English

राजामौली र महेशबाबु एड्भेन्चर फिल्ममा सहकार्य गर्दै



‘बाहुबली’ र ‘आरआरआर’ फेम्ड निर्देशक एसएस राजामौली र तेलुगू सुपरस्टार महेश बाबुले आगामी फिल्ममा सहकार्य गर्ने भएका छन् ।

दक्षिण भारतीय फिल्मका यी दुई ठूला नामले समकालीन एड्भेन्चर फिल्ममा टिमअप गर्न लागेको बलिउड हंगामाले जनाएको छ । स्क्रिप्ट तयार भएको फिल्मको छायांकन जुलाईदेखि सुरु हुने भएको छ ।

यस फिल्मको कथालाई राजामौली र उनको पटकथा लेखक विजयेन्द्र प्रसादले संयुक्त रुपमा लेखेका हुन् । निकट स्रोतका अनुसार अभिनेता महेश बाबु करिअरको यो बिन्दुमा महेशबाबु पिरियोडिक ड्रामा तथा पिरियोडिक फिल्म बनाउन उत्सुक छैनन् ।

उनका प्रशंसक समकालीन कथावस्तुमा आधारित फिल्म हेर्न रुचि राख्छन् । राजामौलीको समकालीन सेटमा फिल्म छायांकन हुने उल्लेख छ । यो भन्दा पनि महत्वपूर्ण यो छ कि महेश बाबु र राजामौलीको नयाँ फिल्ममा बलिउड अभिनेत्री हुनेछैनन् ।

एक वर्षअघिसम्म श्रद्धा कपुर, दीपिका पादुकोण र पूजा हेग्डेजस्ता ए–लिस्टर बलिउड अभिनेत्रीलाई राम्रो पारिश्रमिक दिने गरिन्थ्यो, तर भारतभर ‘पुष्पा’ र ‘केजीएफ’को बक्स अफिस सफलतापछि यो ट्रेण्डमा परिवर्तन आएको छ । यसकारण महेशबाबु र राजामौली हिन्दी फिल्ममा अहिलेसम्म नदेखिएकी अभिनेत्री यसमा लिन चाहन्छन् ।

यो पनि…
‘पुष्पा २’लाई ठूलो स्केलमा बनाइँदै
नेपालसँगै भारतमा पनि एकसाथ चल्दै ‘प्रेमगन्ज’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । महाकाव्यका गम्भीर भाव, राष्ट्रिय चेतना, मातृभूमिप्रतिको समर्पण र मानवीय संवेदनालाई संगीतको मधुर लयमा बाँध्दै श्रोतामाझ पुर्‍याउने उद्देश्यले तयार

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

Latest










Popular
Suggested