होमस्टेले फेरिँदै महिलाको दैनिकी



समाजमा महिलालाई हेय भावले हेर्ने परम्परा हिजोआज पनि विद्यमान छ । महिलालाई चुलो र चौकामा मात्रै सीमित गर्नुपर्छ भन्ने मानसिकता पनि नभएको होइन । तर, यही विभेदका बीच पनि लमजुङका महिलाहरू भने व्यवसायिक जीवनतर्फ उन्मुख छन् । उनीहरूले आफ्नै घरमा होमस्टे खोलेका छन्, सँगसँगै मनग्य आम्दानी पनि गरेका छन् ।

कुनैबेला पर्यटकीय गाउँ घलेगाउँकी विष्णुमाया घले घरधन्दा र बन पाखामा खास दाउरा गरेर नै आफ्नो जीवन बिताउँथिइन् । तर गाउँमा होमस्टे सुरु भएपछि उनको दैनिकी फेरिएको छ । अहिले उनले गाउँमै होमस्टे खोलेर सेवासँगै नाम र दाम पनि कमाइरहेकी छन् । घले विगत नौ वर्षदेखि यो पेसामा सक्रिय छन् ।

घरमा आएका पाहुनालाई खाना दिने र उनीहरूलाई नाचगान देखाउँदैमा समय बितेको छ । योसँगै आम्दानी पनि उत्तिकै छ ।

ऊर्जाशील समय चुलो चौकासँगै घाँस दाउरा गर्दैमा बित्यो । आफूलाई आवश्यक पर्ने खर्च पनि श्रीमन‍कै भर पर्नुपर्ने बाध्यता थियो । उनी मात्र होइन काउलेपानी होमस्टेकी सञ्चालक तिलकाशी गुरुङ पनि गाउँमै होमस्टे सञ्चालनबाट मनग्य आम्दानी गर्दै आएकी छन् । उनी भन्छिन्, ‘घरमा आएका पाहुनालाई खाना दिने र उनीहरूलाई नाचगान देखाउँदैमा समय बितेको छ । योसँगै आम्दानी पनि उत्तिकै छ ।’ उनीहरू त प्रतिनिधि पात्र मात्र हुन् अहिले जिल्लाका ग्रामिण भेगमा सञ्चालनमा आएका अधिकांश होमस्टे सञ्चालक महिला नै छन् । उनीहरू घरमा होमस्टे सञ्चालन गरेर मनग्य आम्दानी गरिरहेका छन् ।

होमस्टेले फर्कायो गाउँ

सुरुवाती अवस्थामा जीविकोपार्जन कै लागि सदरमुकाम हानिएका महिलाहरू पछिल्लो समय आफ्नै गाउँमा फर्किन थालेका छन् । गाउँमा आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा वृद्धि भएपछि गाउँ फर्किएर होमस्टेको थालनी गर्ने महिलाहरूको संख्यामा वृद्धि भएको क्व्होसोथार गाउँपालिकाका अध्यक्ष एवं होमस्टेका योजनाकार प्रेम घलेले बताए ।

उनका अनुसार सामान्य अवस्थामा पनि एउटा महिलाले मासिक ५० देखि ६० हजारको हाराहारीमा कमाई गर्न थालेका छन् । होमस्टेकी सञ्चालक विमाया घलेले पाहुना आउँदा गाउँका सबै महिला मिलेर स्वागत सत्कार तथा नाचगान गर्ने हुँदा गाउँमा एकता भएको छ । उनका अनुसार महिलाहरूमा होमस्टे चलाउन थालेपछि परिवर्तन आउन थालेको छ ।

होमस्टेमा महिलाको सक्रियता

लमजुङ जनजातिको बाहुल्यता रहेको जिल्ला हो । यसैले पनि यहाँका विभिन्न स्थानमा होमस्टे फस्टाउँदै गएका छन् । घरधन्दामा मात्रै सीमित हुने यहाँका महिलाहरू होमस्टेका कारण जीवन नै परिवर्तन हुन थालेको बताउँछन् ।

घाँस, दाउरा र मेलापातमा मात्रै सीमित हुँदा आर्थिक संकट भोग्दै आएका लमजुङका महिलाहरू होमस्टे सञ्चालनसँगै सक्षम बन्दै गएका छन् । होमस्टेले आर्थिक मात्रै होइन सामाजिक जीवनमा समेत परिवर्तन ल्याएको होमस्टेका महिला सञ्चालक बताउँछन् ।

होमस्टेले महिलाहरूलाई नेतृत्व गर्ने शैली र बोल्ने क्षमतामा सहयोग पुर्‍याएको छ, एकातिर आम्दानीको स्रोत बनेको छ भने अर्कोतिर सामाजिक काममा समेत व्यस्त बनाएको छ ।

