English

बलिउड र दक्षिण भारतीय फिल्म विवाद बारे यसो भन्छन् सुनिल शेट्टी



भारतीय फिल्म उद्योगमा बलिउड र दक्षिण भारतीय फिल्म उद्योगबीचको विवाद चर्किंदै गएको छ।

दक्षिण भारतीय अभिनेता महेश बाबुले ‘बलिउडले मलाई धान्न सक्दैन’ भन्दै दिएको अभिव्यक्तिले उनीहरूबीच विवाद सुरु भएको हो।

महेश बाबुको उक्त अभिव्यक्तिपछि बलिउडका कलाकारहरुले आफ्नो प्रतिक्रिया दिइरहेका छन्।
भारतीय सञ्चारका अनुसार अभिनेता सुनिल शेट्टीले बलिउड र दक्षिण भारतीय फिल्मबीचको विवाद सामाजिक सञ्जालका कारण भएको बताएका छन्।

अहिले कस्तो फिल्म हेर्ने भनेर दर्शकहरु आफै निर्णय लिन्छन्। तर हामी दर्शकलाई राम्रो विषयवस्तु दिन चुकिरहेका छौँ। त्यसैले हामीले फिल्मको विषयवस्तुमा ध्यान दिन आवश्यक छ। बलिउड सधैँ बलिउड नै हुन्छ। भारतको पहिचानसँगै बलिउड पनि आउँछ।

‘हामी भारतीय हौं। ओटीटी प्लेटफर्ममा फिल्म हेर्ने हो भने भाषाले केही फरक पार्दैन। त्यहाँ फिल्मको विषयवस्तु राम्रो हुनुपर्छ। म दक्षिण भारतीय फिल्ममा पनि आवद्ध छु। तर मेरो कर्मभूमि मुम्बई हो, त्यसैले मेरो पहिचान यतैको छ,’ उनले भने, ‘अहिले कस्तो फिल्म हेर्ने भनेर दर्शकहरु आफै निर्णय लिन्छन्। तर हामी दर्शकलाई राम्रो विषयवस्तु दिन चुकिरहेका छौँ। त्यसैले हामीले फिल्मको विषयवस्तुमा ध्यान दिन आवश्यक छ। बलिउड सधैँ बलिउड नै हुन्छ। भारतको पहिचानसँगै बलिउड पनि आउँछ।’

महेश बाबुले पहिल्यैदेखि आफू बलिउडका स्टार बन्नु छैन भन्दै आएका छन्। उनलाई पहिल्यैदेखि धेरै बलिउड फिल्महरूको प्रस्ताव आए पनि उनी तेलुगूमै खुसी भएको बताएका थिए।

अहिले आएर उनले दिएको अभिव्यक्ति सुनेर धेरैले उनलाई घमन्डी पनि भनेका छन्। बलिउडले उनलाई धान्न सक्दैन भन्नुको अर्थ बलिउड फिल्म निर्माताहरूसँग उनलाई दिनसक्ने पारिश्रमिक छैन भन्ने रूपमा बुझिएको छ। अर्थात् महेश बाबु धेरै महँगा भए !

उनका प्रशंसकहरूले भने महेशले यो भनाइलाई पैसासँग जोडेर नभनेको टिप्पणी गरेका छन्। उनले दक्षिण भारतीय फिल्मी दुनियाँमा कमाएको स्टारडम बलिउडको भन्दा धेरै भएको भन्न खोजेका भन्दै प्रशंसकहरूले उनको बचाउ गरेका छन्।

अभिनेता महेशले पनि सबै भाषालाई माया र सम्मान गर्ने भन्दै सफाइ दिएका छन्।

यो पनि…
‘पुष्पा २’लाई ठूलो स्केलमा बनाइँदै
नेपालसँगै भारतमा पनि एकसाथ चल्दै ‘प्रेमगन्ज’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर

Latest










Popular
Suggested