English

राजामौली र महेशबाबु एड्भेन्चर फिल्ममा सहकार्य गर्दै



‘बाहुबली’ र ‘आरआरआर’ फेम्ड निर्देशक एसएस राजामौली र तेलुगू सुपरस्टार महेश बाबुले आगामी फिल्ममा सहकार्य गर्ने भएका छन् ।

दक्षिण भारतीय फिल्मका यी दुई ठूला नामले समकालीन एड्भेन्चर फिल्ममा टिमअप गर्न लागेको बलिउड हंगामाले जनाएको छ । स्क्रिप्ट तयार भएको फिल्मको छायांकन जुलाईदेखि सुरु हुने भएको छ ।

यस फिल्मको कथालाई राजामौली र उनको पटकथा लेखक विजयेन्द्र प्रसादले संयुक्त रुपमा लेखेका हुन् । निकट स्रोतका अनुसार अभिनेता महेश बाबु करिअरको यो बिन्दुमा महेशबाबु पिरियोडिक ड्रामा तथा पिरियोडिक फिल्म बनाउन उत्सुक छैनन् ।

उनका प्रशंसक समकालीन कथावस्तुमा आधारित फिल्म हेर्न रुचि राख्छन् । राजामौलीको समकालीन सेटमा फिल्म छायांकन हुने उल्लेख छ । यो भन्दा पनि महत्वपूर्ण यो छ कि महेश बाबु र राजामौलीको नयाँ फिल्ममा बलिउड अभिनेत्री हुनेछैनन् ।

एक वर्षअघिसम्म श्रद्धा कपुर, दीपिका पादुकोण र पूजा हेग्डेजस्ता ए–लिस्टर बलिउड अभिनेत्रीलाई राम्रो पारिश्रमिक दिने गरिन्थ्यो, तर भारतभर ‘पुष्पा’ र ‘केजीएफ’को बक्स अफिस सफलतापछि यो ट्रेण्डमा परिवर्तन आएको छ । यसकारण महेशबाबु र राजामौली हिन्दी फिल्ममा अहिलेसम्म नदेखिएकी अभिनेत्री यसमा लिन चाहन्छन् ।

यो पनि…
‘पुष्पा २’लाई ठूलो स्केलमा बनाइँदै
नेपालसँगै भारतमा पनि एकसाथ चल्दै ‘प्रेमगन्ज’



...
зарубежные сериалы смотреть онлайн

Keep on working, great job! зарубежные сериалы в хорошем HD качестве

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

अहिले होली पर्वलाई भाङ खाने, मदिरापान गर्ने, होहल्ला गर्ने गरेर मनाउन थालिएको छ । यसले यो पर्वको महत्वलाई भुलाउदै नराम्रो

सहरका स्थानीय रैथाने चिनियाँ नयाँ वर्षको उमंगमा उर्लिरहेका बेला गत आइतबार हङकङेली नेपालीहरूको लामै लर्को भने युङ लङ थिएटरतर्फ सोझिएको

नेवार समुदायले मनाउने यःमरि पुन्हि अर्थात योमरी पूर्णिमा र ज्यापु दिवस आज मुलुकभर उल्लासका साथ मनाईदैछ । हरेक वर्ष धान्य

गुरुङ जातिको महान चाड तमु ल्होसारको छेकपारि ज्योति गुरुङको शब्दमा आयो तमु ल्होसार सार्वजनिक भएको छ । बेलायतमा बसोबास गर्दै