काठमाडौंमा बालेनको अग्रता कायमै



काठमाडौं मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायमै राखेका छन् । निर्वाचन आयोगले औपचारिक रुपमा दिएको पछिल्लो जानकारीअनुसार बालेनले चार हजार ३०३ मतले मतान्तरले अग्रता कायम राखेका छन् ।

वडा नम्बर १ र २ मतगणना सकिएको र केही वडाको गणना भइरहेको जानकारी दिएको आयोगले पछिल्लो विवरणअनुसार बालेनले नौ हजार ४९९ मत ल्याएर अग्रता लिइरहेका बताएको छ ।

‘ लौरौले (बालेन साह)ले नौ हजार ४९९ मत पाएको छ,’ मुख्य निर्वाचन अधिकृतको कार्यालय काठमाडौंका प्रेमकुमार श्रेष्ठले भने ।

उनका अनुसार दोस्रोमा रहेर पछ्याइरहेका एमाले उम्मेदवार केशव स्थापितले पाँच हजार १९६ मत पाएका छन् भने कांग्रेसकी सिर्जना सिंहले चार हजार ५४० मत पाएकी छन् ।

यसैैगरी, राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठले ८८१ मत पाएका छन् । मतगणना जारी छ ।

यो पनि…
मतदानमा प्रधानमन्त्रीदेखि उम्मेदवारसम्म
कुन नेताले कहाँबाट दिदैछन् मत ?



Leave a Reply

Your email address will not be published.

सम्बन्धित खबरहरु

माल्दिभ्सका प्रमुख निर्वाचन आयुक्त तथा दक्षिण कोरियाका निर्वाचन आयुक्तसहितको प्रतिनिधिमण्डल काठमाडौंका विभिन्न मतदान केन्द्र पुगेर प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको

असल नेता बन्नको लागि यी गुण आवश्यक छन्ः साहस र सहनशीलता प्रख्यात कवि हरिवंश राय ‘बच्चन’को कवितामा एउटा पङ्क्ति छ–

नेपाली समाजमा शुभ कार्य गर्नुअघि प्राय शुभसाइत हेर्ने चलन छ । कुनै बेला प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्योतिष पण्डित सुरेशचन्द्र रिजालले

आसन्न निर्वाचनमा नेकपा एमालेबाट तनहुँ निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यका लागि पार्टीका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री किरण

Suggested