असला माछालाई प्रदुषणकै पिरलो



राजेन्द्र विक पेशाले सवारी चालक हुन् । जिपमा यात्रु बोकेर गन्तव्यतिर हुइँकिनु उनको दैनिकी हो । अपर्झट्को बिदा या यात्रु नपाइँदा भने विकलाई पनि फुर्सद मिल्छ । एकै दिनलाई भए पनि नियमित कामबाट उनी उम्कन पाउँछन् ।

विक अहिले ३३ वर्षका भए । फुर्सदमा जहान परिवारलाई समय दिन्छन् । घरधन्दामा सघाउँछन् । यसबाहेक उनको एउटा पुरानो सौख छ, माछा मार्ने । समय निक्ल्यो कि, खोला धाइहाल्छन् उनी । उनी १०–११ वर्षको उमेरदेखि नै खोला आउजाउ गर्थे । माछा मार्न, पौडी खेल्न र बालुवा झिक्न साथीहरूसहित विक खोलामा पुग्थे ।

घरमा बुवाको जाल थियो, त्यसैबाट मैले पनि खोलामा जाल खेल्न सिके, सानो छँदा हत्केला खेलेर पनि माछा छोपिन्थ्यो, भुक थाप्ने चलन पनि थियो ।

गलकोट नगरपालिका–९ मल्मस्थित उनको पुर्ख्याैली घरछेउ भएर दरमखोला बग्छ । असला माछाले देशदेशावर चिनाएको दरमखोलामा विकका बुवा रतनले जाल खेल्थे । माछा मारेरै उनले परिवारको गुजारा धान्थे । पछि राजेन्द्रले पनि बुवाबाट जाल हान्न सिके ।

‘घरमा बुवाको जाल थियो, त्यसैबाट मैले पनि खोलामा जाल खेल्न सिके’, उनी विगततिर फर्किए ,‘सानो छँदा हत्केला खेलेर पनि माछा छोपिन्थ्यो, भुक थाप्ने चलन पनि थियो ।’ माछा मारेर बेचेको पैसाले आफूलाई चाहिने कापीकलम किन्ने गरेको राजेन्द्रले सम्झिए ।

खोला दूषित हुँदै गएको छ, त्यो देख्दा मन खिन्न हुन्छ, अहिले त माछा लुक्ने कुरमा डाइपर, प्लाष्टिक, लुगाफाटाका टुक्रा र सिसा भेटिन्छन् ।

सानैदेखि खोला छेउछाउ खुलेहुर्केको भएर पनि होला उनलाई अहिले पनि समय मिल्दा दरमखोला पुग्न मन लागिहाल्छ । ‘मसँग आफ्नै जाल छ, फुर्सदमा अहिले पनि माछा मार्न जान्छु, तर पहिलेझैँ माछा पनि छैनन्, खोला पनि दूषित हुँदै गएको छ, त्यो देख्दा मन खिन्न हुन्छ’, विकले भने,‘अहिले त माछा लुक्ने कुरमा डाइपर, प्लाष्टिक, लुगाफाटाका टुक्रा र सिसा भेटिन्छन् ।’

उनले आफूहरू सानोमा खोला छिर्दा जुन ढुङ्गाको कुरमा हात छिराए पनि माछा हात लाग्ने गरेको सुनाए । अहिले भने स्थिति त्यस्तो छैन । दिनभर खोला चहारेर जाल हान्दा पनि माछा जालमा पर्दैनन् । माछा लुक्ने कुरमा फोहर भेटिने गरेको दुःखेसो पोखेर विकले मान्छेकै कारण माछा संकटमा परेको दृष्टान्त राखे ।

असला माछाको मुख्य आहारा भनेको लेउ हो, अहिले ढुङ्गामा लेउ होइन, हिलो र फोहर जमेको भेटिन्छ, जथाभावी गिट्टी, बालुवा झिक्ने, फोहर त्यहीँ फ्याँक्ने, खोला मासेर संरचना बनाउने गर्दा माछाको बासस्थान खल्बलिन पुग्यो, दूषित पानीले पनि माछालाई हुर्कन, बढ्न दिएन ।

