English

ह्याकरका चंगुलमा दीपाश्री र सरोज



अभिनेत्री दीपाश्री निरौला र अभिनेता सरोज खनाल ह्रयाकरकाे चंगुलमा परेका छन्। खनालको बिहिबार बिहान १० बजे र निरौलाको दिउँसो २ बजे फेसबुक ह्याक भएकाे हाे । खनालको फेसबुक ह्याक हुने बित्तिकै ह्याकरले दीपाश्री निरौलासँग साह्रै अप्ठेरो परेको भन्दै १ लाख रुपैयाँ मागे ।

खनालको फेसबुक ह्याक भएको ४ घन्टा पछि अर्थात् दिउँसो साढे २ बजे अभिनेत्री निरौलाको पनि फेसबुक ह्याक भयो । केही समय अघि सरोज खनालको फेसबुक ह्याक भएको निरौलाले थाहा पाएकी थिइन् । तर, आफ्नो पनि फेसबुक ह्याक भएको उनलाई थाहा थिएन ।

खनालको आइडीबाट पैसा मागिएको र अकाउन्ट नम्बर पनि पठाएपछि दीपाश्रीले तुरुन्तै खनाललाई फोन गरिन् । निरौलाको फोन आएपछि फेसबुक ह्याक भएको थाहा हुने बित्तिकै आफू साइबर ब्युरो पुगेको खनाल बताउँछन् । त्यसको केही समयपछि अर्थात् दिउँसो साढे २ बजे दीपाश्री निरौलाको पनि फेसबुक ह्याक भयो । ‘ह्याकरले चलाखीपूर्ण तरिकाले फेसबुक ह्याक गरेको छ,’ खनालले भने, ‘मेरो ह्याक गर्ने बित्तिकै दीपाश्रीसँग १ लाख रुपैयाँ मागेछ । त्यसको केही समयमै दीपाश्रीको पनि फेसबुक ह्याक गरेर पैसा माग्न थाल्यो ।’

खनालको फेसबुक ह्याक भएको ४ घन्टा पछि अर्थात् दिउँसो साढे २ बजे अभिनेत्री निरौलाको पनि फेसबुक ह्याक भयो । निरौलाको फेसबुकबाट सुमन गिरी भान्जासँग भाई बिरामी भएको भन्दै १ लाख रुपैयाँ मागियो । त्यसपछि गिरीले तुरुन्त निरौलालाई फोन गरे । केही समय अघि सरोज खनालको फेसबुक ह्याक भएको निरौलाले थाहा पाएकी थिइन् । तर, आफ्नो पनि फेसबुक ह्याक भएको उनलाई थाहा थिएन ।
‘ह्याकरले सरोज दाईको आइडीबाट पैसा मागिरहेको छ भन्ने थाहा थियो,’ अभिनेत्री निरौला भन्छिन्, ‘मेरो अकाउन्टबाट पनि त्यस्तो म्यासेज गयो भन्ने थाहा पाउने बित्तिकै फेसबुक ह्याक भयो भनेर साइबर ब्युरोमा गइहालेँ ।’

यसरी पछिल्लो समय सेलिब्रिटीहरूको फेसबुक अकाउन्ट ह्याक हुने घटना बढिरहेको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

Latest










Popular
Suggested