English

ह्याकरका चंगुलमा दीपाश्री र सरोज



अभिनेत्री दीपाश्री निरौला र अभिनेता सरोज खनाल ह्रयाकरकाे चंगुलमा परेका छन्। खनालको बिहिबार बिहान १० बजे र निरौलाको दिउँसो २ बजे फेसबुक ह्याक भएकाे हाे । खनालको फेसबुक ह्याक हुने बित्तिकै ह्याकरले दीपाश्री निरौलासँग साह्रै अप्ठेरो परेको भन्दै १ लाख रुपैयाँ मागे ।

खनालको फेसबुक ह्याक भएको ४ घन्टा पछि अर्थात् दिउँसो साढे २ बजे अभिनेत्री निरौलाको पनि फेसबुक ह्याक भयो । केही समय अघि सरोज खनालको फेसबुक ह्याक भएको निरौलाले थाहा पाएकी थिइन् । तर, आफ्नो पनि फेसबुक ह्याक भएको उनलाई थाहा थिएन ।

खनालको आइडीबाट पैसा मागिएको र अकाउन्ट नम्बर पनि पठाएपछि दीपाश्रीले तुरुन्तै खनाललाई फोन गरिन् । निरौलाको फोन आएपछि फेसबुक ह्याक भएको थाहा हुने बित्तिकै आफू साइबर ब्युरो पुगेको खनाल बताउँछन् । त्यसको केही समयपछि अर्थात् दिउँसो साढे २ बजे दीपाश्री निरौलाको पनि फेसबुक ह्याक भयो । ‘ह्याकरले चलाखीपूर्ण तरिकाले फेसबुक ह्याक गरेको छ,’ खनालले भने, ‘मेरो ह्याक गर्ने बित्तिकै दीपाश्रीसँग १ लाख रुपैयाँ मागेछ । त्यसको केही समयमै दीपाश्रीको पनि फेसबुक ह्याक गरेर पैसा माग्न थाल्यो ।’

खनालको फेसबुक ह्याक भएको ४ घन्टा पछि अर्थात् दिउँसो साढे २ बजे अभिनेत्री निरौलाको पनि फेसबुक ह्याक भयो । निरौलाको फेसबुकबाट सुमन गिरी भान्जासँग भाई बिरामी भएको भन्दै १ लाख रुपैयाँ मागियो । त्यसपछि गिरीले तुरुन्त निरौलालाई फोन गरे । केही समय अघि सरोज खनालको फेसबुक ह्याक भएको निरौलाले थाहा पाएकी थिइन् । तर, आफ्नो पनि फेसबुक ह्याक भएको उनलाई थाहा थिएन ।
‘ह्याकरले सरोज दाईको आइडीबाट पैसा मागिरहेको छ भन्ने थाहा थियो,’ अभिनेत्री निरौला भन्छिन्, ‘मेरो अकाउन्टबाट पनि त्यस्तो म्यासेज गयो भन्ने थाहा पाउने बित्तिकै फेसबुक ह्याक भयो भनेर साइबर ब्युरोमा गइहालेँ ।’

यसरी पछिल्लो समय सेलिब्रिटीहरूको फेसबुक अकाउन्ट ह्याक हुने घटना बढिरहेको छ ।



सम्बन्धित खबरहरु

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

सुनसरी, मंसिर २२ गते ।सुनसरीको रामधुनी नगरपालिका-२ का सिटी रिक्सा चालक ४५ बर्षीय दिनेश कुमार चौधरीलाई असोज २५ गते बेलुकी

काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन्

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

Latest










Popular
Suggested