मानिसले मरेका कुखुरासमेत खोलामा मिल्काउने गरेको उनले सुनाए । चिसो, सफा र बगिरहेको पानी मन पराउने असला माछा हराउँदै जानुमा मुख्य कारण खोला दूषित हुनुरहेको विकको तर्क छ । उनको भनाइमा स्थानीय गोम रानाले पनि ‘सही’ थापे । ‘असला माछाको मुख्य आहारा भनेको लेउ हो, अहिले ढुङ्गामा लेउ होइन, हिलो र फोहर जमेको भेटिन्छ,’ रानाले भने,‘जथाभावी गिट्टी, बालुवा झिक्ने, फोहर त्यहीँ फ्याँक्ने, खोला मासेर संरचना बनाउने गर्दा माछाको बासस्थान खल्बलिन पुग्यो, दूषित पानीले पनि माछालाई हुर्कन, बढ्न दिएन ।’

सहरोन्मुख गलकोटमा आवादी बढेसँगै आसपासका खोलानाला फोहोर र दुर्गन्धित हुँदै गएका छन् । अनियन्त्रित नदीजन्य पदार्थको उत्खननका कारण माछालगायत जलचर संकटमा परेको छ ।

विषादी हाल्ने, पासो थाप्ने र करेन्ट लगाउँदा पनि असला माछा घट्दै गएको छ, कुनै दिन दरमखोलाबाट असला माछा हराएर जान सक्ने खतरा छ ।

जलारीकै रुपमा लामो अनुभव बटुलेका रानाले दरमखोलाको असला माछा लोपोन्मुख अवस्थामा रहेको उल्लेख गरे । ‘विषादी हाल्ने, पासो थाप्ने र करेन्ट लगाउँदा पनि असला माछा घट्दै गएको छ’, उनले भने,‘कुनै दिन दरमखोलाबाट असला माछा हराएर जान सक्ने खतरा छ ।’

स्थानीय तवरबाट माछाको अवैध शिकारलाई नियन्त्रण गर्न खोजिए पनि लुकिछिपी माछा मार्ने गरिएको रानाले बताए । उनले जाल खेल्दा पहिलेझैँ माछा पर्न छाडेको सुनाए । ‘दरमखोलाको असला माछा मारेरै जीवन निर्वाह गर्ने परिवार थुप्रै थिए, अहिले माछाबाटै जीविका धान्छु भन्ने कोही पनि छैनन्, फाट्टफुट्ट गर्ने मात्र छन,’ रानाले भने ।

कुनै समय गलकोट–९ बाँस्खोला, गल्याङ–७ को बामिया, आँगाखेत–९ को काँडेबासलगायत दरमखोला आसपासका दर्जनौँ परिवार माछामा आश्रित थिए । असला माछा कम पाइन थालेपछि मूल्य पनि अकाशिएको छ । एक किलो आलो असला माछा (आन्द्राभुँडी फालेको) रु ११ सयसम्म बिक्री हुने गरेको छ । सुकुटी पारेकोलाई प्रतिकिलो १० हजार रुपैयाँसम्म भन्छन् । होटल, रेष्टराँमा त अझ महँगो पर्छ ।

खोलामा अहिले माछा नै छैन, केही वर्ष माछा मार्न रोक लगाउने हो भने संरक्षण हुनसक्छ, मान्छेकै लापरवाहीका कारण दरमखोलाको असला माछा संकटमा परेको हो ।

त्यही असला माछा जसलाई रानाले आफू सानो छँदा प्रतिकिलो रु ४० सम्ममा बिक्री गरेका थिए । त्यसबेला माछा जति भने पनि पाइन्थ्यो, भाउ सस्तो थियो । अहिले असला माछा पाउनै कठिन छ, भाउ भने छोइनसक्नु छ । माछा मारेर परिवारको आयआर्जनमा सघाउँदै आएका गलकोट–७ मल्म बामियाका सचित्र गुरुङले दरमखोलाको असला माछा लोप हुँदै गएको बताए ।

‘खोलामा अहिले माछा नै छैन, केही वर्ष माछा मार्न रोक लगाउने हो भने संरक्षण हुनसक्छ’, उनले भने, ‘मान्छेकै लापरवाहीका कारण दरमखोलाको असला माछा संकटमा परेको हो ।’ गुरुङसँगै बामियाका युवा अहिले पनि जाल हालेर माछा मार्छन् । कतिपय परिवारको मुख्य कमाइको स्रोतमा माछा नै पर्छ । दरमखोलाछेउ कृत्रिम तलाउमा ‘रेम्बो ट्राउट’सँगै असला माछाको व्यावसायिक पालन गर्दै आएका हुम थापाले असला माछालाई मासिनबाट जोगाउन स्थानीयस्तरमा सचेतना जगाउनुपर्ने बताए ।

