जस्टिन बिबरको अनुहारमा प्यारालाइसिस



हलिउडका प्रख्यात गायक जस्टिन बिबरलाई प्यारालाइसिस भएको छ । जस्टिनलाई रामसे हन्ट सिन्ड्रोम नामको एक दुर्लभ रोगले छोएपछि उनलाई अनुहारको आधा भागमा प्यारालाइसिस भएको हो ।

यो रोग लागेपछि जस्टिन केही समयका लागि आराममा छन् । उनले एक भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्दै आफ्नो कन्सर्टको शो क्यान्सिल गरेको बताएका छन् ।

एक भाइरसको कारण मलाई खतरनाक रोग लागेको छ । यो भाइरस यति खतरनाक छ कि मेरो अनुहारको नशामा आक्रमण गरिरहेको छ । यसकारण मेरो अनुहारको आधा भागमा प्यारालाइसिस भएको छ ।

भिडियोमा जस्टिन निकै कमजोर देखिएका छन् । उनी बोल्न पनि झन्झट मानिरहेका छन् । ‘एक भाइरसको कारण मलाई खतरनाक रोग लागेको छ । यो भाइरस यति खतरनाक छ कि मेरो अनुहारको नशामा आक्रमण गरिरहेको छ । यसकारण मेरो अनुहारको आधा भागमा प्यारालाइसिस भएको छ’,उनले भनेका छन् ।

भिडियोमा उनले आफ्नो अनुहार फ्यानलाई पटक पटक देखाएका छन् । उनले कसरी आफ्नो एक भागको आँखा झिम्कन सकेको छैन भनिरहेका छन् । उनी एक भागमा हास्नसमेत सकेका छैनन् । उनको नाक पनि हल्लिएको छैन ।

‘यो समय म स्टेज प्रस्तुती दिन सकेको छै, किनकी मेरो शरीरले काम नै गरेको छैन । यो भाइरस निकै गम्भीर किसिमको छ । तपाईंहरु मेरो शरीरलाई देख्न सक्नुहुन्छ’, उनले भनेका छन् ।

यो पनि
यी हुन् बुलेटप्रुफ गाडी चढ्ने बलिउड सेलिब्रेटी
‘जी ले जरा’मा कटरिना र विकी अनुबन्धित



...
यस्ता छन् रामसे हन्ट सिन्ड्रोमका लक्षणहरु - Mero LifeStyle Mero LifeStyle

[…] दुर्लभ रोगका कारण उनको आधा अनुहारमा प्यारालाइसिसको समस्या देखिएको छ । […]

Leave a Reply

Your email address will not be published.

सम्बन्धित खबरहरु

तीन वर्ष अघि प्रशारण आएको नेपाली चलचित्र ‘प्रसाद’ को सिक्वेल ‘प्रसाद २’ बन्ने भएको छ । बिहिबार काठमाडौंमा आयोजित पत्रकार

बलिउडको सन् ५० देखि ६० को दशकका फिल्ममा प्रमुख डान्सरका रूपमा परिचित शीला वाजको निधन भएको छ । उनको ९०

साउथ सुपरस्टार नागार्जुन अक्किनेनीले केही समयका लागि फिल्मबाट ब्रेक’ लिने भएका छन् । उनले बिग बोस तेलुगु सिजन ६ को

शिखा बुक्सले २०७८ सालमा डा. खगराज बरालको अनुभूति सङ्ग्रह ‘मालामा नउनिएका फूलहरू’ बजारमा ल्याएको थियो । यस कृतिमा लेखकका व्यक्तिगत

Suggested