्दा बेग्लै उर्जा प्राप्त हुन्छ । त्यो उर्जा आउनु भनेको नै केमेस्ट्री मिल्नु हो ।’

एकदिन सरोजलाई निर्देशक प्रकाश थापाले प्रशंसा गर्दै भनेको कुरा गौरी सम्झन्छिन् । त्यतिबेला थापाले सरोजलाई भनेको थिए, ‘तिमीलाई मैले पहिल्यै किन भेटिनँ ।’ ‘निर्देशक प्रकाश थापा कम कलाकारको तारिफ गर्नुहुन्थ्यो तर, त्यो कम भित्र सधैं सरोज पर्नुहुन्थ्यो,’ गौरी भन्छिन्, ‘सरोज खनाल त्यतिसम्म गहिराइमा पुगेर अभिनय गर्ने कलाकार हो । जसले प्रकाश थापा जस्तो निर्देशकलाई पनि हेरेको हेर्यै बनाइदिनुहुन्थ्यो ।’

उहाँ अभिनय, सिन, पात्रलाई राम्रोसँग बुझ्ने कलाकार हो, फेरि हाम्रो संघर्षको धरातल पनि एउटै थियो अनि उहाँसँग नमिलेको केमेस्ट्री कोसँग मिल्ला र ?

त्यसैले सरोजसँगको सहकार्यलाई गौरीले कहिल्यै नकार्दिनन् । ‘कुनै निर्माता तथा निर्देशकले चलचित्र वा म्युजिक भिडियोमा सरोज जीसँगको जोडी हुनुपर्यो भन्ने अफर गर्नुभयो भने म आँखा चिम्लिएर स्विकार्छु किनकी उहाँसँग काम गर्दा आनन्द लाग्छ,’ गौरी भन्छिन्, ‘उहाँ अभिनय, सिन, पात्रलाई राम्रोसँग बुझ्ने कलाकार हो, फेरि हाम्रो संघर्षको धरातल पनि एउटै थियो अनि उहाँसँग नमिलेको केमेस्ट्री कोसँग मिल्ला र ?’

अभिनयको एउटा सुत्र छ, ‘डन्ट याक्ट, रियाक्ट’ । यो सुत्र गौरीमा लागू हुने सरोज बताउँछन् । ‘उहाँ फुल फ्लेजमा अभिनय गर्ने अभिनेत्री हो, डायलगमा उहाँले दिने रियाक्सन साँच्चै बेजोड हुन्छ, जसले मलाई अभिनय गर्न खुब सघायो,’ सरोज पनि गौरीसँग केमेस्ट्री मिल्नुको रहस्य खोल्छन्, ‘हामीले काममा अह्म देखाएनौं, हाम्रो सोच र संघर्षको मैदान उस्तै थियो, क्यामेराको अघि कहिल्यै मजाक गरेनौं, हरेक दृश्यमा छलफल गर्र्यौं यिनै कुरा हाम्रो केमेस्ट्री बलियो बनाउने आधार थिए ।’

मलाई सिने क्षेत्रमा अभिनेताको रुपमा स्थापित गर्ने नै गौरी माँ हो, किनकी मेरो अपोजिट रोलमा उहाँ नभइदिएको भए मैले त्यति धेरै मिहिनेत गर्दिन थिएँ होला ।

त्यसैले सरोज आफूलाई अभिनेताको रुपमा स्थापित गराउन गौरीको ठूलो हात रहेको बताउँछन् । ‘मलाई सिने क्षेत्रमा अभिनेताको रुपमा स्थापित गर्ने नै गौरी माँ हो, किनकी मेरो अपोजिट रोलमा उहाँ नभइदिएको भए मैले त्यति धेरै मिहिनेत गर्दिन थिएँ होला,’ उनी भन्छन् ।

धर्मपछि : आमा साथीको सम्बन्ध

तपस्यापछि उनीहरुले चलचित्र ‘धर्म’मा अभिनय गरे । जसमा उनीहरु आमाछोराको भूमिकामा देखिएका छन् । त्यो चलचित्रमा आमाले छोराका लागि जुन सपना देखेकी हुन्छिन्, छोरो भने त्यसको ठीक उल्टो बाटो हिँड्छ । आमाले भनेको कुनैपनि कुरा छोराले मान्दैन । छोरो घर छोडेर भाग्छ । ऊ जवान भइसकेपछि आमाछोराको भेट हुन्छ । आमा वृद्ध भइसकेकी हुन्छिन् । छोराले आमा चिन्छ तर, आमाले छोरालाई चिन्दिनन् ।