विष प्रयोग गर्ने, करेन्ट लगाएर माछा मार्नेलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्छ, यसमा नगर र स्थानीय प्रशासनले कडाइ गर्नुपर्छ, खासगरी खोला आसपासमा रहेका बस्ती र त्यहाँका युवाहरूलाई असला माछा संरक्षणको कुरा बुझाउनुपर्छ ।

‘विष प्रयोग गर्ने, करेन्ट लगाएर माछा मार्नेलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्छ, यसमा नगर र स्थानीय प्रशासनले कडाइ गर्नुपर्छ,’ थापाले भने,‘खासगरी खोला आसपासमा रहेका बस्ती र त्यहाँका युवाहरूलाई असला माछा संरक्षणको कुरा बुझाउनुपर्छ ।’

मनपरी हिसाबले शिकार हुने र खोलानालाको पर्यावरण पनि बिग्रदै गएमा रैथाने जातको असला माछा सधैँका लागि हराएर जाने उनको भनाइ छ । दरमखोला मात्रै नभएर यहाँका बडिगाड, ठेउलेलगायतका खोलानालामा पनि असला माछा संकटमा छ । रेष्टुराँ व्यवसायीसमेत रहेका थापाले दरमखोलाको असला माछा ‘ब्राण्ड’जस्तो बनिसकेको बताए । होटल, रेष्टुराँमा पनि असला माछाको परिकार ग्राहकको रोजाइमा पर्ने गरेको छ । दरमखोलाको असला माछा विदेशमा समेत कोशेलीका रुपमा जान्छ ।

केन्द्रले नदीनालामा माछाका भुराहरू छाड्ने, खोला आसपासका बासिन्दालाई माछापालन व्यवसायका लागि सहायता गर्नेलगायतका काम गर्छ, बागलुङमा पनि हामी मिलेर काम गर्दैछौँ ।

सुकुटी पारिएको माछालाई महँगोमा किनेर भए पनि बाहिर रहेका आफन्तलाई पठाउने चलन छ । व्यवसायीले पनि विदेशमा कोशेली पठाउनेलाई लक्षित गरी माछाको सुकुटी बनाउँछन् । पोखरा, काठमाडौँजस्ता सहरमा पनि दरमखोलाको असला माछा पुग्छ । आलो माछालाई हप्तौँसम्म आगोमा सेकाएर सुकुटी बनाइन्छ ।

भेटेरेनरी अस्पताल तथा पशुविज्ञ केन्द्रका प्रमुख डा ऋषिराम सापकोटाले नदीनाला एवं प्राकृतिक जलाशयहरूमा माछा उत्पादन बढाउन स्याङ्जाको मिर्मिमा रहेको मत्स्य विकास केन्द्रमार्फत काम भइरहेको बताए । ‘केन्द्रले नदीनालामा माछाका भुराहरू छाड्ने, खोला आसपासका बासिन्दालाई माछापालन व्यवसायका लागि सहायता गर्नेलगायतका काम गर्छ, बागलुङमा पनि हामी मिलेर काम गर्दैछौँ’, उनले भने ।

तटीय क्षेत्रमा बसोबास गर्ने, जो वर्षौंदेखि माछाको व्यवसायसँग जोडिनुभएको छ, उहाँहरू पनि संवेदनशील हुनुपर्यो, खोलामा जथाभावी गर्न दिनुभएन ।

गलकोट नगरप्रमुख भरत शर्मा गरैले दरमखोलामा हुने गरेको माछाको अवैध सिकारलाई नियन्त्रण गरिने प्रतिबद्धता जनाए । उनले स्थानीयसँग मिलेर रैथाने जातका माछाको संरक्षण योजना बनाइने बताए । ‘माछा मार्न खोलामा विष हाल्ने, करेन्ट लाउने, पासा थाप्ने जस्ता गतिविधि रोक्न प्रहरीलाई पनि निगरानी र कडाइ गर्न भन्छौँ,’ उनले भने,‘तटीय क्षेत्रमा बसोबास गर्ने, जो वर्षौंदेखि माछाको व्यवसायसँग जोडिनुभएको छ, उहाँहरू पनि संवेदनशील हुनुपर्यो, खोलामा जथाभावी गर्न दिनुभएन ।’

