भारतले रोक्यो नेपालमा गहुँ निर्यात



भारतले गहुँ निर्यातमा अस्थायी रोक लगाएको छ । भारतको यो निर्णयसँगै अब नेपालमा भारतबाट गहुँ आउने छैन ।

रुस–युक्रेन युद्धका कारण भारतमा गहुँ लगायतका खाद्य वस्तुको मूल्यवृद्धि भएपछि भारतको वैदेशिक व्यापार महानिर्देशनालयले एक सूचना जारी गर्दै गहुँ निर्यातमा अस्थायी रोक लगाएको जनाएको हो ।

भारतको यो निर्णयले नेपाल लगायत थुप्रै देशलाई असर गर्ने जनाइएको छ । भारत विश्वको दोस्रो ठूलो गहुँ उत्पादक राष्ट्र हो ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा भारतबाट नेपालमा ५ अर्ब ९७ करोड २२ लाख २५ हजार रुपैयाँको गहुँ भित्रिएको थियो ।

उक्त मूल्यमा भारतबाट नेपालमा १८ करोड ९ लाख २० हजार ५६४ केजी गहुँ आएको थियो ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा नेपालले कूल ११ अर्ब ९७ करोड ६८ लाख ७६ हजार रुपैयाँको गहुँ भारतबाट आयात गरेको थियो । सो मूल्यमा ३८ करोड ८२ लाख ७८ हजार ८७७ केजी गहुँ नेपाल भित्रिएको थियो ।

नेपालमा भित्रने सबै गहुँ भारतबाट मात्रै आउने गरेको थियो । भारतले रोक लगाएपछि अब नेपालमा पनि गहुँको अभाव हुने देखिएको छ ।

यो पनि…
नेपालमा आठ महिनामा तीन करोडको सियो आयात !
कृषिप्रधान देश : आठ महिनामा ३७ अर्ब रुपैयाँको धान-चामल आयात



Leave a Reply

Your email address will not be published.

सम्बन्धित खबरहरु

स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, काठमाडौं र राष्ट्रिय साहित्य प्रतिष्ठानको संयुक्त आयोजनामा भारतीय कवि नरेश शांण्डिल्यको स्वागत सम्मान तथा नेपाल–भारत कविता

बुधबार सेयर बजार परिसूचक नेप्से १४.३७ अंकले वृद्धि भएको छ । योसँगै नेपाल स्टक एक्स्चेन्ज परिसूचक २२२३.५७ अंकमा उक्लिएको छ

चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो दश महिनामा नेपालले विभिन्न देशबाट १ खर्ब १ अर्ब ५३ करोड ७९ लाख ३४

चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो दश महिनामा नेपालले करिव ३७ अर्ब रुपैयाँको मोबाइल फोन आयात गरेको छ ।अघिल्लो एक

Suggested