यस्तै–यस्तै… कथामा आधारित धर्ममा सरोज–गौरीको अभिनयले उनीहरुको कमेस्ट्री मजबुत बन्दै गएको प्रमाणित गर्छ । त्यसैले सरोज भन्छन्, ‘धर्मका कतिपय सिनमा अभिनय गरिसकेपछि धुरू–धुरू रोएको छु, कैयौंपटक मेरा गला अवरुद्ध भएका छन्,’ उनी भन्छन्, ‘त्यो फिल्ममा मैले आमालाई धेरै दुःख दिएको छु, त्यो फिल्म मेरो करिअरकै सबैभन्दा मन पर्ने फिल्म हो ।’

उहाँ मेरो मिल्ने साथी भएपनि माँ भनेरै सम्बोधन गर्छु, धर्म चलचित्रबाटै मैले उहाँलाई आमाको दर्जामा राखेको हुँ ।

अनि अर्को कुरा, यही फिल्ममा अभिनयका क्रममा गौरीलाई माँ भन्न थालेका सरोजले अहिले पनि गौरीलाई त्यही शब्दले सम्बोधन गर्छन् । ‘उहाँ मेरो मिल्ने साथी भएपनि माँ भनेरै सम्बोधन गर्छु,’ माँ भन्नुको तात्पर्य खुलाउँदै सरोज भन्छन्, ‘धर्म चलचित्रबाटै मैले उहाँलाई आमाको दर्जामा राखेको हुँ ।’

धर्मपछि सरोज अमेरिका लागे

२०५२ तिरको कुरा हो । नेपाली सिने नगरीमा सरोज र गौरीको केमेस्ट्री खुब जमिरहेको थियो । त्यहीबेला सरोजले अमेरिकाको बाटो तताए । गौरीपनि २०५९ मा जापानतिर लागिन् । यो बीचमा करिव २ वर्षजस्तो उनीहरुबीचमा फोन सम्पर्क भएन । एकदिन सरोजको मोबाइलमा घन्टी बज्यो । त्यो घन्टी गौरीको फोनको थियो ।

त्यो कुरा उहाँले बुबाममीलाई भन्दा पहिला मलाई नै भन्नुभएको थियो जस्तो लाग्छ, उहाँले सम्बन्ध बिग्रनुको सबै कारण भन्नुभयो त्यसपछि म झनै अचम्ममा परेँ । उहाँहरुको त्यति राम्रो सम्बन्ध यति सानातिना कुराले भत्किएला भन्ने मैले कल्पनै गर्न सकिनँ ।

लामो समयसम्म कुराकानी नभएकाले केहीबेर ख्यालठट्टा गरे । लामो कुराकानीपश्चात गौरीले सरोजलाई एउटा कुरा भनिन् । त्यो थियो– राजनसँगको सम्बन्धविच्छेदको । गौरीको कुराले सरोज झसंग भए । ‘त्यो कुरा उहाँले बुबाममीलाई भन्दा पहिला मलाई नै भन्नुभएको थियो जस्तो लाग्छ,’ सरोज भन्छन्, ‘उहाँले सम्बन्ध बिग्रनुको सबै कारण भन्नुभयो त्यसपछि म झनै अचम्ममा परेँ । उहाँहरुको त्यति राम्रो सम्बन्ध यति सानातिना कुराले भत्किएला भन्ने मैले कल्पनै गर्न सकिनँ ।’

यहीक्रममा गौरीले सरोजसँग अमेरिका आउने इच्छा व्यक्त गरिन् । तर, जापानबाट सिधै अमेरिका आउन सक्ने अवस्था थिएन । त्यसैले सरोजले नै उनलाई नेपाल गएर प्रक्रिया अघि बढाउन सल्लाह दिए । गौरी सोही अनुसार नेपाल आइन् । त्यसपछि अमेरिकाको भिसा प्रक्रियाका लागि गौरीलाई सरोजले आवश्यक सहयोग गरे । गौरी २०६६ मा अमेरिका गइन् ।

