English

पैसा नदिएपछि करोडौंको कार लिएर गयो पुलिसले



हरेक देशको सबै कुराको लागि फरक-फरक नियम हुन्छन् । कति देशहरुमा नियम एकदमै कडा हुन्छ, भने कतै अलि लचिलो । बाटोमा सवारी साधन चलाउनेदेखि लिएर ड्राइभिङ लाइसेन्स तथा ट्राफिक नियम सबै तिर फरक-फरक हुन्छ । पहिलो पटक नियम तोड्दा ट्राफिकले चिट् काटेर जरिवाना तिराउँछन् । तर बारम्बार यो गल्ति गरिरहँदा ड्राईभिङ लाइसन्स नै रद्ध गरिदिन्छन् । यस्तै एउटा घटना अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । यो घटना रुसको हो ।

यो अनौठो घटना रुसकी सोशल मिडिया स्टार नास्तिया इलिलेवाको साथ घटेको हो । सोशल मिडियामा उनको धेरै फ्यान फलोइङ छ । उनको फोटोहरु पनि फ्यानहरुले मन पराईरहेका हुन्छन् । इन्स्टाग्राममा उनको एउटा फोटोमा पनि करोडौं लाइक आएको हुन्छ । उनी पेशाले ब्लगर हुन् । उनको इन्स्टाग्राममा १० करोड ८० लाख फलोअर छन् । नास्तिया हरेक पटक ट्राफिक नियम तोडिरहेकी थिइन् । चलान काटिएपछि पनि जरिवाना तिरेकी थिइनन्, जसको कारण ट्राफिक पुलिसले उनको करोडौंको कार उठाएर लग्यो ।

एक वर्षमा १९९ चलान

एक रिपोर्टअनुसार, मास्कोमा बस्दै आएकी इविलेवा आजभोलि धेरै चर्चामा छिन् । पछिल्लो एक वर्षमा उनले धेरै पटक ट्राफिक नियम तोडिन् । तपाई आश्चर्यमा पर्नुहुनेछ १९९ पटक उनलाई चलान काटिएको थियो । यति धेरै चलान काटिदा पनि उनले जरिवाना भरिनन् । पटक-पटक सूचना दिदा पनि उनले केही जवाफ दिइनन् । अन्त्यमा ट्राफिक पुलिसले उनको ल्याम्वोर्गिनी कार उठाएर लग्यो, जुन कारको मूल्य लगभग १ करोड ९४ लाख हो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालका जंगलमा विरलै मात्र पाइने मकुना (दाह्रा नभएका हात्ती) पहिलोपटक चितवनको सौराहामा भेटिएको छ । भाले भए पनि दाह्रा नभएको

विश्वमै दुर्लभ मानिएको सेतो रंगको गिद्ध पहिलोपटक नेपालमा भेटिएको छ । नवलपुरको गिद्ध जटायु रेस्टुरेन्टमा देखिएको हिमाली गिद्ध निख्खर सेतो

भारतलाई आस्थाको देश पनि मानिन्छ । जहाँ हरेक धर्मका मानिसहरू बस्छन् । त्यहाँ अनगिन्ती मन्दिर र मस्जिदहरू छन्। त्यी मध्ये

संसारमा लाखौँ रहस्यहरू छन्, जसको बारेमा आजसम्म मानिसले थाहा पाउन सकेका छैनन्। शताब्दीयौंदेखि मानिसले यी रहस्यहरूबारे जान्न खोज्दै आएका छन्,