English

अन्तरंग दृश्यमा अभिनय नगर्ने नयनताराको घोषणा



दक्षिण भारतीय अभिनेत्री नयनताराले हालैमात्र विग्नेश शिवनसँग विवाह गरिन् । नयनतारा अहिले वैवाहिक जीवनमा रमाइरहेकी छन् । उनले आफ्नो अभिनय जीवनलाई लिएर एउटा महत्वपूर्ण निर्णय लिएकी छन् ।

उनले अब फिल्ममा देखाइने अन्तरंग दृश्यमा अभिनय नगर्ने घोषणा गरेकी छन् । यतिमात्र होइन, फिल्ममा अभिनेता तथा सहअभिनेतासँग रोमान्टिक दृश्य पनि नदिने भएकी छन् । उनी पतिसँग क्वालिटी टाइम बिताउनका लागि केही समय अभिनयबाट पनि ब्रेक लिँदैछिन् ।

नयनताराको आउँदो फिल्म ‘जवान’ हो । जसमा उनी अभिनेता शाहरुख खानसँग देखिँदैछिन् । शाहरुख आफै पनि अन्तरंग दृश्य दिन चाहँदैनन् । यही कारण नयनताराले फिल्ममा अन्तरंग दृश्य नदिने निर्णय लिएकी हुन् ।

नयनतारा विवाहपछि आशीर्वाद लिन पतिका साथ तिरुपति मन्दिर पुगेकी थिइन् । मन्दिर परिसरमा चप्पल लगाएर पुगेपछि उनी विवादमा तानिएकी थिइन् । विवादमा आएपछि जोडीले एक विज्ञप्ती जारी गर्दै माफी मागेको थियो । उनीहरूले आफू हतारमा रहेकाले चप्पल खोल्न बिर्सिएको बताएका थिए ।

यो पनि…
‘पुष्पा २’लाई ठूलो स्केलमा बनाइँदै
नेपालसँगै भारतमा पनि एकसाथ चल्दै ‘प्रेमगन्ज’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

जेभियर एकेडेमी स्टुडेन्ट काउन्सिलद्वारा आयोजित ‘ब्याटल अफ द ब्यान्ड्स’ मा अघोर ब्यान्ड बिजेता बनेको छ । निर्णायक र दर्शक दुवैलाई

काठमाडौं । पत्रकार/गीतकार गीता अधिकारीले आफ्नो जन्मदिनमा गीति एल्बम ‘भावस्पनदन’ श्रोता/दर्शकमाझ ल्याउनुभएको छ । मिलापको आयोजनामा बिहीबार काठमाडौंमा एक विशेष

पोखरा, कार्तिक १५ गते । गीतकार प्रतिष्ठान, नेपालको अध्यक्षमा अनुराग अधिकारी सर्वसम्मत चयन भएका छन्।शनिवार पोखरामा सम्पन्न प्रतिष्ठानको पाँचौँ साधारण

चाडपर्वको अवसरमा नेपालमा मासुको अत्याधिक सेवन बढ्ने देखेर पोषणविद देखि चिकित्सकहरुले खानपिनमा विशेष ध्यान नपुर्‍याए स्वास्थ्यसम्बन्धी जटिलता देखापर्न सक्नेमा सचेत

Latest










Popular
Suggested