नेपाल फर्कने कुरा पनि उहाँले पहिला मलाई नै भन्नुभएको थियो, त्यसपछि उहाँलाई मैले ढाडस दिएँ । तपाईं नेपाल जानुस् म पनि छिट्टै नेपाल आउँछु अनि सँगै काम गर्नुपर्छ भनेको थिएँ ।

उनी न्युयोर्क सहरमा बस्न थालिन् । सरोज भने भर्जिनिया बस्थे । अमेरिकामा रहँदा सरोजले गौरीलाई आवश्यक पर्ने सहयोग सबै गरे । तर पछि उनी नेपाल फर्कने मनस्थितिमा पुगिन् । ‘नेपाल फर्कने कुरा पनि उहाँले पहिला मलाई नै भन्नुभएको थियो,’ सरोज गौरीसँगको आत्मियता मेरोलाइफस्टाइलसँग साट्दै थिए, ‘त्यसपछि उहाँलाई मैले ढाडस दिएँ । तपाईं नेपाल जानुस् म पनि छिट्टै नेपाल आउँछु अनि सँगै काम गर्नुपर्छ भनेको थिएँ ।’ आखिर भयो पनि त्यस्तै । सरोज २०७१ मा नेपाल फर्किए ।


सुब्बा साबले गराएको युटर्न

सरोज र गौरी नेपालमा भएपछि निर्माता निर्देशकको ध्यान खिच्ने नै भयो । उसो त ‘सुब्बा साब’ चलचित्रमार्फत उनीहरुले सिने नगरीमा १७ वर्षपछि युटर्न गर्ने मौका पाए । जसमा उनीहरु श्रीमान–श्रीमतीकै भूमिकामा देखिएका छन् । डेढ दशकभन्दा लामो समयपछि एउटै भूमिकामा प्रस्तुत हुँदा यो जोडीको केमेस्ट्रीमा कुनै हलचल आएन । ‘हामीभित्र केमेस्ट्रीको किरा कता–कता लुकेर बसेको हुन्छ,’ गौरी भन्छिन्, ‘त्यो किरालाई थोरै छोइदिएपछि आफैं सलबलाइहाल्छ ।’

हामी जतिञ्जेल यो धर्तीमा रहन्छौं त्यतिञ्जेलसम्म हाम्रो केमेस्ट्री नटुटोस् ।

यो चलचित्रपछि सरोज र गौरीले ‘सम्हालिन्छ कहिले मन’ मा अभिनय गरेका छन् । जसमा पनि उनीहरु श्रीमान–श्रीमतीको भूमिकामा छन् । यद्यपि, चलचित्र प्रदर्शन हुन भने बाँकी छ । जे होस् ४० को दशकदेखि ७० को दशकसम्म आइपुग्दा उही रसायनले साथ दिइराख्नु चानचुने कुरा होइन । उसो त सरोज–गौरीको एउटै तपस्या छ, ‘हामी जतिञ्जेल यो धर्तीमा रहन्छौं त्यतिञ्जेलसम्म हाम्रो केमेस्ट्री नटुटोस् ।’

टुट्दैन पनि । किनकी, यो आदर, सम्मान र मायाको ओदानमा बसेको सम्बन्ध पो हो ।

यो पनि…
अभिनेत्री गौरी मल्लका फ्यान : जन्मदिनमा केक काट्नेदेखि सुटिङ भाड्नेसम्म
ह्याकरका चंगुलमा दीपाश्री र सरोज



...
зарубежные сериалы смотреть онлайн

I like the valuable information you provide in your articles. I will bookmark your weblog and check again here frequently. I am quite certain I will learn many new stuff right here! Good luck for the next! зарубежные сериалы смотреть онлайн

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

मान्छेका विभिन्न रुचि हुन्छन्, त्यसमध्ये पुराना नोट, सिक्काको संकलन पनि एक हो । कतिपयले त यसैलाई आफ्नो पेशा नै बनाएका

शनिवारको दिन बाहिर कतै गएर मूड फ्रेस गर्ने मन कसलाई पो हुँदैन र ? तर घुम्न कता जाने भन्ने समस्या

अहिले होली पर्वलाई भाङ खाने, मदिरापान गर्ने, होहल्ला गर्ने गरेर मनाउन थालिएको छ । यसले यो पर्वको महत्वलाई भुलाउदै नराम्रो