के हो ब्ल्याक बक्स, विमान दुर्घटनापछि यसको खोजी किन हुन्छ ?



मुस्ताङको दुर्गम भेगमा दुर्घटनाग्रस्त तारा एअर विमानको ककपिट भोइरस रेकर्डर (सीभीआर) फेला परेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । यसलाई चलनचल्तीको भाषामा ‘ब्ल्याक बक्स’ पनि भनिन्छ ।

प्राधिकरणका अनुसार पोखराबाट जोमसोमका लागि आइतवार बिहान उडेको उक्त विमान दुर्घटनामा पर्दा त्यसमा सवार सबै २२ जनाको मृत्यु भएको र उनीहरू सबैको शव फेला परिसकेको छ । दुर्घटनामा ज्यान गुमाउने सबै २२ जनाको शव र ब्ल्याक बक्स भेटिएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता देवचन्द्र लाल कर्णले पुष्टि गरेका छन् ।

हामीले ‘ब्ल्याक बक्स’ भनेर चिनेको सामग्रीको वास्तविक नाम फ्लाइट डाटा रेकर्डर (एफडीए) हो । यसले वास्तवमै तथ्यांकको रेकर्ड राख्छ ।

विमानमा सवार १९ यात्रु र चालक दलका तीन सदस्यको घटनास्थलमै मृत्यु भएको थियो । पोखराबाट जोमसोमका लागि आइतवार उडेको ट्विनअटर विमान मुस्ताङको थासाङ गाउँपालिकास्थित १४ हजार ५ सय फिटको उचाइमा दुर्घटनाग्रस्त अवस्थामा सोमवार बिहान फेला परेको थियो ।

दुर्घटना जाँच आयोगका सदस्यसचिव बुद्धिसागर लामिछानेका अनुसार दुर्घटनाग्रस्त विमानको ककपिट भोइस रेकर्डर (सीभीआर) जिम्मामा लिई आईकाओको प्रावधानअनुसार दुर्घटनाको जाँच सुरु भइसकेको छ ।

ब्ल्याक बक्सबारे बुझनुपर्ने तथ्य

ब्ल्याक बक्सबारे धेरैले नाम सुनेको हुनुपर्छ । विमान दुर्घटनापछि सधैं ब्ल्याक बक्स खोजिन्छ, किनकी यसमा भएको तथ्यांकले विमान दुर्घटनाको कारण पत्ता लगाउन सहयोग गर्छ । तर, वास्तवमा ब्ल्याक बक्स भनेको के हो ? नामअनुसार यो किन कालो हुँदैन् ? रोचक तथ्य :

आधिकारिक रूपमा यो ब्ल्याक बक्स होइन

हामीले ‘ब्ल्याक बक्स’ भनेर चिनेको सामग्रीको वास्तविक नाम फ्लाइट डाटा रेकर्डर (एफडीए) हो । यसले वास्तवमै तथ्यांकको रेकर्ड राख्छ । दुर्घटनापछि अनुसन्धानलाई सहज बनाउन, इन्जिनको आवाज, तापक्रम, इन्धनको प्रवाह, विमानको गति, उचाइ र झर्ने दरलगायतका उडानसँग सम्बन्धित तथ्यांकको यसले रेकर्ड राख्छ । यसलाई ब्ल्याक बक्सभन्दा रेकर्डर भन्नु बढी उपर्युक्त हुन्छ । पहिला यो एउटा बक्सको आकारमा हुने भए पनि अहिले यसको आकार हल्का सिलिन्डर जस्तो हुन्छ ।

सामान्यतया दुई ओटा बक्स हुन्छन्

फ्लाइट डाटा रेकर्डरको नजिकै ककपिट भोइस रेकर्डर (सीभीआर) हुन्छ । ककपिट भोइस रेकर्डर एउटा उडान रेकर्डर हो, जुन ककपिटको अडियो वातावरण रेकर्ड गर्न प्रयोग गरिन्छ । उदाहरणको लागि विमान दुर्घटनापछिको अनुसन्धानमा एयर ट्राफिक कन्ट्रोलसँग भएका सञ्चारलाई आधार मानिन्छ । कहिलेकाही एफडीआर र सीभीआरलाई जोडेर एउटा बक्स बनाइन्छ । सीभीआरले ककपिटको दुई घन्टासम्मको आवाज रेकर्ड गर्छ ।