केही वर्षअघि माछा मार्ने जलारी र स्थानीय सरोकारवाला पक्षको निर्णयबाट खोलामा बम हान्न, विष हाल्न र विद्युतीय शक्ति लगाएर माछा मार्न प्रतिबन्ध लगाइएपनि त्यो धेरै समय टिकेन । स्थानीय प्रशासनले पनि माछाको अनाधिकृत सिकारलाई रोक्न सकेन । असला माछाले वनस्पतिजन्य सुक्ष्म जीव लेउ, पानीमा बस्ने जीव गङ्गटा, झिँगे माछा, शङ्खे किरा, जलीय झारपात र किरा–फट्याङ्ग्राको आहारा गर्ने मत्स्य विज्ञहरू बताउँछन् ।

खोलानालाको पानी दूषित भएमा असला माछालाई रोग लाग्ने गरेको उनीहरूको भनाइ छ । असला माछा उच्च तथा पहाडी भेगका नदीनाला र तालतलैयामा पाइन्छ । १० देखि १५ डिग्री तापक्रममा यो माछा बाँच्छ । असला स्वादिलो माछामा गनिन्छ । यसको शरीर कत्लाले ढाकिएको हुन्छ । असलाले चिसो र बग्ने पानी मन पराउँछ । यो माछाको १७ प्रजातिमध्ये नेपालमा नौ प्रजाति रहेको बताइन्छ । असला माछाले कात्तिक–मंसिर र माघ–फागुनमा प्रजनन गर्छ ।

मनिसलाई चाहिने प्रोटिनको भरपर्दो र सर्वोत्तम स्रोतका रुपमा असला माछालाई लिइन्छ । नेपालमा ६ सयदेखि ३ हजार ५ सय मिटरको उचाइसम्म असला माछा पाइन्छ । स्वादिष्ट र गुणकारी असला माछालाई संकटबाट नजोगाउने हो भने गायक वसन्त थापा र गायिका निता पुनमगरको गीतमा मात्र सीमित नबन्ला भन्न सकिन्न ।

‘माछा मिठो असला दरमखोलाको
ओ… मायाले सुनेनौ र बो’लाको, किन टोलाको…!’

यो पनि…
किन तान्छ गाजा दहको सौन्दर्यले ?
प्रचार-प्रसारको अभावले ओझेलमा बराह ताल



...
Squancy

lasix and kidney function on a Likert scale from 0 good to 4 bad

...
Enemexept

1997 Jan; 11 1 19 28 generic over the counter clomid at walmart Serum phosphate levels have been noted to decrease after administration of pamidronate disodium, presumably because of decreased release of phosphate from bone and increased renal excretion as parathyroid hormone levels, which are usually suppressed in hypercalcemia associated with malignancy, return toward normal

...
ceteraree

ivermectin for humans Yourfamilies will be our prayers, Jerome Theresa High Horse Wanblee SD 8 3 2017

...
orikige

22USD tablet Nu Naprox 500 mg Tablet 0 doxycycline shelf life Tamoxifen induces hepatocellular carcinomas in rats and is converted by rat hepatic cytochrome P450 enzymes into reactive metabolites capable of forming adducts with nucleic acids, proteins and chromosomal aberrations

...
Scieste

nolvadex where to buy And anyone with a family history of breast cancer who takes tamoxifen or raloxifene has a higher than average risk, too

...
Ornadia

order priligy online uk DISCUSSION The ocular side effects of tamoxifen citrate include cataracts, vortex keratopathy, optic neuritis, and crystalline retinopathy

Leave a Reply

Your email address will not be published.

सम्बन्धित खबरहरु

शारीरिक रूपमा हामी स्वस्थ हुन धेरै किसिमका शारीरिक कसरत गर्छौ भने शरीरलाई हुने किसिमले धेरै किसिमका खानेकुराहरू खाने पनि गर्छौ

धेरैजस्तो मानिसहरू आफ्नो घरमा रङको छनोट गर्दा सेतो, सादा तथा हल्का रङ छान्ने गरेका छन् । सोही रङ भित्री कोठाहरूमा

तपाईँले आजसम्म धेरै पानीका स्रोतहरूको बारेमा सुन्नु भएको होला। धेरै पानी स्रोतहरूको आफ्नै कथा छ। कुनै जल कुण्ड आफ्नो श्रापको

शरीरमा स्ट्रेच मार्कहरू हुनु एकदमै स्वाभाविक हो र यसमा लाज मान्नु पर्ने केही छैन। कहिलेकाहीँ केही विशेष अवसरहरूमा हामी तिनीहरूलाई

Suggested