जिल्लामा अहिले २० भन्दा बढी सामुदायिक होमस्टेमा महिलाको सक्रियता छ । सामाजिक कार्यमा सहभागी नभएका महिलाहरू होमस्टे सञ्चालकसँगै बोल्न सक्ने, तालिममा सहभागी हुने, पर्यटनको विकासमा लाग्न समेत थालेको घरेलु विकास समितिका अधिकारीहरू बताउँछन् । सुरुमा होमस्टे सञ्चालनबारे अनभिज्ञ रहेका महिलाहरू आफ्नो दैनिकीसँगै होमस्टेमा आएका पाहुनाको स्वागत तथा सत्कारमा जुट्ने गर्छन् ।

घरखर्च चलाउनसमेत श्रीमान् र परिवारका सदस्यको भरमा पर्ने महिलाहरू होमस्टे सञ्चालनसँगै आर्थिक रूपमा समेत सबल बन्दै गएको र गाउँलाई फरक पहिचानमा चिनाउन सफल भएको काउलेपानी होमस्टे व्यवस्थापन समितिका अध्यक्ष देवबहादुर गुरुङ बताउँछन् । उनका अनुसार होमस्टेमा पुरुषभन्दा महिलाको बाहुल्यता बढी छ ।

नेतृत्व गर्ने क्षमतामा वृद्धि

कुनैबेला गाउँमा पर्यटक आउँदा लुक्ने र भाग्ने गरेका जिल्लाका ग्रामीण भेगका महिला पछिल्लो समय व्यवसायी बनेका छन् । होमस्टे व्यवसायसँगै अहिले उनीहरूको आनीबानीमा समेत परिवर्तन आएको छ । होमस्टेले गाउँले महिलाहरूमा नेतृत्व गर्ने क्षमताको विकास भएको पुमा होमस्टेकी सञ्चालक आशमाया गुरुङ बताउँछिन् ।

गाउँमा होमस्टे सञ्चालनमा आएपछि गाउँघरका दिदीबहिनीहरूको दैनिकीमा परिवर्तन आएको छ, हाम्रो काम गर्ने शैली, बोलीचाली र भेषभूषामा समेत सुधारिएको छ ।

उनका अनुसार केही वर्षयता महिलाहरू संघसंस्था हुँदै वडा र जिल्ला तहको राजनीतिक नेतृत्वसम्म पुगेका छन् । ‘होमस्टेले महिलाहरूलाई नेतृत्व गर्ने शैली र बोल्ने क्षमतामा सहयोग पुर्‍याएको छ,’ उनले भनिन्, ‘एकातिर आम्दानीको स्रोत बनेको छ भने अर्कोतिर सामाजिक काममा समेत व्यस्त बनाएको छ ।’

महिलाहरूले घरायसी कामबाहेक होमस्टे सञ्चालन गरी राम्रो आम्दानी मात्रै होइन व्यक्तित्व विकाससमेत गर्दै आएको होमस्टेका अर्का सञ्चालक दुर्गाबहादुर गुरुङ गुरुङ बताउँछन् । ‘गाउँमा होमस्टे सञ्चालनमा आएपछि गाउँघरका दिदीबहिनीहरूको दैनिकीमा परिवर्तन आएको छ,’ उनले भने, ‘हाम्रो काम गर्ने शैली, बोलीचाली र भेषभूषामा समेत सुधारिएको छ ।’

यो पनि…
प्रचुर सम्भावना बोकेको गुमनाम ‘इन्द्रेणी झरना’
सुखीहरूको गाउँ ‘घलेगाउँ’



Leave a Reply

Your email address will not be published.

सम्बन्धित खबरहरु

काठमाडौँको बल्खु खोलामा मिसिने चन्द्रागिरि नगरपालिकाको मुहान क्षेत्र (नागढुङ्गा) देखि नै खोलामा दैनिक फोहर फालिएको छ । जाने बुझेका नागरिक

धरान घरभई भक्तपुरको सूर्यविनायक नगरपालिका–५ कटुञ्जे बस्ने ३० वर्षीय राजेश गुरागाईँ बिहान ६ बजे फोहर सङ्कलनका लागि निस्कन्छन् । विगत

यही साउन अन्तिम सातादेखि काठमाडौँ उपत्यकाको कुहिने फोहर यहीँ नै व्यवस्थापन सुरु हुने भएको छ । जटिल बनिरहेको उपत्यकाको फोहर

त्यसो त फोहरमैला व्यवस्थापनका लागि विद्यमान कानुनी अड्चन छैन् । फोहरमैला व्यवस्थापनसम्बन्धी ऐन, २०६८ जारी भइसकेको छ । तीन तहका

Suggested