English

यस्ता छन् रामसे हन्ट सिन्ड्रोमका लक्षणहरु



चर्चित पप गायक जस्टिन बिबरलाई एक दुर्लभ रोगका कारण उनको आधा अनुहारमा प्यारालाइसिसको समस्या देखिएको छ । प्यारालाइसिसपछि उनले पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रम स्थगित गरेका छन् । इन्स्टाग्राममा प्रेसित एउटा भिडियोअनुसार बिबर रामसे हन्ड सिन्ड्रोम नामक दुर्लभ रोगबाट पीडित छन् । यो रोगका कारण उनको अनुहारमा पक्षाघात र स्नायुलाई कमजोर बनाएको छ । टोरन्टो र वाशिंगटन डीसीमा कार्यक्रम रद्द गरेपछि उनले अनुहारको आधा भाग नचल्ने भन्दै आफ्नो अवस्था ‘धेरै खराब’ भएको बताएका थिए ।

के हो रामसे हन्ट सिन्ड्रोम ?

राम्से हन्ट सिन्ड्रोम भेरिसेला जोस्टर भाइरसका कारण हुने नसासम्बन्धी समस्या हो । राम्से हन्ट सिन्ड्रोमलाई सामान्यतया हर्पेस जोस्टर ओटिकस पनि भनिन्छ । कानको वरपर र मुख तथा जिब्रोमा रातो दाग आउनु यस रोगको मुख्य लक्षण हो ।

भेरिसेला–जोस्टर भाइरसका कारण यो सिन्ड्रोम देखिन्छ । यो त्यही भाइरस हो जसले बालबालिकामा ठेउला र दाद निम्त्याउछ । बाल्यकालमा ठेउला भएको व्यक्तिमा भाइरस दशकौंसम्म लुकेर बस्न सक्छ । विज्ञहरूका अनुसार भेरिसेला–जोस्टर भाइरस पुनः सक्रिय हुँदा यसले शरिरमा दाद निम्त्याउँछ र केही परिस्थितिहरूमा रामसे हन्ट सिन्ड्रोम निम्त्याउछ । भाइरस किन पुनः सक्रिय हुन्छ र अनुहारको नसालाई कस्तो असर पार्छ भन्ने प्रष्ट छैन ।

सुन्ने क्षमता गुम्दै जानु, कान कराउनु, मुख तथा आँखा सुख्खा हुनु, एउटा आँखा झिमिक्क गर्न समस्या हुनु र स्वाद हराउनु रामसे हन्ट सिन्ड्रोमका लक्षण हुन् । सिन्ड्रोमबाट पुरुष र महिला समान रूपमा प्रभावित छन् । एक अनुमानअनुसार अमेरिकामा हरेक वर्ष प्रत्येक १ लाख जनामध्ये ५ जनामा यो सिन्ड्रोम देखिन्छ ।

यो पनि…
नेपालमा सुर्तिजन्य पदार्थको सेवनबाट वार्षिक २७ हजारको मृत्यु
तपाईंमा हुन सक्छ दर्जनौँ स्वास्थ्य समस्या



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

छालामा देखिने धेरै किसिमका समस्याहरूलाई हामी नजरअन्दाज गर्दै आएका छौँ । तर मौसममा परिवर्तन आउने बित्तिकै शरीरमा पर्ने पहिलो प्रभाव

दिमागको रक्तनली बन्द हुनु अथवा नली फुटेर रगत बाहिर बग्नुलाई मस्तिष्कघात अथवा स्ट्रोक भनिन्छ । यस्तो अवस्थामा शरीरको आधा भागलाई

हेल्मेट मोटरसाइकल चालकको टाउकोको सुरक्षा कवच हो । बजारमा स्टाइलिस मोटरसाइकल मात्र होइन, स्टाइलिस हेल्मेटको क्रेज पनि उत्तिकै छ ।

आफ्नो बिमारी साथीलाई कुरुवा बस्न महाराजगञ्ज स्थित शिक्षण अस्पताल पुगेका ज्ञानबहादुर लामाको टि–सर्टमा रगतको छिटा देखेपछि अस्पतालमा कार्यरत एक नर्सले