पानीभित्र डुब्दा पनि यसमा खासै असर हुँदैन् । ब्ल्याक बक्समा रेकर्ड भएको आवाजलाई अनुसन्धानकर्ताहरूले टाढाबाट पनि पहिचान गर्न सक्छन् । ब्ल्याक बक्सले विमान दुर्घटनाको स्पष्ट तस्विर प्रतिबिम्बित गर्दैन तर विमान दुर्घटनाको अनुसन्धानमा यसले महत्वपूर्ण भूमिका खेल्छ ।

यो कालो नभएर सुन्तला रंगको हुन्छ

ब्ल्याक बक्स आगो प्रतिरोधी सामग्रीबाट बनेको हुन्छ जुन उज्यालो सुन्तला रंगको हुन्छ । यसलाई ओरेन्ज बक्स नभनी किन ब्ल्याक बक्स भनियो भन्ने बारेमा केही प्रष्ट छैन् । दुर्घटनापछि यो प्रायः कालो हुन्छ । यो हल्का गुलाफी र रातो रंगको पनि हुन्छ । अस्ट्रेलियाका वैज्ञानिक डेभिड वारेनले सन् १९५७ मा ब्ल्याक बक्सको आविष्कार गरेका थिए ।

यसलाई ककपिटमा राखिदैन

तथ्यांक र आवाज ककपिटबाटै रेकर्ड गरिने भए पनि ब्ल्याक बक्सलाई ककपिटभित्र भने राखिदैन । सामान्यतया तिनीहरू विमानको अगाडि वा पछाडि हुन्छ, जहाँ विमानको संरचनाले तिनीहरूलाई दुर्घटनाको अवस्थामा सबैभन्दा राम्रो सुरक्षा गर्दछ । ब्ल्याक बक्स टाइटेनियम धातुबाट बनेको हुन्छ । यसले बिना बिजुली ३० दिनसम्म काम गर्न सक्छ । यसले ११ हजार डिग्री सेल्सियसको तापक्रम सहन सक्छ ।

पानीभित्र डुब्दा पनि यसमा खासै असर हुँदैन् । ब्ल्याक बक्समा रेकर्ड भएको आवाजलाई अनुसन्धानकर्ताहरूले टाढाबाट पनि पहिचान गर्न सक्छन् । ब्ल्याक बक्सले विमान दुर्घटनाको स्पष्ट तस्विर प्रतिबिम्बित गर्दैन तर विमान दुर्घटनाको अनुसन्धानमा यसले महत्वपूर्ण भूमिका खेल्छ ।

याे पनि:
शोकमा रुँदैछ धनुषाको लोहटा



Leave a Reply

Your email address will not be published.

सम्बन्धित खबरहरु

काठमाडौँको बल्खु खोलामा मिसिने चन्द्रागिरि नगरपालिकाको मुहान क्षेत्र (नागढुङ्गा) देखि नै खोलामा दैनिक फोहर फालिएको छ । जाने बुझेका नागरिक

एसिया कप २०२२ का लागि भारतीय टोली तयारीमा जुटेको छ। यसका लागि चयनकर्ताले भारतीय टीमको घोषणा गरेका छन्। एसिया कप

धरान घरभई भक्तपुरको सूर्यविनायक नगरपालिका–५ कटुञ्जे बस्ने ३० वर्षीय राजेश गुरागाईँ बिहान ६ बजे फोहर सङ्कलनका लागि निस्कन्छन् । विगत

यही साउन अन्तिम सातादेखि काठमाडौँ उपत्यकाको कुहिने फोहर यहीँ नै व्यवस्थापन सुरु हुने भएको छ । जटिल बनिरहेको उपत्यकाको फोहर

Suggested