English

पोखराबाट जोमसोमका लागि उडेको तारा एयर लेतेमाथि दुर्घटना भएको आशंका



पोखराबाट जोमसोमका लागि उडेको तारा एयर सम्पर्कविहीन भएको छ । तारा एयरको ट्वीनअटर विमान ९ बजेर ५५ मिनेटमा उडेको थियो । नागरिक उड्ययन प्राधिकरण पोखराका प्रमुख विक्रम गौतमका अनुसार जहाज सम्पर्कमा छैन ।

पोखराबाट १७ देखि बढीमा २० मिनेटमा जहाज पुग्छ । जहाज १७ मिनेटमा पुग्नुपर्नेमा डेढ घण्टासम्म सम्पर्कमा नआएपछि अहिले खोजी सुरु भएको छ ।

म्याग्दीका स्थानीयको अनुसार उक्त जहाज म्याग्दी कटेर धवलागिरीतर्फ मोडिएको थियो । त्यसपछि सम्पर्कविहीन भएकोले मुस्ताङ क्षेत्रमै दुर्घटना भएको अनुमान गरिएको छ ।

अहिले यो रुटमा बादल लागिरहेको बताइएको छ । यसअघि बिहान समिट एयरको २ जहाज जोमसोम पुगिसकेको थियो ।

बेपत्ता जहाजमा चालक दलसहित २२ जना रहेको खुलेको छ । चालक दलका तीनसहित १९ यात्रु गएको विमानस्थलले जनाएको छ ।

चालक दलमा क्याप्टेन प्रभाकर घिमिरे र उत्सव पोखरेल तथा एयर होस्टेज क्रिष्टी थापा थिए । यस्तै, यात्रुहरूमा बान्देकर वैसवी, इन्द्रबहादुर गोले, पुरुषोत्तम गोले, राजनकुमार गोले, मेइक ग्रीटग्राफ, बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रश्मी श्रेष्ठ, रोजिना श्रेष्ठ गएका थिए ।

यसैगरी, प्रकाश सुनुवार, मकरबहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुलसादेवी तामाङ, अशोककुमार त्रिपाठी, धनुश त्रिपाठी, ऋतिका त्रिपाठी, वी विलनर पनि जहाजमा रहेको खुलेको छ । चालक दल तीन सदस्यसहित १६ नेपाली, चार भारतीय र दुई जर्मनी छन् । चालक दल तीन सदस्यसहित १६ नेपाली, चार भारतीय र दुई जर्मनी हुन् । 

उक्त जहाज मुस्ताङको लेतेमाथीको डाँडामा दुर्घटना भएको आशंका गरिएको छ । तर, पुष्टि भएको छैन । जोमसोमबाट भर्खरै खोजीका लागि हेलिकोप्टर उडेको छ । मौसम खराव भएका कारण समस्या भैरहेको जोमसोम विमानस्थलले जनाएको छ ।

यो पनि…
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजीरा एयरवेजको पहिलो उडान
उडानको तयारीमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (फोटो फिचर)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

काठमाडौँः विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले धरानलाईन, इटहरी र लायन्सचोक, नारायणगढमा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । यी सर्भिस सेन्टरहरु

काठमाडौं। युवा गायक बिरज महर्जनको नयाँ म्युजिक भिडियो ‘साइली’ र नेपाल भाषाको ‘छ लिसे’ बोलको म्युजिक भिडियो एकसाथ सार्वजनिक भएको

Latest










Popular
Suggested